आत्महत्याको भिडियो बनाउँदै थिए एक युवक, अचानक आयो रेल…

काठमाडौं । केहि मानिसहरु आफ्नो जिन्दगीसँग विरक्त भएर आत्महत्या गर्छन् । यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।

यो भिडियोमा एक युवक रेल्वे लिकमा आत्महत्या गर्न दौडिरहेका थिए । आत्महत्या गर्न लागेको भिडियो उनले रेकर्ड पनि गरिरहेका थिए । त्यहि बेला उनको अगाडि एउटा रेल तीब्र गतिमा आयो ।

यो घटना भारतको अलिगढको नरंगाबाद छाउनीमा भएको हो । एक युवक अध्याँरोमा रेलको लिकमा आएर सुत्छन् । युवक आफ्नो टाउकोलाई लिकमा राख्छन् र आत्महत्याको भिडियो बनाउन थाल्छन् ।

मोवाइलको फ्रन्ट क्यामेराबाट उनले भिडियो बनाईरहेका थिए । उनले भिडियोमा ठूलो स्वरमा आई लव यु चाचा र आई लव हिम जस्ता वाक्य बोलिरहेका थिए ।

युवकले यस्तो अचम्मको हर्कत गरेको देखेर त्यहाँबाट हिँड्ने सबै चकित बने । मानिसहरु्र उक्त युवकलाई बचाउनका लागि दौडिन्छन् ।

तर त्यहि बेला रफ्तारमा एउटा रेल आउँछ तर एक युवकले उनलाई त्यहाँबाट निकाल्न सफल हुन्छन् । र आत्महत्या गर्नेवाला युवकको ज्यान जोगिन्छ ।

उक्त युवकले मदिरा खाएर त्यस्तो हर्कत गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?