आमाले गाली गरेको भन्दै छोराले पोखरीमा डुबेर आत्महत्या गरे

काठमाडौं । सप्तरीमा आमाले गाली गरेको भन्दै छोराले पोखरीमा डुबेर आत्महत्या गरेका छन् । राजविराज नगरपालिका- ६ का ३० वर्षीय अरुण मुखियाले पोखरीमा डुबेर आत्महत्या गरेका हुन् ।

सधैं मादक पदार्थ खाएर आउने भन्दै आमाले गाली गरेपछि आवेशमा आएका उनी पोखरीमा डुबेर मर्छु भन्दै घरबाट निस्किएका थिए । तर उनले मादक पदार्थको नशामा बोलेको भन्दै घरपरिवारले उनको कुरा तत्काल पत्याएनन् ।

आवेशमा आएका अरुण घर नजिकै रहेको तुरन्ती पोखरीमा हामफालेका थिए । अरुण पोखरीमा हाम फालेर डुबेपछि उनकी श्रीमती २८ वर्षीया पुनमदेवी मुखियाले प्रहरीलाई फोन गरेकी थिइन् ।

तत्काललै नजिकै रहेको जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली र स्थानीयले पोखरीमा खोजे। तर उनलाई फेला पार्न सकेनन्। बुधबार बिहानपख भने उनको शव पानीमा तैरिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?