१० लाख मानिसद्वारा आत्महत्या : २०२० मा दोब्बर हुने, यस्तो छ मृत्यु रोज्ने कारण

तीन सेकेन्डमा एक आत्महत्याको प्रयास

मान्छे जन्मनु र मर्नु प्राकृतिक प्रक्रिया हो । मृत्यु कती पिडादायक हुन्छ त्यो कसैलाइ अनुभव छैन । न त जन्मिएकाले आफ्नो जन्मदाको अनुभव सुनाउछन् न त मरेकाले। हुन त हिन्दु शास्त्रले ८४ लाख जुनी हुन्छ भनेको छ। विज्ञान भन्छ, शक्तीको बिनाश कहिल्यै हुँदैन, बरु यो एउटा रुपबाट अर्को रुपमा परिवर्तन हुन्छ। जिवहरुको आत्मापनि एक शक्ती हो जसको अन्त्य कहिलेपनि हुँदैन भन्दा त ठिकै छ तरपनि मरेपछी पुन भेट नहुने यथार्थले गर्दा मृत्यु निकै पिडादायी छ मानिसहरुको लागी । एक दिन मर्नुपर्छ थाहा छ तर मृत्युदेखि सबैलाई डर लाग्छ । अब कुरा गरौँ आत्महत्याको अर्थात् आफुले आफैको हत्या गर्नु ।
हिजोआज आत्महत्या गर्नेको संख्या बढ्दो छ । आत्महत्या गर्नु चानचुने कुरा होइन । आफुले आफ्नै हत्या गर्न ठुलै साहस चाहिन्छ । मानिस विभिन्न कारणले आत्महत्याको बाटो रोज्न बाध्य हुन्छन् ।
आत्महत्या अत्यन्त जटिल मनोवैज्ञानिक, जैविक एवं सामाजिक दुर्घटना हो।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार वर्षेनि करिब १० लाख मानिस आत्महत्या गर्छन्। सन् २०२० सम्ममा यो संख्या करिब २० लाख पुग्ने अनुमान गरिएको छ। विश्वमा हरेक तीन सेकेन्डमा एक आत्महत्याको प्रयास र ४० सेकेन्डमा एकको मृत्यु हुने गरेको पाइन्छ।

हिजोआज आत्महत्या गर्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दैछ । अब प्रश्न उठ्नेगर्छ कि आत्महत्या किन गर्छन् मानिसहरु? यो जटिल प्रश्न हो। मरिसकेकोले भन्दैन र बाँच्नेले जान्दैन, मात्र अन्दाज लगाउँछ।

१. सुसाइडको कुनै प्लान हुँदैन। जब मानिस अस्थिरतामा फस्छ, कुनै निस्कर्षविहिन हुन्छ अनि उ धेरै टोलाउन थाल्छ । क्षणभरमै आफुलाइ एक्लो महसुस गर्छ र तुरुन्त आत्महत्या गर्छ । भनिन्छ यो सात सेकेण्डको हुन्छ ।

२. सुसाइडको प्रमुख कारण परिवारनै हो। जब परिवारबाट विश्वास तोडिन्छ, विशेषगरी आमा र बासँग या भनौँ आफ्नो प्रगतीदेखी बुबा आमा खुसी हुनुभएन भने मनमा खिन्नता छाउँछ मर्न मन लाग्छ।

३. मानिसले आफुले गरेको गल्तिले पनि आत्महत्याको विकल्प रोज्न खोज्छ । आफुले गरेको गल्ति कसैलाइ थाहा छैन तर सबैले थाहा पायो भने म खतम हुन्छु भन्ने डरले भित्री मनमा बास गरेको छ भने त्यो मान्छे त्यहाँबाट बाहिर आउन सक्दैन र बढी टेन्सन भएको दिन त्यही सोच्दा सोच्दै आत्महत्या गर्छ।

४. जब मान्छे पपुलर हुन्छ, उस्को धेरै फ्यानहरु हुन्छ, त्यतीखेर कुनै आफ्नो इन्सल्ट हुने काम भएको छ र सो कुरा स्वीकार गर्न नसकेर मान्छेले सुसाइड गर्छ।

५. एक्लै बस्न रुचाउने र अरुसङ्ग खासै शेयर नगर्नेहरुले सुसाइड गर्ने सम्भावना बढी हुन्छ।

६. पुरुषहरु कसैले आफ्नो श्रीमतीको इन्सल्ट सहन सक्दैनन् । यदि त्यस्तो अवस्था आयो भने आत्महत्याको बाटो रोज्छन् ।

७ . विशेष गरी राम्रो पढ्ने युवाहरु सोचेजस्तो प्रगती गर्न नसकेर तनावमा हुन्छन् । उनीहरु सङ्गैका साथिहरुले प्रगती गर्ने र आफु धेरै तल परेको महसुस हुनाले पनि सुसाइड गर्छन् ।

८. अत्याधिक ठुलो समस्या परेपछी त्यसको समाधान नभएपछी मर्नुको बिकल्प हुँदैन ।

९. जस्ले जेभनेपनि सुसाइड गर्नुमा ९० % कारण पारिवारिक कारणनै हो, परिवारले आफ्नो समस्या नबुझेपछी मान्छेमा एक्लोपनको महशुस हुन्छ र एक्लोपन जिवनकै खतरनाक घातक चिज हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?