हरेक २ दिनमा एकको आत्महत्या

कपिलवस्तु । कपिलवस्तु जिल्लामा हरेक २ दिनमा एक जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । पारिवारिक झै–झगडा, गरिबी तथा रोगबाट दिक्क मान्दै आत्महत्या गर्नेको संख्या त्रासदीपुर्ण तरिकाले बढे पछि चिन्ता बढेको छ । अघिल्लो आव २०७५/०७६ मा १ सय २९ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन । हरेक २.८२ दिनमा एक जनाले आत्महत्या गर्ने गरेको पाईएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

यस आव २०७५/०७६ मा १ सय २९ जना मध्ये विभिन्न उमेर समुहका महिला ६५ जना रहेका छन भने पुरुष ६४ जनाले आत्महत्या गरेका थिए । त्यस मध्ये सबैभन्दा बढी ८७ जनाले झुन्डीएर आत्महत्या गरेका थिए । विष सेवनगरि ४१ जना आत्म हत्या गरेका थिए । आगोलगाई एक जनाले आत्महत्या गरेका छन ।

विगत ३/४ वर्ष यतादेखि जिल्लामा आत्महत्या गर्नेहरुको संख्या डर लाग्दो रुपमा बढेको छ । आत्महत्या गर्नेको संख्या पुरुष भन्दा महिलाको संख्या धेरै रहेको छ । उनीहरु सबै १८ देखि ६० बर्ष उमेर समुहका ३२ महिलाहरुले आत्महत्या गर्ने गरेको प्रहरी कार्यालयले बताएको छ । अन्न भण्डारण गर्दा प्रयोग गरिने सल्फास नामक विषादीको सजिलौ पहुँच हुनु पनि आत्महत्याको एउटा ठूलो कारण भएको पाइएको छ ।

हाम्रो समाज आत्महत्या गर्नेका संख्या उच्च रहेको छ । मान्छे जब नैरस्ता अथवा डिप्रेसनमा जान्छ अनि उसले अन्तिम बाटो आत्महत्या रोज्छ । गरिबीका कारण आधुनिक समाज अनुसार चल्न नसकेका कारण कतिपय युबा युबतीले आत्महत्या गर्ने गरेको छ । उनले केहि व्यक्तिहरुमा मानसिक तनावका कारण नैराश्यता भई विष सेवन गरि बा झुण्डिएर आत्महत्या गर्ने गरेको बताए । शुरुवाती अवस्थामा अस्पतालमा मानसिक रोगी आयो भने निको पार्न सकिन्छ । यो घरायसी कलहबाट हुने भएकोले सरकारले जनचेतनाको कार्याक्रम ल्याउनु पर्छ ।

आव २०७५/०७६ मा झुण्डी आत्महत्या, विषसेवन गरि आत्महत्या र अगो लगाई आत्महत्या १ सय २९ जनाको मृत्यु भएको छ । घरायसी कारण, आर्थिक अवस्थाको कारणले गर्दा तथा समाजमा भएका विकृती बिसंगतीको कारणले आत्महया हुने गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?