रुकुम पश्चिम घटना : पोस्टमार्टम रिपोर्टले घटना थप रहस्यमय

भेरी नगरपालिका–४, जाजरकोटका युवाको समूह किशोरीलाई लिन रुकुमको चौरजहारी नगरपालिका–८, सोतीमा पुगेको बेला भएको घटनापछि भेटिएका ५ वटा शवको पेटमा पानी नभेटिएको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।
जाजरकोट अस्पतालमा गरिएको पोस्टमार्टममा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकको भनाइ छ ।
मृतक पाँचै जनाको टाउको, अनुहारलगायतको अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताए । ‘टाउको, हाट, खुट्टा, छाती र पिठ्यूँमा कडा प्रहारका कारण चोटपटक लागेको देखिन्छ’ ती चिकित्सकले भने, ‘नदीमा बगेपछि पेटमा पानी भरिएको देखिएन ।’
पेटमा पानी नहुँदा नदीमा बगेको भन्न सकिने अवस्था पनि कम रहेको उनले बताए । भेरीमा शव भेटिएकाले पानी खाएको देखिनुपर्नेमा त्यस्तो नदेखिँदा घटना थप जटिल र शंकास्पद देखिएको ती चिकित्सकले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?