काठमाडौं – काठमाडौं – गत शनिबार १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विकको हत्या र उनका ३ जना साथीको हत्याको विषयमा यतिबेला देशभर बहस भएको छ । यसैबीच नेकपा नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम पश्चिमको चौरजहारीमा भएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
रुकुम पश्चिमको निर्वाचित सांसद समेत रहेका शर्माले संघीय संसदमा त्यहाँको सम्पूर्ण विवरण राख्दै गर्दा केही सांसदहरुले होहल्ला गरी भनाइ राख्न अवरोध गरेको बताउँदै सो घटना मिहिन ढंगले अनुसन्धान गर्न उनले फेरी माग गरेका हुन् । उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने प्रयत्न भएको पनि बताएका छन् ।
‘मैले संसदमा त्यहाँको सम्पूर्ण विवरणसहित सभामुखसँग समय मागी बोल्न लाग्दा केही सांसदहरुले होहल्ला गरी मलाई बोल्न नदिने काम भयो । मैले मेरा सम्पूर्ण भनाइ राख्नबाट बन्चित भएँ’, उनले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘मैले बोलेको स्पष्ट भनाइ हुँदाहुँदै तोडमोड गरी राजनीतिकरण गर्ने प्रयास भएको छ । सबैमा आग्रह गर्न चाहन्छु कि घटनाको सत्य तथ्य सार्वजनिक होस् भनि छानबिनको माग गरेको तथ्यलाई बंग्याउने काम भएको छ ।’
उनले आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो उद्देश्य नै उत्पीडित वर्गका पक्षमा खडा हुने भएको स्पष्ट पार्दै उनले अपराधीलाई कारबाहीको साथै राज्य पूर्ण उत्तरदायी भएर जानुपर्नेमा जोड दिएका छन् ।
यसअघि पूर्वमन्त्री एवम् सांसद जनार्द्धन शर्माले रुकुम पश्चिमको घटनाका विषयमा संसदमा बोल्दा अवरोध भएको थियो ।
सांसद शर्माले रुकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य सांसदहरुले होहल्ला गरेका थिए ।
उक्त घटनालाई राजनीतिकरण नगर्नका अनुरोध गर्दागर्दै शर्माविरूद्ध सांसदहरुले होहल्ला भएको हो ।
उनले घटनाको छानबिनमा सहयोग गर्न आफू प्रतिबद्ध रहेको भन्दै उच्चस्तरीय छानबिन संसदीय समिति बनाउन समेत माग गरेका छन् ।
शर्माले यसअघि पनि जेठ १४ गते कोरोनाको महामारीको अवधिमा समेत विभिन्न अपराधिक घटनाहरु हुन नछाडेको भन्दै ती घटनाको अनुसन्धान र कारवाही प्रक्रियालाई गम्भीर रुपमा लिन जरुरी भएको बताएका थिए ।
यसअघि प्रकाशित यो पनि पढ्नुहोस् :

चौरजहारी घटना अपडेट : वेपत्ता एक जनाको शव भेटियो
चौरजहारी घटनास् नदीमा गोताखोर टोली दिनभर तैनाथ, नदी धमिलो हुँदा शव खोज्न कठिन
रुकुम हत्या प्रकरणमा नायिका रिमा विश्वकर्मा बोलिन्- “कुटपिट गरेर मार्नु जातिय घटना होइन”
दमनको पराकाष्ठापछि बोले प्रकाश सपुत – ‘सरकार यो जुनीमा म मान्छे मानिन्छु कि मानिन्न
रुकुमको चौरजहारीमा भएको घटनाका दोषीलाई कारवाही गर्न नेता शर्माको माग
विवाह गर्न गएका दलित युवकको हत्या प्रकरण : छानबिन गर्न ५ सदस्यीय समिति गठन
सभामुखले सम्हालिन भनिरहे- सांसदले सुन्न सकेनन् जनार्दन शर्मालाई
रुकुम पश्चिम घटना : दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
युवालाई मारेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ
रुकुम हत्या प्रकरण : २० जनाविरुद्ध किटानी जाहेरी
युवालाई मारेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया