रुकुम हत्या प्रकरणमा नायिका रिमा विश्वकर्मा बोलिन्-“कुटपिट गरेर मार्नु जातिय घटना होइन”

काठमाडौं – गत शनिबार १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विकको हत्या र उनका ३ जना साथीको हत्याको विषयमा यतिबेला देशभर बहस भएको छ । १९ जनाको समूह लिएर चौरजहारी पुगेका नवराज विक केटी लाने पक्ष समुह र केटी पक्षबीच झडप हुँदा विकसहित उनका साथीहरुलाई लखेटेर हत्या गरेको घटनाका विषयमा प्रतिनिधीसभामा समेत बहस भएको छ ।
स्थानीयले ढुंगामुडा प्रयोग गरेर भगाउने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । केहि युवा बेपत्ता छन् । उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् ।

जेठ १० गतेको यो घटनालाई लिएर देशव्यापी रुपमा विरोध समेत भएको छ ।

कोरोना महामारीबाट बच्न देशभर लकडाउनको नीति लिईएका कारण अधिकांशले सामाजिक सञ्जालमार्फत् यसको विरोध गरेका छन् ।

यसैबीच नायिका रिमा विश्वकर्माले सामाजिक सञ्जालमार्फत् कुटपिट गरेर मार्नु जातिय घटना होइन भन्दै दोषीलाई हदैसम्मको कारबाही माग गरेकी छिन् । उनले लेखेकी छिन् :
एक्काइसौं शताब्दीमा पनि सामाजिक विभेदका कारण कसैलाई कुटपिट गरेर मार्नु जातिय घटना होइन अमानवीय अपराध हो।

कोरोना भाइरस त लाग्छ लाग्दैन थाहा छैन तर विभेदको भाइरसले सदियौदेखी समाजलाई विरामी भने पक्कै बनाएको छ।
माहामारीको रूपमा फैलिएको अन्धविस्श्वास र कुरीतीको समय मै कानुनी उपचार गर्न अत्यन्त आवश्यक छ हैन भने अझ घेरै निर्दोष नवराज विश्वकर्माहरूले अकाल मै ज्यान गुमाउने छन्।

सबै सचेत नागरिक मिली सम्बन्घित निकायलाई घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथी कडा भन्दा कडा कारवाही गर्न हार्दिक अपिल गरौ।

आज प्रतिनिधीसभामा पनि सांसादहरुले यसविषयमा जोडदार आवाज उठाएका थिए ।

विवाह गर्न गएका दलित युवकको हत्या प्रकरण : छानबिन गर्न ५ सदस्यीय समिति गठन

सरकारले रुकुमको चौरजहारी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

आज (मंगलबार) राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनीधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनीधि र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए ।

यस समितीले यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीलाई कानूनी कठघरामा उभ्याउनेछ । उनले सिंगो राष्ट्र स्तब्ध भएको भन्दै सत्यता आएपछि दोषीलाई कारबाही गरिने बताएका छन् ।

गत शनिबार १० गते भएको उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् । जेठ १० गतेको यो घटनालाई लिएर देशव्यापी रुपमा विरोध समेत भएको छ । कोरोना महामारीबाट बच्न देशभर लकडाउनको नीति लिईएका कारण अधिकांशले सामाजिक सञ्जालमार्फत् यसको विरोध गरेका छन् ।

के भने गृहमन्त्रीले ?
रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजररकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।
स्थानीयले ढुंगामुडा प्रयोग गरेर भगाउने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । केहि युवा बेपत्ता छन् । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ । हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको छ । उनले थपे, गोताखोरको प्रयोग गरी हराइरहेकाहरुको खोजी भइरहेको छ ।

उनका अनुसार हालसम्म जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता छन् ।

सांसदहरुले विश्व दुनियाँले देशको अवस्था नियालिरहेको भन्दै हदैसम्मको कारबाहि गर्न माग गरेका छन् । गृहमन्त्रीको जवाफ सुनेपछि सांसदहरुले यथासक्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिधीसभामा आरोप प्रत्यारोप : पुर्व गृहमन्त्री रुकुमका दोषीलाई उन्मुक्ति दिने लागेको सांसदहरुको आरोप

सांसदहरुले रुकुम चौरजहारीको घटनामा पुर्व गृहमन्त्री जनार्दन शर्मानै पीडकको पक्ष लिएर राजनीतिक पहुँचको आधारमा दोषीलाई उन्मुक्ति दिने खेलमा लागेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सत्तारुढ दलका सांसद जनार्दन शर्माले छुवाछुतको घटनामा राजनीतिकरण हुन सक्दैन भन्ने अभिव्यक्ति दिएपछि सांसदहरुले आपत्ति जनाउदै सांसद शर्माले घटनाका दोषीलाई जोगाउने षडयन्त्र गरेको आरोप लगाएका हुन् ।

सांसद शर्मा बोल्दै गर्दा प्रतिपक्षी दलका सांसद तथा अन्य दलित सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि केही समय सांसद शर्मा र अरु सांसदहरुबीच भनाभन नै चल्यो । सभामुखले सबै सांसदलाई सम्हालिन आग्रह गरिरहे तर केही समय दुवै तर्फबाट भनाभन चलिरह्यो । आरोप प्रत्यारोप चलिरह्यो ।

विपक्षी सांसद लगायत दलित सांसदरुले शर्मालाई बोल्न रोकेपछि आक्रोशित हुदै उनले भने “सभामुखले दिएको समयमा बोल्दै गर्दा आपत्ती गर्नु कुन नियमावलिमा छ सभामुख महोदय म बोल्न नपाउनु मेरो बोल्न पाउने अधिकारको हनन नगरियोस् । म त्यहाँको जनप्रतिनिधि हुँ । त्यहाँको दलितको अधिकारको कुरा पनि मैले राख्न पाउनुपर्छ । बोल्दा बोल्दै आपत्ती गरेको कुरामा मेरो पनि आपत्ती छ ।’’

सांसद शर्माले छुवाछुत सम्बन्धी घटनाहरुमा राजनीतिकरण हुन नसक्ने भन्दै रुकुम चौरजहारी घटनाको सत्य तथ्य छानविनका लागि जाजरकोट र रुकुम जिल्ला प्रशासन लागिपरेको बताएपछि गृहमन्त्रीले दिने जस्तो जवाफ दिएको भन्दै कांग्रेसका सांसदहरुले आपत्ती जनाएका थिए ।

सांसद शर्मा पनि बोलेका नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेहीले पुर्व गृहमन्त्री र वहालवाला गृहमन्त्री मिलेर घटनामा संलग्न लाई जोगाउने षडयन्त्र गरेको आरोप लगाए ।

यसअघि मंगलबारको बैठकको सुरुमै बोलेका सांसद सांसद मिन बहादुर विश्वकर्माले घटनामा राजनीतिककरण भएको भन्दै निष्पक्ष छानबिनका लागि उच्चस्तरिय संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका थिए । सांसद विश्वकर्माले राजनीतिक दबाब र प्रभावमा जिल्ला प्रशासन कार्यालय परेको भन्दै घटनामा संलग्न भनी पक्राउ गरेका मानिसलाई राजनीतिक पहुँचको आधारमा छोड्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका थिए । उनले मुलुकलकै इतिहासमा त्रासदीपुर्ण र कहालीलाग्दो जातिय दुर्घटना भएको भन्दै छुवाछुत मुक्त राष्ट्र घोषणा गरी वेपत्ताको छानविन गरी मृतकका परिवारलाई राहतको व्यवस्थागर्न माग गरे ।

सांसद पार्वति कुमारी विशुन्केले कानुन बनेर व्यवस्था परिर्वतन भएपनि जातिय विभेदको वर्वरताको अन्त्य हुन नसकेको भन्दै त्यसको अन्त्यका लागि सरकारले के गरिरहेको छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रेमलाई बैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सपना बोकेर प्रेमिका लिन पुगेका जाजरकोटका नवराज विक सहित ३ जनाले ज्यान गुमाएको तथा अन्य ३ जना अझै वेपत्ता भएको भन्दै जातका कारणले मारिने क्रम कहिले सम्म हो भनी प्रश्न गरे । उनले “अन्र्तरजातिय विवाहका कारण कतिले मारिनुपर्ने सभामुख महोदय” भनी प्रश्न गरे। उनले भने “अन्र्तरजातिय प्रेम गर्नुको सजाय भनेको मारिनु हो सभामुख महोदय ” उनले घटनाको सत्य तथ्य छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरे ।

सांसद रेणु कुमारी गुरुङले घटनाको निष्पक्ष छाननविन गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिन् ।

सभामुखले सम्हालिन भनिरहे- सांसदले सुन्न सकेनन् जनार्दन शर्मालाई

पूर्वमन्त्री एवम सांसद जनार्द्धन शर्माले रूकुम पश्चिमको घटनाका विषयमा संसदमा बोल्दा अवरोध भएको छ ।

सांसद शर्माले रुकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य सांसदहरुले होहल्ला गरेका थिए ।

उक्त घटनालाई राजनीतिकरण नगर्नका अनुरोध गर्दागर्दै शर्माविरूद्ध सांसदहरुले होहल्ला भएको हो ।

प्रतिपक्षी सांसदहरू उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए।

उनले उक्त घटना दलित समुदायमाथिको हिंसा भएको बताए र गृहमन्त्री रामबहादुर थापाको जवाफ मागे।

बोल्दा बोल्दै अन्य सांसदहरुले सांसद शर्माको विरोध गरेका थिए । तर सांसद आफू रूकुम पश्चिमको जनप्रतिनिधि भएकोले बोल्न पाउनु पर्ने तर्क गरे।

उनीहरूबीच केहीबेर सवालजवाफ भयो। यसैक्रममा सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक सम्हालिन अनुरोध गरे।

उक्त घटनामा चौरजहारी नगरपालिकाका नवराज बिक सहित ३ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।

संसदमा बोल्दै गृहमन्त्री थापाले संसदमा बोल्दै घटनाको सत्यतथ्य छानबिन गर्ने बताएका छन् ।

सांसदहरुले विश्व दुनियाँले देशको अवस्था नियालिरहेको भन्दै हदैसम्मको कारबाहि गर्न माग गरेका छन् । गृहमन्त्रीको जवाफ सुनेपछि सांसदहरुले यथासक्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

यसअघि प्रकाशित :
रुकुमको चौरजहारीमा भएको घटनाका दोषीलाई कारवाही गर्न नेता शर्माको माग
युवालाई मारेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ
लकडाउनको ६४ औँ दिन संक्रमित ६८२ पुगे मृतक ४

कोरोना भाइरस ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन जारी गरेको छ ।

सरकारले जेठ २० गते सम्मका लाग लकडाउनको समय तोकेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाई गरेको छ । उपत्यकाका मुख्य सडकहरुमा अत्यावस्यक सवारी साधन, सञ्चार माध्यमका सवारी साधन, स्वाथ्यकर्मीका सवारीसाधन बाहेकका सवारी साधनको आवागमन देखिदैन् । सुरक्षाकर्मीले ठाउँठाउँमा बसेर सवारीसाधनको जाँचलाई कडाई गरेको छ । अत्यावश्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै भित्रि सडक छेउमा रहेका खाद्यान्न तथा तरकारीका पसलहरु बिहान बेलुका खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।

विश्वभर आक्रामक रुपमा फैलिएको यस भाइरसबाट बच्न लकडाउनको नीति लिईएतापनि लकडाउनको पूर्ण पालना गराउन गर्न नसक्नु, न्यून परीक्षण, नेपाल भारत खुल्ला सीमा, व्यक्तिहरुको असावधानीपूर्ण आचरण, क्वारेन्टाईनको उचित व्यवस्थापनको अभाव, आईसोलेसन पर्याप्त नहुनु लगायतका कारण नेपालमा यो भाइरस निकै तिव्र रुपमा फैलिएको छ ।नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ भने ११२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ४ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?