सभामुखले सम्हालिन भनिरहे- सांसदले सुन्न सकेनन् जनार्दन शर्मालाई

काठमाडौं । पूर्वमन्त्री एवम सांसद जनार्द्धन शर्माले रूकुम पश्चिमको घटनाका विषयमा संसदमा बोल्दा अवरोध भएको छ ।

सांसद शर्माले रुकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत अन्य सांसदहरुले होहल्ला गरेका थिए ।

उक्त घटनालाई राजनीतिकरण नगर्नका अनुरोध गर्दागर्दै शर्माविरूद्ध सांसदहरुले होहल्ला भएको हो ।

प्रतिपक्षी सांसदहरू उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसद मीनबहादुर विश्वकर्मालाई बोल्न समय दिएका थिए।

उनले उक्त घटना दलित समुदायमाथिको हिंसा भएको बताए र गृहमन्त्री रामबहादुर थापाको जवाफ मागे।

बोल्दा बोल्दै अन्य सांसदहरुले सांसद शर्माको विरोध गरेका थिए । तर सांसद आफू रूकुम पश्चिमको जनप्रतिनिधि भएकोले बोल्न पाउनु पर्ने तर्क गरे।

उनीहरूबीच केहीबेर सवालजवाफ भयो। यसैक्रममा सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक सम्हालिन अनुरोध गरे।

उक्त घटनामा चौरजहारी नगरपालिकाका नवराज बिक सहित ३ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता छन्।

संसदमा बोल्दै गृहमन्त्री थापाले संसदमा बोल्दै घटनाको सत्यतथ्य छानबिन गर्ने बताएका छन् ।

सांसदहरुले विश्व दुनियाँले देशको अवस्था नियालिरहेको भन्दै हदैसम्मको कारबाहि गर्न माग गरेका छन् । गृहमन्त्रीको जवाफ सुनेपछि सांसदहरुले यथासक्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?