विवाह गर्न गएका दलित युवकको हत्या प्रकरण : छानबिन गर्न ५ सदस्यीय समिति गठन

काठमाडौं – सरकारले रुकुमको चौरजहारी घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ ।

आज (मंगलबार) राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अनुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी उपरीक्षक, अनुसन्धान विभागको अधिकृत प्रतिनीधि, महान्यायाधिवक्ता कार्यालयका अधिकृत प्रतिनीधि र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताए ।

यस समितीले यथाशिघ्र सत्यतथ्य पत्ता लगाई दोषीलाई कानूनी कठघरामा उभ्याउनेछ । उनले सिंगो राष्ट्र स्तब्ध भएको भन्दै सत्यता आएपछि दोषीलाई कारबाही गरिने बताएका छन् ।

गत शनिबार १० गते भएको उक्त घटनामा ३ जनाको ज्यान गएको छ र ३ जना बेपत्ता छन् । जेठ १० गतेको यो घटनालाई लिएर देशव्यापी रुपमा विरोध समेत भएको छ । कोरोना महामारीबाट बच्न देशभर लकडाउनको नीति लिईएका कारण अधिकांशले सामाजिक सञ्जालमार्फत् यसको विरोध गरेका छन् ।

के भने गृहमन्त्रीले ?
रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजररकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।
स्थानीयले ढुंगामुडा प्रयोग गरेर भगाउने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको शव फेला परेको छ । केहि युवा बेपत्ता छन् । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ । हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको छ । उनले थपे, गोताखोरको प्रयोग गरी हराइरहेकाहरुको खोजी भइरहेको छ ।

उनका अनुसार हालसम्म जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वेपत्ता छन् ।

सांसदहरुले विश्व दुनियाँले देशको अवस्था नियालिरहेको भन्दै हदैसम्मको कारबाहि गर्न माग गरेका छन् । गृहमन्त्रीको जवाफ सुनेपछि सांसदहरुले यथासक्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

यसअघि प्रकाशित :
रुकुमको चौरजहारीमा भएको घटनाका दोषीलाई कारवाही गर्न नेता शर्माको माग
युवालाई मारेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?