काठमाडौं । मस्कोमा कोरोना भाइरस संक्रमितहरुको उपचार गराइरहेको अस्पतालमा आगो लागेको छ ।
मस्कोस्थित कोरोना संक्रमितहरुको उपचार गराईरहेको अस्पतालमा शनिवार आगो लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
आगो लागेका कारण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । साथै २०० अन्य संक्रमितहरुलाई बाहिर निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
सञ्चारमाध्यमका अनुसार शहरको उत्तरी भूमागमा रहेको उक्त अस्पतालमा लागेको आगो अहिले नियन्त्रणमा आएको बताइएको छ ।
आगो कसरी लाग्यो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । कोरोना संक्रमितको उपचार भईरहेको वार्डबाट आगो सल्किएको बताइएको छ ।
त्यहाँका++ मेयर सर्गेई सोवियानिनले आफ्नो ट्पवीटमा एक संक्रमितको आगोमा परेर मृत्यु भएको बताएका छन् ।
अन्य संक्रमितहरुलाई अब अर्काे अस्पतालमा भर्ना गरिने उनले बताएका छन् ।
रुस सरकारको आपत्कालीन बैठकको रिपोर्टमा अस्पतालमा आगो एक संक्रमितको कोठाबाट लागेको बताइएको छ ।
रुसमा यो समाचार तयार पार्दासम्म १ हजार ९१५ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९ हजार ६८८ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ११ हजार १२ जना नयाँ संक्रमित थपिएका छन् भने आजै ८८ जनाको मृत्यु भईसकेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया