काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बुद्ध जयन्तीको अवसरमा ज्ञानको उज्यालो र समस्या निवारणतर्फ उन्मुख हुनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले मानव जीवनको यात्रा अँध्यारोबाट उज्यालोतर्फ, अर्थात् ज्ञानको खोज र समस्याको समाधानतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्री शाहले लेखेका छन्, ‘उज्यालोको अभाव नै अँध्यारो हो, जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ ।’
उनले बुद्धको जन्मभूमि नेपाल सधैं अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गर्दै साँचो परिवर्तन ‘ज्ञान’ बाट सुरु हुने बताएका छन् । ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो,‘उनले भनेका छन् ।
बुद्धवाणी दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ स्मरण गर्दै उनले विश्व शान्तिको कामना समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया