काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख ६५ हजार ३६६ जनाको मृत्यु भएको छ भने ३८ लाख ३६ हजार ८१७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १३ लाख ८ हजार २०१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४८ हजार ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच रुसमा कोरोना भाइरसको महामारीका कारण आज मात्रै ८८ जनाको मृत्यु भएको छ भने आजै ११ हजार २३१ जना नयाँ संक्रमित थपिएका छन् ।
रुसमा १ लाख ७७ हजार १६० जनालाई संक्रमण भएको छ भने १ हजार ६२५ जनाको मृत्यु भईसकेको छ । रुसमा २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो समय रुस कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको छ । रुसमा बुधवार १० हजार ५५९ जना संक्रमित थपिएका थिए भने बुधवार नै ८६जनाको मृत्यु भएको थियो ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…
कोरोना संकटको बीच चीनले उडायो रकेट
दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया