काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको पून परीक्षण गर्दा संक्रमण पुष्टि भएको छ ।
मंगलबार पत्रकार सम्मेलनमार्फत् उदयपुरका एक ३३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिईएको थियो ।
यसैबीच उदयपुरको भुल्केबाट सोमबार परीक्षणका लागि कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएपछि यकिन गर्न फेरि धरान लगिएकोमा ति ८ वटा नमूनामा कोरोना पोजेटिभ देखिएको हो ।
त्यहाँको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएकोमा ८ जनाको रिपोर्ट शंकास्पद आएको थियो । लगत्तै उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको थियो ।
गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको विराटनगरको कोरोना अस्पतालमा उपचार भइरहेको छ ।
यो संख्या थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।
हालसम्म नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ४ जना (टेकु अस्पतालबाट दुईजना, बाग्लुङस्थित धौलागिरि अस्पतालबाट एक जना र कैलालीस्थित सेती अस्पतालबाट एक जना ) उपचार पछि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निको भएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
स्वमूल्याङ्कनका लागि विवरण भरेकामध्ये २ सय ६७ जना रेड जोनमा !
कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘वेवपेज र एपमा’ आफ्नो विवरण भराएकामध्ये हालसम्म तिनका लक्षणका आधारमा मन्त्रालयले २ सय ६७ जनालाई रेड जोनमा राखेको छ ।
खोकी लाग्ने, ज्वरो आउने, छाति दुख्ने, रुघा लाग्ने, शरीर दुख्ने, श्वासप्रश्वासमा समस्या देखिने जस्ता लक्षण कोरोना भाइरस कोभिड १९ का लक्षण हुन् । यिनै लक्षणका आधारमा हालसम्म २१ हजार ५ सय ६ट जना मानिसहरुले विभिन्न ठाउँबाट मन्त्रालयको वेवसाईटमा आफ्नो विवरण भरेका छन् । त्यसरी स्वमूल्याकंनको लागि विवरण भर्नेमध्ये गत २४ घण्टामा मात्रै २७५ जनाले जानकारी लिएका थिए ।
तिमध्ये ४ जना रेड जोनमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसीआर विधीमार्फत् हालसम्म ८ हजार ७ सय ६३ जनाको परिक्षण गरिएको छ । गत २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएको छ । र्यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीबाट हालसम्म २७ हजार ९ सय ५६ जनाको परीक्षण गरिएको छ । गत २४ घण्टामा मात्रै २ हजार ८ सय ८ वटा नमूना जाँच गरिएको छ । यी सबै विवरण हेर्दा हालसम्म कोरोनाको आशंकामा ३६ हजार ७ सय १९ वटा परीक्षण सम्पन्न भइसकेका छन् । तिमध्ये र्यापिड डाईग्नोस्टिक टेष्ट आरडिटी विधीमार्फत् हालसम्म प्रदेश १ मा २ हजार ६ सय २० प्रदेश २ मा ३ हजार ५ सय ९८ बाग्मती प्रदेशमा ५ हजार १ सय ५७ गण्डकी प्रदेशमा ४ हजार १ सय प्रदेश ५ मा २ हजार ४ सय ८३ प्रदेश कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ सुदूरपश्चिम प्रदेशमा ६ हजार १ सय ७७ गरी हालसम्म कुल २७ हजार ९ सय ५६ वटा जाँच गरिएको छ ।
हालसम्म ७ हजार ६७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या १ सय ७ रहेको छ । तिमध्ये काठमाडौंमा ६ र बाँकी १०१ जना बाहिरी जिल्लामा छन् ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार पढ्नुहोस् त्यसका लागि आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् :
यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?
कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या
नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !
रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने
कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?
के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !
कोरोनाबारे नयाँ तथ्य : संक्रमितको पछि हिँड्दा पनि खतरा !
पृथ्वीमा एक पछि अर्काे खतरा ! ओजन तहमा पर्याे ठूलो प्वाल
कोरोना विरुद्धको लडाईमा खटिएकी प्रमुख वैज्ञानिकले विश्वलाई चेतावनी दिँदै सुझाईन् ‘प्लान बी’
थपियो अर्काे चुनौति : उपचारपछि निको भएका ९१ जनामा फेरी संक्रमण
वैज्ञानिकहरुले बनाए कोरोना भाइरसका लागि ६ सम्भावित औषधि
कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !
फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्
कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया