बेलायती प्रधानमन्त्री आईसीयूमै, स्वास्थ्य अवस्था स्थिर

काठमाडौं – बेलायती प्रधानमन्त्री बोरिस जोनसन दोस्रो रात पनि आईसीयूमै राखिएका छन् भने उनको स्वास्थ्य अवस्था स्थिर छ । बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिटका अनुसार लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री जोन्‍सनलाई दोस्रो रात पनि आईसीयूमा राखिएको बताइएको छ ।
५ अप्रिलमा अस्पताल भर्ना भएका प्रधानमन्त्री जोन्‍सनलाई ६ अप्रिलको राति आईसीयूमा राखिएको थियो ।

२७ मार्चमा कोरोना संक्रमण देखिएपछि ३ अप्रिलसम्म सेल्फ आइसोलेसनमा रहेका प्रधानमन्त्रीलाई केही समय फेरि सेल्फ(आइसोलेसनमै बस्‍न अनुरोध गरिएको थियो । तर, लक्षणको अवस्था बिग्रिँदै गएपछि उनलाई ५ अप्रिलमा अस्पताल भर्ना गरिएको हो ।
बिबिसी अंग्रेजीका अनुसार जोन्सनको स्वास्थ्य अवस्था ‘स्थिर र सुधार’ हुँदै गएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेका बेलायती विदेशमन्त्री डोमिनिक राबले प्रधानमन्त्रीलाई सञ्‍चो हुनेमा विश्वास व्यक्त गर्दै जोन्सनलाई ‘लडाकु’ को संज्ञा दिएका छन् । सञ्चारमाध्यमले लेखेका छन्, “उहाँलाई अहिले अक्सिजन दिइएको छ । उहाँले अन्य कुनै सहायतबिना सजिलै श्‍वास फेरिरहनुभएको छ । उहाँलाई अहिले कुनै मेकानिकल भेन्टिलेटर अथवा अन्य श्वासप्रश्वास सहयोगीको प्रयोग गरिएको छैन ।”

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण हालसम्म विश्वका २ सय ८ वटा देश मर्माहत छन् । दैनिक हजारौँ मानिसको मृत्यु भएको छ भने हजारौँ मानिस संक्रमित भएका छन् ।
यो समाचार तयार पार्दासम्म ८२ हजार १ सय २४ जनाको मृत्यु भएको छ भने १४ लाख ३२ हजार ६७९ जना संक्रमित छन् । भाइरसको कारण संक्रमित भई ३ लाख २ हजार ३ सय २४ जना निको भएर घर फर्केका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?