नेपालमा कोरोना भाइरस अपडेट : १ सय ७२ जना नेपाली ‘रेड जोनमा’ (पूर्ण विवरणसहित)

काठमाडौं – नेपालमा हालसम्म १ सय ७२ जना नेपाली कोरोना संक्रमणको ‘रेड जोनमा’ छन् । यो भनेको खतराको घण्टी हो । अर्थात् कोरोनाको आशंकामा उनीहरुले गराएको परिक्षणमा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो देखिएको अवस्थामा ‘रेड जोनमा’ राखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले भने, “हालसम्म मन्त्रालयको वेवसाईटमा गत २४ घण्टामा एक हजार ८ सय ५१ वटा डाटा ईन्ट्रि भएको र हालसम्म ११ हजार २ सय ३९ जनाले ईन्ट्रि गराउनुभएको हुनाले उहाँहरुको लक्षणको आधारमा गत २४ घण्टामा १७ जना ‘रेड जोनमा’ पर्नुभएको छ भने भने कुल १ सय ७२ जना ‘रेड जोनमा’ पर्नुभएको छ ।”

हालसम्म एक सय जना नेपाली आईसोलेसनमा राखिएको र ९ हजार २ सय २८ जना क्वारेन्टाईनरमा रहेको उनले जानकारी दिए ।

मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंभित्र १६ जना र काठमाडौंबाहिर ८४ वटा केसहरु गरी देशभर कुल १०० जना आईसोलेसनमा राखिएको छ । उनले नेपालमा रहेका ८ जना नेपाली संक्रमितको स्वास्थ्य स्थिती सामान्य रहेको र उनीहरुको विशेष निगरानीमा उपचार भइरहेको बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार विदेशबाट आएका संक्रमितको कन्ट्रयाक ट्रेसिङको काम ९० प्रतिशत सकिएको उनले बताए ।

मन्त्रालयको २ वटा कल सेन्टर १११५ र ११३३ मा ३ हजार ५ सय ५ वटा प्रश्न सम्बोधन गरिएको छ ।

आज दिएको जानकारी अनुसार कञ्चनपुरमा २१ वटा र कैलालीमा १८ वटा नमुना संकलन गरीएको छ । जुम्ला र अछाममा पनि स्वाबको नमुना संकलन भइरहेको छ ।

४ सय ५० भन्दा बढी स्वाब संकलन गर्ने लक्ष्य लिइएको छ । हरेक जिल्लाको ४ ४ वटा ठाउँमा क्वारेन्टाईनमा रहेका व्यक्तिहरुबाट यो नमुना संकलन भइरहेको छ ।

यो समाचार तयार पर्दासम्म नेपालमा जम्मा ९ जना संक्रमित फेला परेका छन् । तिमध्ये एक जना उपचारपछि स्वास्थ्यलाभ गरेर घर फर्किएका छन् भने ८ जनाको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको छ ।

विश्वलाई नयाँ चुनौति दिँदै गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको भनिएको कोरोना भाइरस कोभिड 19 को कारण यो समाचार तयार पार्दासम्म ७५ हजार ९ सय ६१ जनाको मृत्यु भएको छ भने १३ लाख ६० हजार २ सय ३३ जना मानिस संक्रमित छन् । यस्तै २ लाख ९३ हजार ६ सय १७ जना उपचारपछि निको भएर घर फर्केका छन् । यो महामारी विश्वका २ सय ९ देशमा फैलिसकेको छ ।  वैज्ञानिक र डाक्टरहरु अहोरात्र खटिएतापनि यसविरुद्धको भ्याक्सिन पत्ता लागेको छैन ।

नेपालमा पनि यो माहारीबाट बच्न लकडाउन नीति अपनाइएको १५ दिन भएको छ । हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनको समय बढाउँदै नयाँ वर्ष २०७७ साल वैशाख ३ गतेसम्म लागू गरेको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !
कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस
कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  
वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?