कोरोना कहर : मोदीले नागरिकसँग मागे ९ मिनेट !

काठमाडौं- चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साता सुरु भएको भनिएको कोरोना भाइरस कोभिड १९ को कारण विश्व त्रसित छ । कोरोना भाइरसको उद्गमस्थल वुहान सहर यतिबेला बौरिँदै छ ।

उद्गमस्थलमा क्रमिक रुपमा संक्रमित घट्दै गएका छन् । मृत्युदरमा एकाएक कमी आइरहेको छ । उता छिमेकी मूलुक भारतमा संक्रमित बढीरहेका छन् । यो सामाग्री तयार पार्दासम्म भारतमा कोरोनाका कारण मर्नेको संख्या ७२ पुगेको छ भने संक्रमित २५ सय ४३ पुगेको छ । यहि आहतका बेला भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकसँग ९ मिनेट मागेका छन् । नागरिकले उनलाई दिनुपर्ने ९ मिनेट आईतबार राती अर्थात् ५ तारिकका दिनुपर्ने छ । हो, आइतबार राती ९ बजे ९ मिनेटसम्म मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्यासलाइट बाल्न मोदीले नागरिकलाई अपिल गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान गरिएको भिडियो सन्देशमा महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा राख्दै यो अन्धकार र संकटका बेला आशा जगाउन ९ मिनेटसम्म मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्यासलाइट बाल्न अनुरोध गरेका हुन् । उनले ‘५ अप्रिलमा १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानको लागि आफूलाई ९ मिनेट दिन अनुरोध गरेका हुन् । उनले भनेका छन्, ‘यो संकटका कारण जुन अन्धकार र अनिश्चितता पैदा भएको छ त्यो चिर्दै उज्यालोतर्फ लम्कनुछ ।

यसलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ त्यसकारण आइतबार (अप्रिल ५) मा हामी सबै मिलेर कोरोनाको संकटको अन्धकारलाई चुनौती दिनुछ ।’

अप्रिल राती ९ बजे म तपाईंहरुको ९ मिनेट चाहन्छु । ५ अप्रिलमा घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टर्चलाईट वा मोबाइल फ्ल्यासलाइटलाई ९ मिनेटसम्म बाल्नुहोस् ।’ यसबाट प्रकाशको महाशक्ति उजागर हुने बताउँदै उनले भने, ‘यो प्रकाशमा हामी एक्लै छैनौं भनेर संकल्प गरौं ।’
यसअघि जर्मनीमा पनि लकडाउनका बेला मानिसहरु घरको अपार्टमेन्टको बार्दलीमा निस्केर तालि बजाउँदै कोरोनाविरुद्धको महामारीको लागि सामाजिक दुरी कायम गर्दै एक भएको र उपचारमा संलग्न चिकित्सकलाई हौसला बढाएको भिडियो क्ल्प्सिहरु बाहिरीएका थिए ।

कोरोनाको प्रकोपबाट विश्वका कुनै पनि देश अछुतो छैनन् ।

अहिलेसम्म विश्वका २०४ देशहरुमा कोरोना भाइरसको महामारी फैलिइसकेको छ । कोरोनाको महामारीबाट यो समाचार तयार पार्दासम्म विश्वभरमा ५३ हजार १ सय ९० जनाले ज्यान गुमाइसकेका छन् भने १० लाख १५ हजार ४ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

त्यस्तै २ लाख १२ हजार २ सय २९ जना उपचार पछि निको भएका छन् । विश्वभरि कोरोनाका संक्रमितहरु भने अहिले ७ लाख ५० हजार ४७ रहेका छन् ।

त्यस्तै अहिलेसम्मका संक्रमितहरु मध्ये २ लाख ६५ हजार ४ सय १९ वटा केस भने बन्द भईसकेका छन् ।

बन्द भईसकेकामध्ये ५३ हजार १ सय ९० जनाको ज्यान गईसकेको छ भने २ लाख १२ हजार २ सय २९ जना निको भईसकेका छन् ।

त्यस्तै विश्वभरमा ३७ हजार ६ सय ९६ जना संक्रमितहरुको अवस्था गमभीर रहेको छ ।

 

इटालीमा महामारी : ४ हजार ५३ जनाको अवस्था गम्भीर, एकैदिन ७६० जनाको गयो ज्यान

कोरोनाको पछिल्लो समयमा अमेरिका, इटाली, स्पेन, ब्रिटेन, जर्मनी, फ्रान्स, ईरान, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी अति प्रभावित बनेका छन् ।

सारा विश्वमा अहिलेसम्म ५३ हजार २०० जनाको मृत्यु भईसकेको छ भने १० लाख १५ हजार ६७२ जनामा कोरोनाको संक्रमण देखा परेको छ ।

यसैबीच सबैभन्दा प्रभावित देश इटालीमा अहिलेसम्म कोरोनाका कारण १३ हजार ९१५ जनाको ज्यान गएको छ । साथै १ लाख १५ हजार २४२ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

त्यस्तै भाइरसबाट उपचार पछि १८ हजार २ सय ७८ जना निको भएका छन् । त्यस्तै इटालीमा ४ हजार ५३ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै बिहीवार मात्रै कोरोना भाइरसका कारण इटालीमा ७६० जनाको ज्यान गएको छ भने बिहीवार नै ४ हजार ६६८ जना नयाँ संक्रमित फेला परेका छन् ।

 

कोरोना : झन्डै साँढे दुई लाख संक्रमित अमेरिकामा मात्रै, एकैदिन ९६५ जनाको ज्यान गयो

आज मात्रै यो समाचार तयार पार्दासम्म भाइरसको संक्रमणबाट अमेरिकामा थप ५ जनाले ज्यान गुमाईसकेका छन् भने आजैमात्र थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीवार मात्रै अमेरिकामा ९६५ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म अमेरिकामा २ लाख ४५ हजार ६६ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये १० हजार ४ सय ३ जना उपचार पछि निको भईसकेका छन् ।

त्यस्तै मृत्यु भईसकेका र उपचार पछि निको भएका लाई छोडेर अमेरिकामा अहिले एक्टिभ रहेका केशहरु भने २ लाख २८ हजार ५ सय ८८ रहेका छन् । त्यस्तै अमेरिकामा महामारीको संक्रमणबाट ५ हजार ४ सय २१ जना संक्रमितको अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको गाउँगाउँमा समेत कोरोना फैलिइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अहिलेसम्म अमेरिकाका ५५ शहरमा कोरोनाको महामारी फैलिइसकेको छ ।

न्युयोर्कमा मात्रे कोरोना भाइरसको कारण २ हजार ५ सय ३८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै त्यहाँ संक्रमितको संख्या ९३ हजार ५३ रहेको छ भने ९ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकाको न्युजर्सीमा २५ हजार ५ सय ९० जना भाइरसका संक्रमितहरु रहेका छन् भने ५३७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकाको क्यालिफोर्नियामा २३९ र मिसिगनमा २३९ जनाले ज्यान गुमाएका छन् ।

यसअघि प्रकाशित यी समाचार पढ्नुभएको थियो ?

कोरोना महामारी : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

५ दिनमा यी तीन लक्षण देखिए तत्काल गरौँ कोरोनाको परिक्षण 

कोरोना भाइरसको औषधि बनाएको अमेरिकी वैज्ञानिकको दाबी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?