५ दिनमा यी तीन लक्षण देखिए तत्काल गरौँ कोरोनाको परिक्षण

काठमाडौं । कोरोना भाइरसको खतरा प्रत्येक दिन बढ्दै गईरहेको छ । यो महामारीको चपेटामा पर्ने मानिसहरुको संख्या प्रतिदिन बढ्दै गईरहेको छ ।

एक रिपोर्टका अनुसार शुरुवाती ५ दिन भित्र शरीरमा यी ३ वटा लक्षण देखा परेको खण्डमा भाइरस अत्याधिक फैलिन सक्छ ।

जर्नल एनल अफ इन्टरनल मेडिसनको एक रिपोर्टका अनुसार, कोरोना भाइरसका तीन वटा लक्षण शुरुवाती पाँच दिनमा देखिएको खण्डमा तत्काल स्वास्थ्य चौकीमा गएर परिक्षण गराउनु आवश्य छ ।

१. अमेरिकी शोधकर्ताहरुद्वारा जारी यो रिपोर्टमा भनिएको छ कि, कोरोना भाइरसको चपेटामा परेका व्यक्तिहरुको शरीरमा शुरुवाती पाँच दिनमा मानिसहरुलाई सुख्खा खोकी आउन थाल्दछ ।

२. संक्रमितलाई तीव्र ज्वरो आउन थाल्छ र उसको शरीरको तापक्रम अत्याधिक बढ्दै जान्छ । अहिलेसम्म केहि हेल्थ एक्सपर्टले कोरोना भाइरस हुँदा अत्याधिक तीव्र ज्वरो आउने दाबी गरिसकेका छन् ।

३. कोरोना भाइरसको संक्रमण भयो भने शुरुवाती ५ दिनमा मानिसलाई श्वास फेर्न एकदमै असहज हुने गर्दछ । एक रिपोर्टले दाबी गरिसकेको छ कि, श्वासप्रश्वासको समस्या फोक्सोमा समस्या हुँदा देखापर्ने बताएको छ ।

नेशनल हेल्थ सेन्टर (एनएचएस) र वर्ल्ड हेल्थ अर्गनाइजेशन (डब्ल्युएचओ) ले पनि कोरोना भाइरसको बारेमा यिनै लक्षण देखा पर्ने दाबी गरेको थियो ।

शोधकर्ताहरुले यो रिसर्च चीनको वुहान शहर भन्दा बाहिरका बरिव ५० इलाकामा गरेको थियो । हेल्थ एक्सपोर्टले यस शोधपछि मानिसहरुलाई १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्ने सल्लाह पनि दिएका छन् ।

रिपोर्टका अनुसार कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण खोकी, ज्वरो, फ्लू, इन्फेक्सन र निमोनियासँग धेरै मिल्दोजुल्दो रहेको बताएका छन् ।

तर सामान्य तरिकाले हुने फ्लू इन्फेक्सनमा केहि दिन पछि नै बिरामीहरु रिकभरी हुने र निमोनिया केहि हप्ता वा महिनासम्म रहने शोधले बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?