कोरोना भाईरसबारे जान्नैपर्ने ११ मूख्य जानकारी

कोरोनाभाइरसको सङ्क्रमण विश्वका १९५ देशमा फैलिसकेको र विश्व स्वास्थ्य सङ्गठन WHO ले कोरोना भाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको छ । पाठकका प्रश्नहरूमध्ये ११ वटाको जवाफ यहाँ प्रस्तुत गरिएको छ ।
१. कोरोनाभाइरसको सङ्क्रमण थाहा नहुने अवधि के हो ?
वैज्ञानिकहरूका अनुसार यसले सरदर पाँच दिनपछि लक्षण देखाउन थाल्छ । तर केही मानिसमा त्योभन्दा निकै ढिलो लक्षण देखिन सक्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले लक्षण नदेखिने अवधि बढीमा १४ दिनसम्म हुने जनाएको छ । तर केही अनुसन्धानकर्ताहरू त्यो अवधि २४ दिनसम्म हुन सक्ने ठान्छन् । त्यो अवधिबारे जान्नु र बुझ्नु निकै महत्वपूर्ण हुन्छ । त्यसले भाइरसको सङ्क्रमणको प्रकोप थप प्रभावकारी ढङ्गले नियन्त्रण गर्न चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूलाई अवसर दिन्छ ।
२. कोरोनाभाइरस लागेर सन्चो भएपछि त्यसबाट पूर्ण रूपमा मुक्त भइन्छ ?
त्यसो भनिहाल्नु निकै हतार हुन्छ । यो भाइरस डिसेम्बर महिनाको अन्त्यदेखि मात्र देखिएको हो । तर कोरोनाभाइरस र अन्य भाइरस बारेका अनुभवले तपाईँमा रोगप्रतिरोधक क्षमता हुनुपर्छ, जसले सङ्क्रमणबाट जोगाउँछ । सार्स र अन्य कोरोनाभाइरसहरूबाट हामीले पुनःसंङ्कक्रमण भएको देख्नुपरेको छैन । चीनमा अस्पतालबाट फिर्ता पठाइएकाहरूमा पनि फेरि सङ्क्रमण देखिएका समाचारहरू आएका छन् । तर ती परीक्षणहरूबारे निश्चिन्त भएर केही भन्न सकिने अवस्था छैन । मुख्य कुरा उनीहरूमा अहिले संक्रमित छैनन् ।
३. कोरोनाभाइरस र फ्लु (रुघा–मर्की) बीच के फरक छ ?
कोरोनाभाइरस र फ्लुका कैयौँ मिल्दाजुल्दा लक्षण हुन्छन् । परीक्षणविना त्यो पत्ता लगाउन गाह्रो हुन्छ । मुख्य रूपमा कोरोनाभाइसको सङ्क्रमणमा ज्वरो र खोकी देखिन्छ । फ्लुमा सामान्यता अन्य लक्षण पनि हुन्छन् । जस्तो स्वर भासिने । जबकि कोरोना भाइरसका कारण सास फेर्न गाह्रो हुन्छ ।
४. अलग बस्दा के गर्ने ?
सेल्फ आइसोलेसन भनेको १४ दिनका निम्ति घरमा अलग भएर एक्लै बस्नु हो । काम, स्कूल वा सार्वजनिक स्थालमा नजाने र ट्याक्सी वा सार्वजनिक यातायात प्रयोग गर्नु हो । घरभित्रै पनि अन्य व्यक्तिबाट छुट्टै बस्नुपर्छ । केही सामानको खाँचो परेमा घर–कोठाको सङ्घारसम्म मगाउन सकिन्छ । तर कसैसँग भेट्नु हुँदैन । घरपालुवा जनावरबाट पनि टाढै रहनुपर्छ। यदि त्यो सम्भव नभए तीनलाई छुनुअघि र पछि हात धुनुपर्छ ।

५. दम भएका मानिसका निम्ति कोरोनाभाइरस कति खतरनाक हुन्छ ?
कोरोनाभाइरस जस्ता श्वासप्रवासको सङ्क्रमणले दमको असर झन् बढाउन सक्छ । आज्मा यूकेको सल्लाह यस्तो छः भाइरसका कारण जसलाई चिन्ता छ उनीहरूलाई दमबाट जोगिन शृङ्खलाबद्ध रूपमा विभिन्न उपायहरू अपनाउनुपर्छ । जस्तो चिकित्सहरूले दिएको सल्लाहअनुसार दम रोक्नका निम्ति सुघ्ने र तान्ने औषधिको नियमित प्रयोग गर्नुपर्छ । त्यसले कोरोनाभाइरस लगायतका श्वासप्रश्वासलाई प्रभावित पार्ने भाइरसको आक्रमणको जोखिम कम गर्छ ।

६. स्कूल बन्द हुँदा अभिभावकलाई आर्थिक सहयोग हुन्छ ?
रोजगारदाताले घरेलु समस्या टार्ने जोहो गर्न तपाईँलाई अवसर दिनुपर्छ तर उनीहरूले रकम दिँदैनन् । त्यो समयभित्र तपाईँले पर्याप्त व्यवस्था गर्नुपर्छ । तपाईँले बेतलबी बिदा पनि लिन सक्नुहुन्छ । यदि तपाईँलाई सङ्क्रमण भएमा सुविधाको निम्ति आवेदन दिन सरकारले नियमहरू खुकुलो बनाएको छ ।

७. के ढोकाको ह्यान्डलबाट पनि संक्रमण सर्छ र त्यसमा कति समयसम्म भाइरस रहन्छ ?
यदि भाइरस संक्रमित कुनै मानिसले खोक्दा हातले छोप्यो र उसले केही छोयो भने त्यो आसपासमा भाइरस फैलिन सक्छन् । ढोकाको ह्यान्डल त्यस्तो जोखिम हुन सक्ने एउटा राम्रो उदाहरण हो । भाइरस त्यस्ता ठाउँमा केही दिन जीवित रहन सक्ने विज्ञहरूको ठम्याइ छ । त्यसैले भाइरसको विस्तार र सङ्क्रमणको जोखिम कम गर्न नियमित रूपमा हात धुनु राम्रो हुन्छ ।

८. सार्वजनिक स्वीमिङ पुल (पौडी पोखरी) मा पौडी खेल्नु सुरक्षित हो ?
अधिकांश स्वीमिङ पुल (पौडी पोखरी) को पानीमा भाइरस मार्न सक्ने क्लोरिन भनिने रसायन मिसाइएको हुन्छ । त्यसैले क्लोरिन राम्ररी मिसाइएको भए स्वीमिङ पुलको प्रयोग सुरक्षित हुनुपर्छ । तर यदि उनीहरूबाट ढोकाको ह्यान्डल वा त्यस क्षेत्रमा भाइरस छरिएका छन् भने तपाईँलाई भवन वा कपडा फेर्ने कोठामा संक्रमित व्यक्तिबाट भाइरस सर्न सक्छ । र, सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछिउँ गर्दा नजिकै रहेको मानिसलाई सर्न सक्छ ।

९. कोरोनाभाइरस सार्ने वा संक्रमित हुने जोखिम कम गर्न मैले मास्क लगाउन थाल्नुपर्छ ?
चिकित्सक र सर्जनले मुखमा सधैँ मास्क लगाउँछन्, तर सर्वसाधारणले लगाउँदा त्यसले फरक पार्छ भन्ने निकै कम प्रमाण छन् । पब्लिक हेल्थ इङ्गल्यान्डले कोरोनाभाइरसबाट जोगिने उद्देश्यले मास्क लगाउन आफूले सिफारिस नगर्ने बताएको छ । स्वास्थ्य निकायबाहिर मास्कको प्रयोगले सङ्क्रमणबाट जोगिन फाइदा गर्ने भन्ने निकै कम प्रमाण भएको उसको भनाइ छ । विज्ञहरूले नियमित हात धुने र मुखमा हात र्पुयाउने बानी रोक्ने जस्ता स्वस्थ वातावरण निकै प्रभावकारी हुन्छन् ।

१०. बालबालिकामा कत्तिको जोखिम हुन्छ ?
चीनको तथ्याङ्कअनुसार सामान्यतया कोरोनाभाइरसबाट बालबालिका तुलनात्मक रूपमा कम संक्रमित भएको देखिएको छ । उनीहरूमा संक्रमणविरुद्ध सहजै लड्न सक्ने क्षमता भएकोले यस्तो भएको हुनुपर्छ । उनीहरूमा सामान्य रुघाखोकी जस्तो वा कुनै लक्षण देखिँदै नदेखिने कारणले पनि यस्तो भएको हुनसक्छ । तर आज्मा (दम) जस्ता फोक्सोका समस्याले ग्रस्त रहने गरेका बालबालिका भने सचेत हुन आवश्यक हुन्छ किनभने त्यस्ता बालबालिकालाई नयाँ भाइरसले आक्रमण गर्न सक्छ ।

११. के अरूले पकाएको खानेकुराबाट पनि संक्रमण हुन सक्छ ?
यदि संक्रमित व्यक्तिले पर्याप्त सावधानी अपनाएको छैन र सरसफाइमा ध्यान दिएको छैन भने उसले तयार पारेको खानेकुराबाट पनि अरू व्यक्तिमा भाइरस सर्न सक्छ । खोकी लाग्दा हातमा आएको अति सानो खकार वा थुकको थोपाबाट पनि कोरोनाभाइरस सर्न सक्छ । खाना बनाउनु पकाउनु र खानुअघि आफ्नो हात राम्ररी धोएर हामी सङ्क्रमणबाट जोगिन सक्छौँ ।

 

विश्वकै लागि ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १७ हजार १ सय ४७ जनाको मृत्यु भईसकेको छ । त्यस्तै, ३ लाख ९२ हजार ३ सय ९९ जनालाई संक्रमण भएको छ । १ लाख ३ हजार ३ सय ९३ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म कोरोना १९५ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म ६ हजार ७७ जनाको मृत्यु भएको छ ।

चीनमा भने ३ हजार २७७ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १ हजार ९ सय ३४ जनाको मृत्यु भएको छ । अमेरिकामा ५८२ र स्पेनमा २ हजार ६ सय ९६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ५८२ र स्पेनमा २हजार ३११ जनाको मृत्यु भइसकेको छ ।

नेपालले अब गर्ने ? 

आर्थिक गतिविधि शिथिल होलान्, होउन् । जनताको ज्यान रहे आर्थिक गतिविधि फेरि सुचारु गर्न सकिन्छ । विकास गतिविधि रोकिएला, रोकियोस् । जनताको जीवन र स्वास्थ्य रहे नै विकासका गतिविधि हुनुपर्ने हो । त्यसैले सर्बप्रथम जतिसुकै खर्च लागे पनि सरकारले कोरोना भाईरसको महामारीबाट जनतालाई पूर्ण मुक्त गर्ने सम्पूर्ण कदम, बजेट, अर्धसरकारी साधन वा शक्ति, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नुपर्छ ।

जनतालाई सशक्तीकरण गर्नको लागि जतिसुकै खर्च लागे पनि सरकार तयार रहनुपर्छ । ३ महिना विकास गतिविधि ठप्प होला, होस्, तर जनताई कोरोना भाइरस परास्त गर्न सशक्त बनाउनै पर्छ । ‘अगर’ र ‘मगर’ का भाषा वा बहानावाजी चल्दैन । कोरोना भाईरसलाई हामीले जित्न सकेनौँ भने उसले सारा नेपाल जित्ने निश्चित छ, त्यो बेलामा हाम्रो हालत के होला, कल्पना गरौँ र यो महामारीमा सरकार र जनताका बीच ऐक्यबद्ध भएर विजयी हुने रणनीति अपनाऔँ ।

कोरोनाबाट बच्न चाहनुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !

कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।

आज हामी तपाईलाई तिनै महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौँ ।

१. कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयाग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।

२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।

३. घरबाट बाहिर निस्किँदा ‘एन -९५’ मास्कको प्रयोग गरौँ ।

४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।

५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।

६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।

७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।

८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।

कोरोना भाइरस बारे १० झुट

संसारका १०० भन्दा धेरै देशहरुमा कोरोना भाइरसको महामारी फैलिइसकेको छ । एक पछि अर्काे देशमा गर्दै कोरोनाको प्रकोप झनै बढेको छ ।

तर कोरोनाको बारेमा बिभिन्न अफवाह फैलाइएको पनि छ, जसबाट आम मानिसहरु डरले काँपी रहेका छन् । तर आज हामी तपाईलाई कोरोनाको बारेमा १० झुट र त्यको सत्य कुराको बारेमा जानकारी दिनेछौँ ।

१. के कोरोना भाइरस जाडोका कारण फैलिन्छ ?

कोरोना भाइरस जाडोका कारण नफैलिने युनिभर्सिटी अफ हङकङ्गले एक रिसर्चबाट पत्ता लगाएको छ । रिसर्चमा सामान्य फ्लुबाट पीडित व्यक्तिबाट ३ जनासम्म भाइरस फैलिन सक्दछ ।

तर कोरोनाबाट संक्रमित व्यक्तिले भने अत्याधिक मानिसहरुलाई संक्रमण सर्ने हुन्छ । फ्लुको उपचार छ तर कोरोनाको कुनै पनि एक्सनको अनुसन्धान हुन अहिलेसम्म सकेको छैन ।

२. के संक्रमण हुनुको मतलव मृत्यु हो ?

कोरोनाको संक्रमण हुनु नै मृत्यु हुनु भन्ने होइन, चीनमा कोरोनाबाट संक्रमित ५८ हजार मानिसहरु स्वस्थ भईसकेका छन् ।

विशेषज्ञहरुका अनुसार कोरोनाको संक्रमणबाट मृत्यु हुने खतरा लगभग २० प्रतिशत मात्र हुन्छ ।

३. के पालेका जनावरहरुबाट कोरोनाको खतरा छ ?

अहिलेसम्म कुनै रिसर्चमा कुनै पनि पालिएको जनावरहरुबाट कोरोनाको संक्रमण सर्न सक्दछ भन्ने कुराको पुष्टि भईसकेको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म यस्ता केहि पनि मामला आएका छैनन् । तर जनावरहरुलाई छोएपछि भने साबुन पानीले हात धुन आवश्यक छ ।

४. के कोरोनाको औषधी आइसकेको हो ?

केरोना भाइरसका लागि अहिलेसम्म कुनैपनि औषधी बनिसकेको छैन ।

संसारभरका वैज्ञानिकहरु कोरोना नष्ट गर्ने औषधीकै खोजीमा छन् । तर चीनले भने भाइरस नष्ट गर्ने औषधीको पत्ता लगाईसकेको दाबी गरेको छ ।

५. के बच्चाहरुमा कोरोनाको खतरा हुँदैन ?

कोरोना भाइरसले बच्चाहरुमा केहि असर गर्दैन भन्ने कुरा गलत हो । तर कोरोनाका धेरैजसो घटनाहरु अहिलेसम्म वयस्क र वृद्धहरुमा मात्र धेरुै देखिएको छ ।

चाइना सीडीसी विक्लीमा प्रकाशित एक रिसर्चका अनुसार १० देखि १९ वर्षका व्यक्तिहरुमा जम्मा १ प्रतिशत व्यक्तिहरुलाई मात्र कोरोनाको संक्रमण देखिएको छ ।

१० देखि कम उमेरका बच्चाहरुलाई १ प्रतिशत भन्दा कम देखिएको पाइएको छ ।

६. के धेरै तापक्रममा कोरोना नष्ट हुन्छ ?

अहिलेसम्म यस कुराको कुनै पुष्टि भई सकेको छैन । तर धेरै तापक्रममा भाइरस एक दोश्रोमा फैलिने भन्ने खतरा कम हुन्छ । किनभने सबै भाइरस गर्मीदेखि धेरै टाढा रहन्छन् ।

७. के तातो पानीले नुहाउँदा संक्रमणको खतरा कम हुन्छ ?

यो तथ्य भने एकदमै गलत रहेको एक अध्ययनको निस्कर्ष छ । तर पटक पटक साबुन पानीले हात धुँदा भने कोरोनाको खतरा कम हुन सक्दछ ।

८. के इम्युनिटी बढाउने औषधीले कोरोनाबाट बच्न सकिन्छ ?

औषधी चाहे एलोप्याथिक हो वा फेरी आयुर्वेदिक यसले इम्युनिटीलाई बढाउन सक्दछ तर यसले नै कोरोना भाइरसबाट बचाउन सक्ने भनेर कुनै अध्ययनले पत्ता लगाएको भने छैन ।

९. के नाकमा ब्लीच लगाउँदा कोरोनाबाट मुक्ति मिल्दछ ?

ब्लीच वा क्लोरिन जस्’ता किटाणुनाशक सेल्वन्ट्स जसमा ७५ प्रतिशत इथेनल, प्यारासिटिक एसिड र क्लोरोफर्म हुन्छ ।

वास्तवमा कोरोना भाइरसलाई सतहमा नष्ट गर्न सकन्छ, तर सत्य यो हो कि यस्तो किटनाशक छालामा लगाउँदा केहि फाइदा हुँदैन र शरीरका लागि यस्तो रासयन हानीकारक हुन सक्दछ ।

१०. हरेकलाई ‘एन-९५’ मास्क नै आवश्यक र जरुरी छ त ?

हेल्थ केयर वर्कर, जो कोरोना संक्रमितका साथ काम गर्दछन्, उनीहरुलाई मात्र एन ९५ मास्क लगाउनु आवश्यक छ ।

आम मानिसहरु, जसलाई कोरोनाको केहि लक्षण छैन, उनीहरुलाई कुनै पनि मास्कको आवश्यकता पर्दैन । तर यदि तपाई सार्वजनिक ठाउँमा जानुहुँदैछ भने साधारण मास्क लगाउनु आवश्यक हुन्छ ।

कोरोनाको भय : नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)

आजभोलि सार्वजनिक सवारी साधनमा हिँडडुल गर्दैगर्दा कसैले खोक्यो वा हाँछ्यू ग-यो भने सबैका शंकास्पद नजर उहीतिर हेर्छन् । साथीहरुसँग बसिरहेको वेला त अझ टाउको दुख्यो वा सास फेर्न गाह्रो भएजस्तो भयो भन्नै नहुने । सबैले एउटै प्रतिक्रिया दिन्छन्, ‘कोरोना लाग्यो कि क्या हो ?’

भलै यस्ता अभिव्यक्ति ख्यालठट्टामै दिइएका हुन् तर, आजभोलि कोरोनाको आतंकले मानिसको मानसपटलमा नराम्रोसँग प्रभाव पारेको प्रष्टै हुन्छ ।
अझै सामाजिक सञ्जालपनि कोरोनाका सनसनीपूर्ण खबरले भरिएका छन् ।

नेपाल झन् कोरोनाको ‘मानसिक साइड इफेक्ट’बाट ग्रसित भएको छ । छिमेकी मुलुक हुनु र ‘भिजिट नेपाल २०२०’ चलिरहँदा धेरै भन्दा धेरै चिनियाँ पर्यटक नेपाल भित्रिनु यसका दुई मूख्य कारण हुनसक्छन् ।

बाहिर निस्किँदा मास्क प्रयोग गर्ने जमात पहिलेभन्दा बढ्नु, बजारमा मास्क तथा ह्याण्ड स्यानिटाइजरहरुको अभाव हुनु आदिले यही संकेत गर्दछ ।
भलै कोरोना संक्रमणको परिक्षणका लागि नमुना पठाइएका ४ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ तर, अझै पनि यसकोे प्रकोप छँदै छैन भन्न मुस्किल भएको चिकित्सक तथा सम्बन्धित निकायको भनाइ छ ।

कोरोना भाइरस, नेपालमा यसको संक्रमणको सम्भाव्यता र त्यसको परिणाम लगायत विषयमा लोकपथ डट कमले विभिन्न चिकित्सकहरुसँग कुराकानी पनि गरेको थियो । यही दौरान ग्रान्डी अस्पतालमा कार्यरत संक्रामक रोग तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘हामी जति आत्तिएका छौं त्यति आत्तिनु पर्दैन तर, सतर्क चाहिँ रहनुपर्छ ।’

सतर्क कसरी रहने भन्ने प्रश्नमा उनी भन्छन् :

मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । र, अर्को अत्यन्तै महत्वपूर्ण कुरा जसलाई नजरअन्दाज पनि गरिन्छ त्यो हो, हातको सरसफाइ । मास्क भन्दा बढी हातको सरसफाइमा ध्यान दिनुपर्छ । हातको सरसफाइका विषयमा हामी त्यति ध्यान दिँदैनौं । हेर्दा सफैजस्तो लाग्छ अनि हामी हात नै धुँदैनौं । तर, हाम्रो शरीरमा संक्रमण हुने अधिकांश भाइरस प्राय हातकै माध्यमबाट हाम्रो खाना तथा नाक, आँखा हुँदै हाम्रो शरीरमा प्रवेश गर्छन् ।

हातको सरसफाइ कसरी गर्ने त ?

घरमै हुँदा पनि अरुले प्रयोग गरेको सामानहरु छोएपछि, खाना खानुअघि र पछि राम्ररी साबुन पानी वा ह्याण्ड वासले हात धुने ।

सार्वजनिक स्थलमा कम जाने । भीडभाडमा कम उपस्थित हुने । सकेसम्म धेरैजनाको भेला, सभा समारोहमा नजाने । यदि गइयो भनेपनि ह्याण्ड स्यानिटाइजर आफैसँग बोक्ने वा ७० प्रतिशत इथाइल अल्कोहल भएको एन्टिसेप्टिकले हात सफा गरिरहने ।

त्यस्ता ठाउँबाट फर्किएपछि राम्ररी हातखुट्टा, मुख धोएर, कपडा फेरेर मात्रै खानेकुरा खाने वा हातलाई मुख, आँखा, नाकतिर लग्ने । किनभने कहिलेकाहीँ भाइरस हाम्रो कपडामै पनि अड्किएर रहेको हुनसक्छ । यस्तो अवस्थामा कपडाबाट हाम्रो हातमा र हातबाट नाक, आँखा, मुख हुँदै भित्र जाने सम्भावना हुन्छ । तर, छालाबाट पनि कोरोना भाइरस छिर्छ भन्ने भनाइ चाहिँ अफवाह नै हो ।

मास्कको प्रयोगका बारेमा चाहिँ के भन्नुहुन्छ ? हाम्रो बजारमा पाइने मास्क कतिको प्रभावकारी छन् ?

मास्क अनिवार्य हो । फेरि मास्क पनि सामान्य कपडाको मास्क वा बजारतिर बेच्न राखिने साधारण मास्कले भाइरसलाई छेक्दैन । यसले धुवाँधुलोबाट मात्र बचाउने हो । जति बाक्लो मास्क भयो उत्तिकै प्रभावकारी भन्ने गलत अवधारणा छ मानिसहरुमा ।

भाइरसबाट बच्न दुई प्रकारका मास्कको प्रयोग गर्न सकिन्छ । एउटा सर्जिकल मास्क र अर्को, एन९५ रेस्पिरेटर ।

सर्वसाधारणले प्रयोग गर्ने मास्क भनेको सर्जिकल वा मेडिकल मास्क नै हो । यसमा ३ वटा पत्र हुन्छ । बाहिरी पत्र ‘वाटर प्रुफ’ हुन्छ । जसले बाहिरबाट आउने संक्रमित थुक, -याल, सिँगान आदिका छिटाहरुलाई रोक्छ । त्यस्तै, भित्री पत्रसँग सोस्ने क्षमता हुन्छ जसले हाम्रै नाक, मुखबाट निस्किएका तरल पदार्थहरु सोस्छ । र, अन्तिममा बीचको भाग चाहिँ ‘फिल्टर’ हो । यसले हावालाई फिल्टर गरेर मात्रै भित्र/बाहिर पठाउने काम गर्छ ।

एन९५ रेस्पिरेटर चाहिँ प्राय चिकित्सकहरुले प्रयोग गर्छन् ।

मास्कका बारेमा थप जानकारी

सर्जिकल मास्क

सर्जिकल मास्क डिस्पोजेबल हुन्छ । एकपटक प्रयोग गरिसकेपछि फेरिफेरि प्रयोग गरिरहन मिल्दैन । ३ देखि ८ घण्टासम्म यसलाई प्रयोग गर्न मिल्ने बताउँछन् चिकित्सक ।

यस्ता मास्कले -याल, थुक वा सिँगानजस्ता शरीरबाट निश्कासन हुने तरल पदार्थबाट सर्ने रोगबाट बचाउनसक्छ । तर, कोरोना भाइरसजस्तो हावाको माध्यमबाट पनि सर्ने रोगबाट बच्न खासै प्रभावकारी हुँदैन ।

यसले :

हावामा भएका ठूला कणहरुबाट बचाउँछ ।

ससाना कणहरुबाट बचाउन सक्दैन ।

यो फिटिङ हुँदैन जसकारण चुहावटको बढी सम्भावना हुन्छ ।

एन ९५ रेस्पिरेटर

यस्तो मास्कले साना कणहरुलाई नाक वा मुखभित्र पस्नबाट प्रभावकारी ढङ्गले रोक्छ ।

हावामा भएका ९५ प्रतिशत अनावश्यक कणहरुलाई छेक्छ ।

यो एकदमै फिटिङ हुन्छ जसकारण चुहावट कम हुन्छ ।

कोरोना भाइरस के हो ? कसरी संक्रमण हुन्छ ? लक्षणहरु केकस्ता हुन्छन् ?

डाक्टर भन्छन् :

आरएनए र डिएनए २ प्रकारका भाइरस हुन्छन् । कोरोना आरएनए भाइरस हो । कोरोना भाइरस आफैमा ५० प्रकारको हुन्छ । ५ वटा प्रजातिको मासिमा हुन्छ बाँकी जनावर र चराहरुमा ।

तीमध्ये सबैभन्दा पहिला मानिसलाई आक्रमण गरेको भनेको सन् २००३ आएको सार्स, २०१३ मा मार्स, अहिले कोरोना अर्थात् कोभिड १९ ।

कोरोना भाइरस पहिल्यैदेखि मान्छेमा छ, जनावर तथा चराचुरुङ्गीमा छ तर, अहिले तिनै भाइरसबाट ‘म्युटेसन’ भएर नयाँ किसिमको कोरोना भाइरस जन्मिएको हो । सामान्य कोरोना भाइरसभन्दा यो अलि खतरा निस्कियो र यसले मृत्युदर बढायो त्यसैले यस्तो परिस्थिति आएको हो ।

जुन वेला चीनमा पहिल्यैदेखि रहिआएको भन्दा नयाँ किसिमको कोरोना भाइरस देखियो त्यसपछि अनुसन्धानहरु भए । यसमा विभिन्न किसिमका हाइपोथेसिसहरु छन् । शुरुमा चमेरामा देखिएको भाइरस सर्पमा आयो र सर्पबाट मान्छेमा भन्ने कुरा छ । तर, चमेरामै चाहिँ कसरी देखियो त यो भाइरस भन्ने विषयमा फेरि केही हाइपोथेसिसहरु छन् ।

भाइरसहरु म्युटेसन भइरहेका हुन्छन् । हजारौं, लाखौं म्युटेट भएका भाइरसमध्ये कुनै एउटा चाहिँ चमेरामा मात्र सीमित रहेन, चमेराबाट अन्य जनावर र मान्छेमा स-यो । जाडो मौसममा देखिने यस्ता भाइरसहरु श्वासप्रश्वासमार्फत् सर्ने भएकाले यसलाई ‘रेस्पिरेटोरी भाइरस’ पनि भनिन्छ । त्यसैले श्वासप्रश्वासको प्रक्रियासँग सम्बन्धित तरल उत्पादनहरु जस्तै थुक, ¥याल, सिँगान आदिमा सास फेर्दा निस्किने सूक्ष्म कण मिसिएर आउँछ र हामीले कोल्दा, थुक्दा वा खकार्दा, हाँछ्यू गर्दा अरुको शरीरमा प्रवेश गर्छ ।

इन्फ्लुएन्जा भाइरससँग यसको लक्षण मिल्छ । अर्थात् रुघाखोकी, सास फेर्न समस्या, ज्वरो यस्तै यस्तै ।

कोरोनाबाट बच्नु छ भने सबैभन्दा उयुक्त तरिका भनेको संक्रमित मान्छेसँग सम्पर्कमै नरहनु हो । मास्कको अनिवार्य प्रयोग गर्ने । मास्कले हाम्रो नाक र मुखलाई मात्र सुरक्षा दिइरहेको हुन्छ त्यसैले आँखालाई पनि सुरक्षित राख्न चस्मा वा फेस सिल्डको प्रयोग गर्ने । र, हातको सरसफाइको बारेमा त मैले भनिहालेँ ।

तस्वीर : गुगल

कोरोनाको कहर : यस्ता छन भ्रम र यथार्थ !

भयावह बनिरहेको कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमण ५० राष्ट्रमा फैलिसकेको छ ।

अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणले दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ । यस्तै ७९ हजार एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न जिज्ञासालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्पष्ट पारेको छ ।

धरैजसो घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ भन्ने जिज्ञास सबैको मनमा उठ्ने गर्छ । कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन । तर उनीहरुको सम्पर्कपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ । जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरुबाट पनि बचाउँछ ।

निमोनिया विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ? भन्ने विषयमा चर्चा चल्ने गरेको छ । निमोनिया विरुद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बी विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । यो भाइरस नयाँ भएकाले यसको लागि नयाँ र यसै विरुद्धको खोपको आवश्यक पर्छ । अध्ययनकर्ताहरुले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको विकास गर्दैछ । यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।

त्यस्तै, नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रुपमा नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ की सक्दैन ?

  • स्लाइनको सहयोगमा नियमित नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। तर यसले सामान्य रुघाखोकीबाट भने बचाउन मद्दत गर्छ ।

लसुन खानाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?

  • लसुन एक स्वथवद्र्धक खाने कुरा हो। जुन एन्टीमाइक्रोबेलले भरिपूर्ण हुन्छ। तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन ।

तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ ?

-तिलको तेलले कोरोना भाइरसलाई मार्दैन। यसमा भएको केही रासायनिक तत्वले कोरोना भाइरसलाई सतही रुपमा मार्न सक्छ। यसमा किटाणुनाशकमा आधारित ब्लीच÷क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ। त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने सायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ । तर यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ ।

के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छरु या युवाहरु पनि यसको जोखिममा पर्छ ?

-सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ । वृद्धवृद्धा, दीर्घ रोगी ९ दम, मधुमेह, मुटुजन्य रोग ० लाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ । त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ । यसका लागि हातको सरसफाई र सही तरिकाले श्वासप्रश्वासको सरसफाईमा ध्यान दिन आवश्यक छ ।

कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टीबायोटिक प्रभावकारी हुन सक्छ ?

-एन्टीबायोटिकले भाइरस विरुद्ध काम गर्दैन । यो ब्याक्टेरिया विरुद्धका लागि मात्र हो। हाल देखिएको यो नयाँ कोरोना भाइरस हो । त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टीबायोटिकको प्रयोग हुँदैन । यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टीबायोटिक लिन सक्छन् । किनभने उनीहरुलाई ब्याक्टेरियल संक्रमणको संभावना पनि हुन सक्छ ।

कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध भएको छैन् । हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन । कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणको आधारमा गरिन्छ । केही विशेष उपचार अनुसन्धान अन्तर्गत भइरहेका छन्, जुन क्लीनिकल परीक्षण मार्फत भइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ ।

एजेन्सी

     यो पनि पढ्नुहोस् : सबैभन्दा पहिले कोरोनाभाइरसबारे चेतावनी दिने चिनियाँ चिकित्सकको मृत्यु

कसरी हुन्छ संक्रमण  ? 

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ?

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात ? 

खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि  -एजेन्सीको सहयोगमा बिबिसीबाट 

यसअघि प्रकाशित यो सामाग्री पढ्नुहोस्

के हो ‘लकडाउन’ ? के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

के पैसाको लेनदेन गर्दा पनि सर्न सक्छ कोरोना ? जान्नैपर्ने कुरा

कोरोनाबाट मोक्ष हुँदा नेपाल र विश्व कस्तो होला ? 

पूरै देश लकडाउनको निर्णय 

कोरोनाभाइरसको आयु : कुन सामानमा कति समय बाँच्छ ? यसरी बचौँ 

१९५ देशमा फैलियो कोरोना : १६ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ? 

‘लकडाउन’ मा यस्तो देखियो काठमाडौं (फोटोफिचर) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?