‘लकडाउन’ मा यस्तो देखियो काठमाडौं (फोटोफिचर)

काठमाडौं – सरकारले आजदेखि देशैभर ‘लकडाउन’ गरेको छ । कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण फैलिन नदिन देशैभर सर्वसाधारणलाई आउजाउमा रोक लगाएको छ । विकसित मूलुकहरुले पनि यो नीति अपनाएका छन् । तर केहि मानिसहरु सरकारको यो नीति विपरित मनिङ वाक जाने, हिँडडुल गर्ने, भेटघाट गर्ने काम गरिरहेका छन् । तर विकसीत मुलुकहरु आज कुन हालतमा पुगेका छन् ? यो हविगत हामीले व्यहोर्नु पर्यो भने ? त्यसैले सरकारले अपनाएको नीतिमा साथ दिनु सचेत नागरिकको दायित्व हो । हामी जहिल्यै अरुको टाउकोमा दोष थोपार्छौ तर आफू जिम्मेवार बन्नुपर्ने ठाउँमा हेक्का राख्दैनौँ । उल्लंघन गर्छौ भने हामीले आफू , आफ्नो परिवार समाज र राष्टको लागि केहि पनि दिन सक्दैनौँ, नोक्सानी सिवाय । सोचौँ । सावधान होऔँ । सचेत बनौँ ।

यो समाचार पार्दासम्म १६ हजार पाँच सय अन्ठाउन्न जनाको मृत्यु भएको छ । ३ लाख ८१ हजार मानिसहरुमा यो भाइरसको संक्रमण फैलिएको छ । यो भाईरस विश्वका एक सय ९५ देशमा फैलिइसकेको छ । एक लाख २ हजार मानिसहरु निको भएर घर फर्केका छन् । भाइरस अति नै आक्रमक र संक्रामक प्रकृतिको भएकोले छिट्टै मानिसमा असर देखिन्छ ।

लकडाउनमा के – के हुनेछन् ?

अन्तरदेशीय आपूर्ति व्यवस्था सुचारु रहनेछन्

आन्तरिक आपूर्ति व्यवस्था नियमित हुनेछन् । त्यसैले दर्जनौँ सिलिन्डर घरमा थुपारेर अरुको चुल्होसम्म बल्न नदिने अपराध जोकोहीले गर्नुहुँदैन ।

एम्बुलेन्स तयारी हुनेछन् ।

अस्पतालमा विशेष तयारी हुनेछ ।

अग्नी नियन्त्रक अलर्टमा बस्नेछन् ।

सुरक्षा निकाय तयारी अवस्थामा छन् ।

खानेपानी, फोहोर बिजुलीजस्ता आधारभूत आवश्यकता सहजै पूर्ति हुनेछन् ।

अत्यावश्यकीय वस्तु : नुन, तेल, चामल, ग्यास, इन्धन लगायत सरकारले तोकेको अति आवश्यक २९ वटा वस्तु तथा तिनीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने गृह मन्त्रालयले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐनले प्रत्याभूत गरेका २९ वटा वस्तु तथा सेवा सुपथ मूल्यमा जनतालाई उपलब्धता गराउन सुनिश्चित गर्ने जनाएको छ ।

नआत्तिनुहोस् यी वस्तु तथा सेवा सहजै पाइनेछन् ।

खाद्य पदार्थ अन्तर्गत

  • चामल (मसिनो, मोटा)
  • मकै
  • चिउरा
  • गहुँ, मैदा र पिठो
  • दाल (रहर र मास)
  • नुन,
  • चिनी,
  • चिया
  • खाने तेल (तोरी, भटमास)
  • घ्यू (वनस्पतिसमेत)
  • दूध (बेबीफूड तथा पाउडरसमेत)
  • तरकारी (आलु, प्याज, गोलभेडा)
  • सबै प्रकारका मासु
  • फलफूल (मौसम, केरा, स्याउ, सुन्तला)
  • मसला (जिरा, मरिच, अदुवा, धनिया र खुर्सानी)

अन्य आवश्यकीय पदार्थ

  • औषधि
  • बाक्लो कपडा (४० काउण्ट सम्मको धोती साडी समेत)
  • लुगा धुने र नुहाउने साबुन
  • मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत
  • रासायनिक मल
  • दाउरा तथा कोईला
  • निर्माण सामाग्रीतर्फ
  • सिमेन्ट
  • फलामे छड
  • कर्कटपाता
  • जिआई पाईप तथा पोलिथिन पाइप
  • ईट्टा
  • काठ

शैक्षिक सामग्रीतर्फ

  • लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम
  • न्यूज प्रिन्ट

सरकारले ह्याण्ड स्यानिटाइजर र मास्कलाई पनि यो सूचीमा राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

यो रोकसँगै काठमाडौं सुनसान बनेको छ । सडकमा अत्यावश्यक सवारीसाधानबाहेक अरू गुड्न दिइएको छैन । नाकामा पनि सुरक्षा वयवस्था निकै कडा पारिएको छ । एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाइएको छ । फोटोमा हेर्नुहोस् यस्तो देखियो बिहानको काठमाडौं : काठमाडौंको नाका नागढुंगा, बालाजु, सामाखुसी लाजिम्पाट, नयाँ बानेश्वर, जमल को दृश्य  

यसअघि प्रकाशित यो सामाग्री पढ्नुहोस्

के हो ‘लकडाउन’ ? के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

के पैसाको लेनदेन गर्दा पनि सर्न सक्छ कोरोना ? जान्नैपर्ने कुरा

कोरोनाबाट मोक्ष हुँदा नेपाल र विश्व कस्तो होला ? 

पूरै देश लकडाउनको निर्णय 

कोरोनाभाइरसको आयु : कुन सामानमा कति समय बाँच्छ ? यसरी बचौँ 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?