धमाधम ‘लकडाउन’ हुँदै जिल्लाहरु : लकडाउनमा के गर्नु हुन्छ, के गर्नु हुँदैन?

काठमाडौं – स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपाली कोरोना पोजेटिभ देखिएको र उनको उपचार टेकुमा भइरहेको जानकारी दिए । त्यसपछि सामाजिक सञ्जालमा खैलाबैला मच्चियो ।

तर नआत्तिऔँ सावधान बनौँ ।

सरकारले ‘कोभिड १९’ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् ।

पत्रकार सम्मेलनको अन्तिममा हालसम्म शंकास्पद ६ सय नमुना परिक्षण गरिएकोमा चैत्र ४ गते नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए । उनका अनुसार यो रिपोर्ट हिजो आएको हो । उनी विद्यार्थी हुन् । महिला हुन् र उनको उमेर १९ वर्षको छ ।

उनले थपे, ‘उनको परिवारलाई समेत क्वारेन्टाईनमा राखिएको छ ।’उनी नेपाली नागरिक हुन् । संक्रमित महिलाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचार हुँदैछ ।

यो समाचार बाहिरिएसँगै धेरै जिल्लाहरु धमाधम ‘लकडाउन’ गर्न थालिएको छ । त्यसैले धेरैलाई लकडाउन के हो ? राज्यले यस्तो नीति लिएको बेला के गर्नु हुन्छ ? के गर्नु हुँदैन भनेका कारण हामीले यो समाग्री प्रकाशन गरेका छौँ ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १४ हजार ९ सय २५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ४५ हजार २८९ जनालाई संक्रमण भएको छ । ९९ हजार ७८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म १९२ देशमा संक्रमण फैलिएको छ ।

अधिकांश देशले हवाई र स्थल सीमामा प्रतिबन्ध लगाएका छन् । मानिसहरु डराएका छन् । व्यापार व्यवसाय ठप्प छ । शहरहरु सुनसान छन् । वैज्ञानिकहरु औषधीको खोजीमा जुटेका छन् । चीनको वुहान शहरबाट गत डिसेम्बर शुरु भएको भाइरसका कारण विश्व त्राहिमाम छ ।

चीनले गत साता नै कोरोनाको औषधीमा सफलता मिलेको बताएको भएतापनि हालसम्म टेष्ट किट मात्रै बजारमा आएको छ । कोरोनाविरुद्धको खोपतयार पारेको भनेतापनि हालसम्म यसको पुष्टि भएको छैन । यद्यपी चीनले ल्याबबाट प्रमाणित भएको कोरोना टेष्ट किट विभिन्न देशमा पठाइरहेको छ । उसको देशमा संक्रमितहरु बिस्तारै घटेका छन् ।

लकडाउन

विश्लेषकहरु भन्छन्, यदि चीनले यो किसिमको ईनिसिएसन लिएको थिएन भने अहिले यो महामारी फैलिएर कैयौँ मानिसले ज्यान गुमाइसकेका हुन्थे ।

करिब ६ करोड जनसंख्या भएको हुवेइ प्रान्तको वुहानमा डिसेम्बर अन्तिम साता देखिएको पहिलो संक्रमणको प्रकृति बुझेको चीनले उक्त भाइरस रोक्न २० जनवरीमा हुवेइ प्रान्त र अन्य प्रान्तबीचको सम्बन्ध तोडिदियो । अर्थात् लकडाउन गर्यो । चीनको उक्त निर्णय पछि वुहानसहित हुवेइका मानिस अन्यत्र जान पाएनन् भने अन्य प्रान्तका मानिस पनि अति आवश्यकता र सरकारी निगरानी बाहेकमा त्यस क्षेत्रमा आउन बन्देज लाग्यो ।

यो मुलुकको शासन व्यवस्था कडा भएको कारण सम्भव भएको कुरा सामाजिक सञ्जाल तथा मिडियामा बाहिरिएका केही भिडियो फूटेजमा प्रष्टै देखिन्थ्यो कि चिकित्सकहरु घरमै गएर संक्रमितलाई आइसोलेसनमा राख्न जबरजस्ती गरिरहेका थिए । तीव्र रुपमा फैलिने संक्रामक रोग एक व्यक्तिबाट अरु धेरैमा नसरोस् भनेर लिइएको ‘सोसियल डिस्टेन्सिङ’को नीति नै लक डाउन हो ।

महामारी रोग फैलिन नदिन सरकारले यो निर्णय लिएको हो । अब तपाईं सोच्नुहोला कि नेपालमा भाइरस आएको छैन । हो, आजसम्म विश्व मानचित्रको नक्सामा नेपालमा हरियो रङ पोतिएको छ । तर मनन गर्नुहोस् ईटालीजस्तो देशले महामारीबाट कसरी ग्रसित हुनुपरेको छ । सुरक्षा नीति लिँदालिँदै पनि कति आक्रान्त हुनुपर्यो रु बाजा बजाएर वा ‘ल आएँ है’ भनेर त आक्रमक भाइरस नेपाल छिर्ने हैन नि । त्यसमाथि यो समाचार तयार पार्दासम्म २ जनामा पोजेटिभ देखियो। एक् जना सफल उपचारपछि घर फर्किए भने अर्का एक जना आईसोलेसनमा छन् ।

केहि दिन अघि प्रधानमन्त्रीले देशबासीको नाममा सम्बोधन गर्दै ३ दिनको म्याद दिएर लामो दुरीको सवारी सञ्चालनमा रोक लगाउने बताइरहँदा सामाजिक सञ्जालमा सरकारले लिएको लकडाउन नीतिको विरोध गर्दै हतारमा लिइएको निर्णय भन्दै केही मानिसहरुले आलोचना गरिरहेका थिए। तर चीनबाट एक दर्जन मुलुकमा नफैलँदै उपभोग्य वस्तु र मास्कमा कालोबजारी गर्नेहरुका कारण यदि यो भाइरस नेपालमा देखिहाल्यो भने कुन स्थिति होला ? के यो हाम्रो नियन्त्रणमा रहला ? त्यसैले सरकारको विरोध गर्नैको लागि वा म जान्नेसुन्ने नै हुँ विश्व परिवेश कोही अरुले मबाट सिकुन् भन्ने भ्रममा परेर सामाजिक सञ्जालमार्फत् अफवाह फैलाउनेहरुको निकृष्ट सोचबाहेक केही पनि होइन ।

विश्वका धेरै मुलुकले आफ्नो देश र जनतालाई बचाउन यो नीति लिएका छन् । फेरि यो नीति केही समयका लागि हो । समयमै लकडाउन नगरेका कारण केही मुलुकले यो भाइरसको उच्च जोखिम सामना गरिरहेको हामीले देखेका छौँ। त्यसकारण गम्भीर संकटको सामना गर्नुभन्दा पूर्वतयारी र सावधानीपूर्वक अघि बढ्नको लागि सरकारले यस्तो कदम लिनु स्वागतयोग्य छ ।

दिनरात कोसिस गर्दापनि कहीँ कतै औषधी र यो रोगविरुद्धको खोप बन्न नसकेको यथार्थलाई स्वीकार्दै यो विषम परिस्थितिमा बाँकी भएको रामवाण अर्थात् अस्त्र ‘लकडाउन’ नै भएको विश्व स्वस्थ्य संगठनले आफ्नो प्रेस नोटमा पनि भनेको छ ।

के गरिन्छ लकडाउनमा ?  
सरकारले विगत पछिल्लो २ सातादेखि निकै सावधानीपूर्वक विभिन्न निर्णय तथा कोभिडविरुद्धको तयारीका लागि काम थालेको छ । कोभिडविरुद्ध सार्क राष्टहरुको भिडियो कन्फेरेन्समा पनि यो ठूलो लडाई भएकोले नेपालले आफ्नो तयारी पूरा गरेको त्यतिबेलै प्रधानमन्त्रीले भनिसकेका थिए ।

त्यसमाथि लामो दूरीका सवारीको लागि दिइएको अन्तिम दिन भएको कारण पनि मानिसहरु निकै अप्ठेरो गरेर पनि आ आफ्ना थातथलो गएका छन् । त्यसबाहेक आईतबारको मन्त्रिपरिषद्को बैठकमा चीन र भारतका दुवै नाका बन्द गर्ने निर्णय गरेका कारण सिमावर्ती जिल्लाहरुमा आवतजावत ठप्पै छ । विभिन्न जिल्लाहरुले लकडाउन गर्ने निर्णय पनि गरिसकेका छन् ।
यसबाहेक

भिडभाड हुने ठाउँलाई कम गर्नु

पच्चीस जना भन्दा धेरै एकै ठाउँमा भेला हुन नपाइने

स्कुल, कलेज, विदा दिइ सबै पठनपाठन रोक्ने

डान्सबार, जीमखाना, जुम्बा, हेल्थक्लब, सिनेमा हल, थिएटर, म्युजियम, चिडियाघर बन्द

सबै राष्टिय अन्तर्राष्टिय कार्यक्रम बन्द

समारोह, भेला, भेटघाट, गोष्ठी, -याली नगरिने

मानिस धेरै भेला हुने स्थान बसपार्क, एयरपोर्ट, सार्वजनिक सवारीको भीड बन्द गर्ने

सुरक्षा निकायले पूर्वतयारी तथा डेमोसहितको पर्फमेन्स गरिने

विपद आइलागेको अवस्थामा गरिने कार्यक्रमको वा प्याकेजको तयारी

परिस्थिति हेरेर यो नीतिलाई कठोर वा फुकुवा गर्न सकिन्छ ।

कुनै क्षेत्रमा यदि संक्रमण देखिहाले त्यो क्षेत्र पूरै लकडाउन गर्न सकिनेछ ।

लकडाउनमा के के हुनेछन् ?
अन्तरदेशीय आपूर्ति व्यवस्था सुचारु रहनेछन्

आन्तरिक आपूर्ति व्यवस्था नियमित हुनेछन् । त्यसैले दर्जनौँ सिलिन्डर घरमा थुपारेर अरुको चुल्होसम्म बल्न नदिने अपराध जोकोहीले गर्नुहुँदैन ।

एम्बुलेन्स तयारी हुनेछन् ।

अस्पतालमा विशेष तयारी हुनेछ ।

अग्नी नियन्त्रक अलर्टमा बस्नेछन् ।

सुरक्षा निकाय तयारी अवस्थामा छन् ।

खानेपानी, फोहोर बिजुलीजस्ता आधारभूत आवश्यकता सहजै पूर्ति हुनेछन् ।

अत्यावश्यकीय वस्तु : नुन, तेल, चामल, ग्यास, इन्धन लगायत सरकारले तोकेको अति आवश्यक २९ वटा वस्तु तथा तिनीहरुको सेवामा कुनै कसर बाँकी नराख्ने गृह मन्त्रालयले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐनले प्रत्याभूत गरेका २९ वटा वस्तु तथा सेवा सुपथ मूल्यमा जनतालाई उपलब्धता गराउन सुनिश्चित गर्ने जनाएको छ ।

नआत्तिनुहोस् यी वस्तु तथा सेवा सहजै पाइनेछन् ।

खाद्य पदार्थ अन्तर्गत

चामल (मसिनो, मोटा)
मकै
चिउरा
गहुँ, मैदा र पिठो
दाल (रहर र मास)
नुन,
चिनी,
चिया
खाने तेल (तोरी, भटमास)
घ्यू (वनस्पतिसमेत)
दूध (बेबीफूड तथा पाउडरसमेत)
तरकारी (आलु, प्याज, गोलभेडा)
सबै प्रकारका मासु
फलफूल (मौसम, केरा, स्याउ, सुन्तला)
मसला (जिरा, मरिच, अदुवा, धनिया र खुर्सानी)
अन्य आवश्यकीय पदार्थ

औषधि
बाक्लो कपडा धोती साडी समेत
लुगा धुने र नुहाउने साबुन
मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत
रासायनिक मल
दाउरा तथा कोईला
निर्माण सामाग्रीतर्फ
सिमेन्ट
फलामे छड
कर्कटपाता
जिआई पाईप तथा पोलिथिन पाइप
ईट्टा
काठ
शैक्षिक सामग्रीतर्फ

लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम
न्यूज प्रिन्ट
सरकारले ह्याण्ड स्यानिटाइजर र मास्कलाई पनि यो सूचीमा राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि नभएका कारण नेपालले विदेशी मुलुकसँगको मानवीय सम्पर्क मात्रै तोडेको थियो । अब कोरोना संक्रमण रहेको पुष्टि भएका कारण नेपालकै विभिन्न क्षेत्रमा पनि साँघुरा लकडाउनहरु हुनसक्छन् । कुनै भेगलाई मात्रै लकडाउन गरिने अथवा एउटा गाउँ पनि लकडाउन हुनसक्छ । अहिले पहिलो चरणमा उपत्यका लगायतका सिमावर्ती शहरमा ‘लकडाउन’ गर्ने विकल्पबारे पनि छलफल भइरहेको छ।

पहिलो चरणको ‘लकडाउन’ पछि पनि अवस्था सामान्य नभए दोस्रो चरणमा ‘लकडाउन’ कडा हुने जानकारहरु बताउँछन् । तर यदि सरकारले अहिलेजस्तै प्रभावकारी काम गरेको खण्डमा यसको नतिजा राम्रो आउनेछ । जसरी चीन आज विस्तारै पहिलेको लयमा फर्कन थालेको छ । यो उसले लिएको नीति हो । तर यदि अवस्था भयावह भयो भने नागरिकलाई घरमै अनिवार्य रुपमा बस्न आदेश दिइनेछ। आदेश उल्लंघन गरे कारवाही गर्ने व्यवस्था हुनेछ। उदाहरणको लागि काठमाडौंलाई ‘लकडाउन’ गरियो भने यहाँ रहेका व्यक्ति अत्यावश्यक काममा अनुमति लिएर मात्रै यहाँबाट बाहिर जान पाउनेछन् । त्यो पनि संक्रमण नफैलिएको अवस्थामा । सोहीअनुरुप तपाई काठमाडौं आउन मिल्दैन । अर्को गाउँ वा शहरमा पनि यही प्रकृतिले काम गरिन्छ ।

छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाउने निर्णय गरिसकेको छ । नेपालले पनि कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि लकडाउन गर्न सक्छ । बुझिने भाषामा यो कठोर सुरक्षा हो । तर आफ्नो मुलुक लकडाउन गरेको अमेरिकाले जनतालाई विभिन्न प्याकेज घरघरमा पु-याएको छ । लकडाउनको अर्थ तपाईको सेवाको लागि सरकार नै छैन भन्ने होइन ।

नेपालमा के हुँदैछ ?

सिंगो विश्व आक्रान्त भएको वेला यो भयावह महामारीको डरबाट नेपाली पनि गुज्रिरहेका छन् । चैत्र ६ गतेबाट हुने भनिएको एसईई परीक्षा अन्तिम अवस्थामा आएर सरकारले स्थगित गर्ने निर्णय सुनाएपछि केही भइहाल्ने पो हो कि भनेर आम नागरिकले त्रासको नजरले हेरिरहेका थिए । नभन्दै आज एक जनामा पोजेटिभ देखिएपछि यो डर झनै बढेको हो ।

नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। करिब ५०० जनालाई क्वारेन्टाईनमा राखी चेकजाँचपछि कोरोना नभएको पुष्टि भएपछि घर फर्काइएको छ ।

देशका सबै प्रदेशमा आइसोलेसन वार्ड र कोरोनाको उपचारका लागि छुट्टै अस्पताल बनाइएको छ । विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रमक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासिल गर्न सकेको छैन । हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । केहि दिन अघि नै सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ ।

यसैबीच देशभरका मन्दिरहरुमा मानिसको चहलपहल नघटेको भन्दै समाचारहरु बाहिरिएपछि धेरै मठमन्दिर, शिवालय बन्द भएको छ । उता मनकामना केबलकार चैत मसान्तसम्म बन्द भएको छ । काठमाडौंको पशुपतिनाथ मन्दिर पनि बन्द छ । २५ जनाभन्दा बढी मलामी नजान अनुरोध गरिएको छ ।

उता चितवनमा पनि हाटबजारहरु, सिनेमा हललगायत अन्य जमघटस्थलहरु पनि अर्को सूचना जारी नभएसम्म बन्द गर्न प्रशासनले निर्देशन दिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण धेरै देशहरुले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै नेपाल सरकारले देश हालसम्म सुरक्षित रहेको र अब कोरोना भित्रन नदिन भन्दै कोरानाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध २० मार्च अर्थात् शुक्रवारबाट लागू हुनेछ र १५ अप्रिलसम्म कायम रहनेछ । बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अहिले नै सरकारले पूर्ण रुपमा ‘लकडाउन’ भनेको छैन तर यो प्रतिबन्धले ५५ प्रदेशबाट नेपाल आउन रोक्नेछ ।’

उपप्रधान तथा रक्षामन्त्री एवम् समितिका संयोजक ईश्वर पारेखलले आवश्यक पर्दा सरकारले लकडाउन पनि घोषणा गर्न सक्ने बताए ।

हिजोको बैठकले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेको छ । अत्यावश्यक काम वाहेक आवतजावत, हिँडडुल गर्न, सांस्कृतिक, सामाजिक र त्यस्तै कार्यहरूमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक, सामाजिक क्षेत्र, स्थलमा २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाएको हो ।

बैठकले एसईई पनि स्थगित गरेको छ भने चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ । निकै ढिलो गरी सावधानी अपनाएको आलोचना खेपेको नेपाल सरकारले अहिले निकै होसियारी अपनाउदै रणनीतिक ढंगले देश र नागरिकलाई कोरोनामुक्त बनाउन लागेको देखिन्छ ।

यस भाइरसको प्रकृति निकै संक्रामक भएका कारण हाच्छ्यु गर्दा, खोक्दा पनि सजिलै सर्छ । नागरिकको स्वास्थ्यउपचारमा खटिएका चिकित्सकलाई पनि संक्रमण भएको हुँदा निकै सावधानी अपनाउन जरुरी छ । सरकारले नागरिकलाई कामका वेला बाहेक भिडभाडमा नजान, घुमफिरको लागि यात्रा तय नगर्न तथा उपभोग्य वस्तुको खपत सन्तुलित गर्न भनिरहेको छ ।

वैज्ञानिकको दाबी

यतिबेला विश्व समुदाय कोरोनाको कारण आक्रान्त बनेको छ । विज्ञ तथा वैज्ञानिकहरुले त्यसको रोकथामको लागि पहल गरिरहेका छन् । अष्ट्रेलियामा पिटर डोहर्टी इन्टिच्युट फर इन्फेक्सन एण्ड इम्युनिटी अष्ट्रेलियाका शोधकर्ताले हालै कोरोना भाइरस र हाम्रो इम्युन सिस्टमबारे एक महत्वपूर्ण तथ्य पत्ता लागेको जनाएका छन् । जसका कारण अष्ट्रेलियाका वैज्ञानिकले पाएको सफलताले यो महामारीमा नयाँ आशा जगाएको जनाइएको छ ।

उक्त परिक्षणका लागि वैज्ञानिकले कोरोना संक्रमित ४० वर्षीया महिलाको रगत जाँच गरेका थिए र त्यसबाट हरेक मानिसको शरीरको प्रतिरक्षा प्रणालीले जसरी आमरुपमा फ्लुसँग लड्छ, त्यसैगरी कोभिड १९ विरुद्ध पनि लड्न सक्छ भन्ने पत्ता लागेको जनाइएको छ । त्यसैका आधारमा मानव शरीरको प्रतिरक्षा प्रणालीले कोरोना संक्रमणविरुद्ध कसरी काम गर्छ भन्ने कुरा पत्ता लागेको हो । साथै त्यसको सफल परीक्षणपछि निदानका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने अनुमान वैज्ञानिकको रहेको छ ।

डाक्टरहरुको निगरानी तथा उपचारका कारण कोरोनाबाट संक्रमित ती महिला अहिले स्वस्थ भइसकेको जनाइएको छ भने उक्त परीक्षणबाट कोरोनाको निदान गर्न सकिने दाबी वैज्ञानिकहरुको रहेको छ ।

दूतावासको आग्रह
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबु धाबीस्थित नेपाली दूतावासले कुनै पनि नेपालीलाई बिदा लिएर नेपाल नफर्कन आग्रह गरेको छ । दूतावासले सूचनामार्फत संयुक्त अरब इमिरेट्समा रहेका नेपालीहरुलाई आफूले काम गरिरहेको कम्पनीको भिसा रद्द गर्ने, आवास छोडने, विदा लिइ नेपाल जाने, आफ्ना परिवारका सदस्यहरूलाई यूएई ल्याउनेलगायतका कार्यहरू तत्काल बन्द गर्न आग्रह गरेको छ ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न युरोपका सबै मूलुकहरू, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुकहरू :  इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरूलाई २० मार्च २०२० को मध्यरातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका कैदी बन्दीको सङ्ख्या घटाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकले कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिएमा कारागारमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको सङ्ख्या घटाउन निर्देशन दिएको हो ।

गृहमन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोनाभाइरसको उच्च जोखिम रहेको निष्कर्ष निकाल्दै राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको थियो ।

कोरोनाको वस्तुस्थिति, पूर्वतयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको बैठकले उत्तरतर्फका नाकाभन्दा दक्षिणका नाकाबाट जोखिम बढेको निष्कर्ष निकालेको हो । भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्ने तर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने निष्कर्ष कार्यकारी समितिको बैठकको छ।

मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भीड हुने गरेको कुरा मध्यनजर गर्दै पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने र बसपार्क जस्ता धेरै भीड हुने ठाउँमा सतर्कता अपनाउने विषयमा पनि बैठकमा छलफल भएको थियो ।

यसैबीच ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिएको छ । नेपालको एक मात्रै चिडियाखाना शुक्रबारदेखि कार्यान्वयन हुने गरी चिडियाखाना प्रशासनले बिहीबार यो निर्णय गरेको हो। विद्यार्थीहरुको स्कुल विदा हुने भएका कारण यो महिनाभर आगन्तुकको संख्या बढ्ने भएकोले भिडभाड हुने र संक्रामक रोग फैलिने जोखिम भएकाले यस्तो निर्णय गरिएको हो ।

कोरोनाको कारण विश्व बजारमा यतिखेर ठूलो असर परेको छ । संक्रमणबाट थप जटिलता नआओस् भन्नका लागि निश्चित अवधिका लागि होटल, सिनेमाघर, अन्य सर्वसाधारणको भीड हुने ठाँउहरु बन्द भइरहेका छन् ।

यसैक्रममा नेपालमा पाँचतारे होटल हायत बन्द भएको छ । कोरोनाको त्रासले पर्यटक गतिविधि नै नगन्य भएपछि हायत होटलले ६ हप्ता बन्द गर्ने निर्णय गरेको सञ्चालकले जनाएको छ । होटल सञ्चाकका अनुसार आइतबारबाट होटल ह्यात ६ हप्तालाई बन्द गर्ने निर्णय भएको हो। साथै त्यो बेला बेलासम्म कोरोना भाइरस नियन्त्रणमा आएन भने अझै बढ्न सक्ने पनि महासंघले जनाएको छ । साथै होटलले बन्द अवधिभर आफ्ना कर्मचारीलाई १२ दशमलव ५ प्रतिशत तलब सुविधा दिने निर्णय समेत गरेको जनाएको छ ।

त्यस्तै पर्यटकको आगमनमा आएको कमीका कारण व्यवसायीहरु होटलहरु बन्द गर्न थालेका हुन् । यसै कोरोनाकै कारण नेपालका अन्य पाँचतारे होटल भिभान्ता, सोल्टी र समिट पनि बन्द गर्ने प्रक्रिया अघि बढेको छ । कोरोनाभाइसरको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृतिलाई स्थगित गरेको छ । श्रम स्वीकृति रोकेपछि धेरै रोजगारका लागि विदेश जान पाएनन् । तर, सरकार वैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । बिहिवार विशेष पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवम् अर्थमन्त्री तथा सञ्चरमन्त्री डा। युवराज खतिवडाले उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका हुन् ।

सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बालगृह र अनाथालयमा समेत पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीवारको बैठकमा सांसदहरुले बालगृह, अनाथालाय र कारागार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद सुवासचन्द्र नेम्वाङले बढी भीड हुने स्थानहरुमा बालगृह, अनाथालय र कारागार पनि रहेको भएपनि यसतर्फ कसैको ध्यान नगएको भन्दै सरकारले समयमै व्यवस्थापन गर्नका लागि समितिले निर्देशन दिनुपर्ने बताए । उनले ‘बालबालिका जम्मा भएका बालगृहहरु, अनाथालयहरु पनि अप्ठेरो अवस्थामा रहेको बताउँदै भने, हामीले यसबारेमा प्रष्ट एउटा छुट्टै बुँदा, यो कारागार, बालगृह र अनाथालय यिनीहरुको बारेमा सरकारले गर है आवश्यक कार्य भनेर भन्दिनु राम्रो हुन्छ ।’

नेपाल समुद्रपार निकासी पैठारी संघले अप्ठेरो बेला सरकारलाई सहयोग गर्ने तथा आपूर्ति चेन बिग्रन नदिने प्रतिबद्धता जनाएको छ । संघको एक प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीलाई भेटेर कोभिड–१९ ले सिर्जना गरेको अहिलेको अप्ठेरो अवस्थामा आपूर्ति चेन खल्बलिन नदिन तथा कालोबजारी र कृत्रिम अभाव रोक्न सरकारलाई सघाउने प्रतिबद्धता जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताएका हुन् । उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पष्ट पारे ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण खाद्य संकट नहुने भन्दै अत्यावश्यकीय वस्तुहरुको लागि नआत्तिन अनुरोध गरेका छन् । बिहीवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘कोरोनाका कारण अत्यावश्यकीय वस्तुहरुको अभाव हुन्छ भनेर नआत्तिनुस, ४ देखि ६ महिनासम्म पुग्ने खाद्यान्न मौज्दात छ ।’ साल्ट ट्रेडिङसँग अहिले ३ महिनालाई पुग्ने चिनी र १० महिनालाई पुग्ने नुन मौज्दात छ । व्यवसायीहरूसँग समेत चिनी र नुन मौज्दात छ । ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक–दुई दिनमै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा सहुलियत पसल खोल्छ ।’

खाना पकाउने ग्यास अभाव हुँदैन । विकल्पमा बिजुलीको प्रयोग गर्नुहोस् । पेट्रोलियम पदार्थको बिक्रीवितरण नियमित छ । आत्तिनुभएन । बजारमा ८ महिना पुग्ने औषधि छ । ‘मास्क र स्यानिटाइजर’को आपूर्ति कम र माग बढी हुँदा केही अभाव सिर्जना भएको मन्त्री ढकालले बताए ।

छिमेकी मुलुक चीनको वुहान सहरबाट अंग्रेजी वर्षको डिसेम्बर अन्तिम सातादेखि शुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व त्रसित बनेको छ ।

विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरेको छ । आक्रामक रुपमा फैलिएको यो भाइरसको विरुद्धको औषधी खोजी गरिरहेको भएतापनि सफलता हासिल गर्न सकेको छैन । हालसम्म नेपालमा यो संक्रमण आइसकेको छैन । तर हिजोबाट सरकारले करिब सबै सार्वजनिक स्थल ‘लकडाउन’ गर्न निर्देशन दिएको छ ।

यसैबीच सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले आपूर्ति व्यवस्थापन, तथा व्यवसायीलाई परेको अप्ठेरो हेरेर अर्थमन्त्रालयले काम गर्ने बताएका छन् । सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले यो भाइरसका कारण परेको अप्ठेरो समाधानका लागि होटल व्यवसायीलाई ऋण तथा अन्य वित्तीय समस्या समाधान गर्न सरकारले गृहकार्य गरिरहेको बताए ।

सरकारले कोरोना भाइरस रोकथामका लागि १ महिनादेखि पूर्वतयारी गरेकोले हवाई तथा स्थल मार्गमा सावधानी अपनाइएको बताए । उनले भने, ‘१ सय ४१ सिमा स्थलमार्गमा सवाधानी अपनाइएको छ। यसका साथै आइसियु बेड, स्वास्थ्यकर्मीलाई चाहिने उपकरण, औषधी, क्वारेन्टाइन, आइसोलेशन वार्डको व्यवस्था गरिएको छ । कोरोना रोकथामका लागि निजी स्वास्थ्य संस्था, सुरक्षाकर्मीलाई आग्रह गरिएको छ ।’

नागरिक सुरक्षाका लागि वैदेशिक रोजगारी तत्काल रोकिएको बताउँदै उनले भने विदेशबाट नेपाल फर्किनेलाई पनि रोकिएको छ ।

छिमेकी देशले उपकरण तथा प्राविधिक सहयोग गर्ने बताएको उल्लेख गर्दै उनले कालोबजारी गर्नेलाई समातिरहेको बताए । अहिले बजारमा मास्क स्यानिटाइजर, ग्यास अभाव सिर्जना गरिएको छ ।

कोरोनाबाट सबैभन्दा छिटो पर्यटन व्यवसाय, हवाई क्षेत्र, होटल, ह्यान्डीक्राफ्ट व्यवसाय प्रभावित भएको र छिट्टै आफ्नै लयमा फर्कने उनको भनाइ छ । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटनको ३ प्रतिशत योगदान रहेकोले फ्रेबूअरी र मार्चमा भएको पर्यटनको क्षतिलाई अफसिजनमा छिमेकी देशबाट पर्यटक ल्याएर पूर्ति गर्न सकिने उनको भनाइ छ ।

विदेश जान रोकिएकालाई प्रधानमन्त्री रोजगारी कार्यक्रममा सुचिकृत हुन उनले आग्रह गरे । उनले थपे, सानो ठूलो वा टेबुल वर्क गर्छु भनेर मात्रै भएन ।

रेमिट्यान्स कम भएपनि अहिलेको स्थितिमा समस्या नपर्ने उनी बताउँछन् । आर्थिक क्षेत्रमा प्रतिकूल अवस्था परिसकेको छैन ।

रसुवागढी नाकामा १४ दिनभन्दा बढी समय होल्डमा बसेका कन्टेनर छुटाउनेबारे छलफल भइरहेको छ ।

केही विकासका आयोजनामा चिनियाँ कामदार स्वदेशमा रोकिएका कारण केही समयपछि फर्कने र आयोजनाको काम अघि बढ्ने उनको विश्वास छ ।

के पैसाको लेनदेन गर्दा पनि सर्न सक्छ कोरोना ? जान्नैपर्ने कुरा

कोरोना भाइरसको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ । कोरोनाका कारण अहिलेसम्म सारा विश्वमा १४ हजार ७ सय ४८ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ४१ हजार ५ सय ६१ मा कोरोना भाइरसको संक्रमण देखा परेको छ ।

अहिले सम्म विश्वका १९२ देशमा कोरोना संक्रमित व्यक्ति पाइएका छन् ।

यसैबीच नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित दोश्रो व्यक्ति फेला परेका छन् ।

फ्रान्सबाट कतार हुँदै नेपाल प्रवेश गरेकी एक १९ वर्षीय युवतीमा कोरोनाको संक्रमण फेला परेको हो।

यस अगाडि पनि एक जना नेपालीमा कोरोना संक्रमण पोजेटिभ देखिएकोमा उनी उपचारपछि घर फर्किएका थिए । कोरोनाबाट बच्नको लागि लकडाउनले मात्रै नहुने डब्ल्युएचओले बताइसकेको छ ।

त्यसैले अब लक डाउन भएको सिटी वा जिल्लामा बस्नु मात्र कोरोनाबाट बच्नु वा सुरक्षित हुनु होइन । सावधान ! तपाईले छोएको वा आर्थिक कारोवारमा प्रयोग गरेको कागजी नोट वा सिक्का पैसामा पनि भाइरस हुन सक्दछ । यस अगाडि नै धेरै प्रयोगमा आउने भएकोले यस्ता नोट वा सिक्कामा भाइरस अर्थात ‘जम्स’ हरु रहने चिकित्सकहरुले बताइसकेका छन् ।

कोरोना संक्रमित व्यक्तिले छोएको नोट/ पैसाबाट पनि तपाईलाई कोरोना संक्रमण हुन सक्ने भएकोले होशियारी हुन वा यसको विकल्प खोज्न चिकित्सकले सुझाएका छन् । त्यसैले आम मानिसहरुले ‘क्यास’ को ठाउँमा ‘डिजिटल पेमेन्ट’ गर्न आवश्यक छ ।

क्यासको आदानप्रदानमा पूर्णतया सतर्क रह्यो भने मात्र हामी कोरोनाबाट बच्न सकिनेछ । किनभने क्यास लिनको लागि तपाईले एटीएममा जानुपर्ने हुन्छ ।

त्यहाँ जाँदा दोश्रो व्यक्ति पनि रुपैयाँ लिन गएको हुन्छ नै । त्यस्तो बेलामा यदि कोहि पनि व्यक्ति संक्रमित भएको रहेछ भने तपाईलाई पनि त्यहिबाट संक्रमण हुन सक्दछ ।

त्यसको साथै अर्काे व्यक्तिबाट नोट लिँदा पनि खतरा त्यत्तिकै सम्भावना रहन्छ । किनभने अर्काे व्यक्तिले पैसा दिँदा उसको हातमा भएका वा श्वासप्रश्वास लिँदा हावामा फैलिएका जीवाणु वा खोक्दा उछिटिएका थुकका थोपाहरुबाट दोश्रो व्यक्तिलाई सर्दछ । तर जीवाणु सहजै आँखाले नदेखिने भएकोले हामी हाम्रो आफ्नै काममा ध्यान दिन्छौँ तर यतिबेलासम्म सुक्ष्म दर्शक यन्त्रको सहायताले मात्र हेर्न मिल्ने आकारका स-साना जीवाणु दोश्रो व्यक्तिको शरीरमा प्रवेश गरिसकेको हुन्छ । स्मरण होस्, यो जीवाणु बिरुद्धको औषधी अहिलेसम्म पत्ता लाग्न वा बन्न सकेको छैन । यद्यपी विश्वका विकसित मुलुकहरुले दिन रात खटेर भ्याक्सिन पत्ता लगाउने कोशिस गरिरहेका छन् । हामी अनभिज्ञ हुन्छौँ ।

त्यसैले नोट/पैसाबाट पनि कोरोना सर्न सक्ने खतरा हुन्छ ।

हुने भएकोले सचेत रहन जरुरी छ । त्यसमाथि एटीएम मेसिनका बटनहरु धेरै मानिसहरुको प्रयोगमा आउने भएकोले यस्ता उपकरण प्रयोग पछि साबुन पानीले हात धुने र सानो आकारको स्यानिटाइजर आफूसँगै राखी बेला बेलामा प्रयोग गरिरहनु पर्दछ । एटीएमको बटन थिचेपछि वा पैसा चलाएपछि हात नधोईकन आफ्नो हात अनुहारमा चलाउने, हातले नाक मुखमा छुनेजस्ता क्रियाकलाप गर्नु हुँदैन ।

डब्ल्युएचओ ‘WHO’ को दाबी

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले लक डाउनले मात्र कोरोना भाइरसबाट बच्न नसकिने दाबी गरेको छ ।

भाइरसबाट बच्नको लागि संक्रमणलाई नियन्त्रण गर्नुपर्ने भन्दै डब्ल्युएचओले लकडाउनले मात्रै कोरोनाबाट बच्न नसकिने दाबी गरेको हो ।

संगठनका आपत्कालीन विशेषज्ञ माइका रायनले अहिले संक्रमितहरुको बारेमा ध्यान दिनुपर्ने बताएका छन् ।

संक्रमितहरुलाई आइसोलेसनमा राखेर उनीहरुको उपचारमा केन्द्रित हुनुपर्ने भन्दै उनले संक्रमितहरुका परिवारलार्ई पनि तत्काल परिक्षण गर्नुपर्ने बताएका छन् ।

यदि हामीले यसरी यस किसिमका नियमहरुको पालना नगर्ने हो भने, लकडाउन गरे पनि खतरा भने नहराउने उनले बताए ।

माइकले भने, लकडाउन वा अन्य कुराहरुको बन्देज खुलाइयो भने झनै रोग फैलिने बफैलिन सक्दछ । माइक रायनले यसका लागि चीन, सिंगापुर र साउथ कोरियाको उदाहरण दिएका छन् ।

उनले भने, यि देशहरुले सबै मानिसहरुको स्वास्थ्य परिक्षण गरेको र संक्रमणको समिक्षा गरेको थियो र बच्न सफल भएका छन् ।

अहिलेसम्म बिभिन्न देशले भाइरसको औषधी बनाउन लागि परे पनि अमेरिकाले मात्र अहिलेसम्ममा परिक्षण गरेको बताएका छन् ।

ब्रिटेनमा यस बारेमा काम जारी रहेको र यो काम पुरा हुन वर्षदिन लाग्न पनि सक्ने र भाइरसबाट बच्नको लागि आफैले सतर्कता अपनाउनु पर्ने उनले बताएका छन् ।

यद्यपी नेपालमा पुरै लक डाउन गरिसकिएको छैन । किनभने, यो समाचार तयार पार्दा सम्म कैलाली, कञ्चनपुर र अर्घाखाँची जिल्लामा लकडाउन गरिएको छ ।

भारत र चीन तर्फका सबै नाका भने नेपाल सरकारले लक डाउन गरिसकेको छ । सरकारले सूचना जारी गर्दा गर्दै पनि क्वारेन्टाइनमा नबस्ने, स्वास्थ्य परिक्षण नै नगर्ने, उपचाररत नै अस्पतालबाट भाग्ने, अटेर गरी भेला हुने, हिँडडुल गर्ने, मास्क तथा स्यानिटाइजरको प्रयोग नै नगर्ने जस्ता क्रियाकलाप गरिरहेका छन् । तर नबिर्साैँ यो ख्याल ठट्टाको विषय हुँदै होइन ।

कोरोनाभाइरसको आयु : कुन सामानमा कति समय बाँच्छ ? 

विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ । संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन् । यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाइ उभिने र कार्यालयमा बिहान आफ्नो टेबुल सफा गर्ने आदि छन्।

कोरोनाभाइरसको सङ्क्रमण धेरै भएका स्थानमा शरीर छोप्ने कपडा लगाएका मानिसले खेलस्थल र सडकहरूमा भाइरस मार्ने औषधि छर्किरहेको देख्न सकिन्छ।

कार्यालय, अस्पताल, पसल र भोजनालयहरूमा सफा गर्ने क्रम बढेको छ।

श्वासप्रश्वाससम्बन्धी अन्य रोगमा जस्तै कोभिड-१९ पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्न सक्छ। मानिसले एकपटक खोक्दा लगभग ३,००० थोपा निस्कन्छ।

यी थोपाहरू अन्य मानिस वा लुगा वा वरपरका सतहरूमा अड्कन सक्छन् र केही साना थोपा हावामै रहन पनि सक्छन्।

मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ।

अमेरिकाको सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ट प्रीभेन्सन सीडीसीले ‘भाइरस सर्ने प्रमुख माध्यम भाइरस भएको सतह हातले छुने र त्यसपछि त्यो हातले अनुहार छुने कार्य नभएको’ बताएको छ।

सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले हात धोइरहनु र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्नु कोभिड१९ बाट बच्नका लागि आवश्यक भएको बताएका छन्।

तर कोभिड १९ लगाउने SARS-CoV-2 भाइरस मानव शरीर बाहिर कति बाँच्न सक्छ भन्ने कुरा स्पस्ट भएको छैन ।

अन्य कोरोनाभाइरस माथि गरिएको अध्ययनहरूले ती भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखाएको छ। जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्छन्।

हावामा ३ घन्टा, कागजमा २४ घन्टा र प्लास्टिक स्टिलमा २-३ दिन बाँच्ने

यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा SARS-CoV-2  कति बाँच्न सक्छ भन्ने अध्ययन गरेको छ।
न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित उनीहरूको अध्ययनको निष्कर्षमा वायुमा ती भाइरस खोकीका थोपामा तीन घण्टासम्म जीवित रहने देखिएको छ।

तर सो अध्ययनले SARS-CoV-2 भाइरस कागतमा २४ घण्टासम्म एवम् प्लास्टिक र स्टीलको सतहमा २ ३ दिनसम्म जीवित रहने देखाएको छ।

यसको अर्थ यो भाइरस ढोकाका चुकुल र ह्यान्डल, ल्यामिनेट गरिएका टेबुल वा कम्प्युटर कीबोर्डहरूमा लामो समय जीवित रहन सक्छ।

तामामा ४ घन्टासम्ममात्र बाँच्ने

अध्ययनकर्ताका अनुसार तामाको सतहमा भने ती भाइरस ४ घण्टा मात्रै बाँच्न सक्ने देखिएको छ।

तर सजिलै उपलब्ध हुने डीस्इन्फेकटरहरूबाट यसलाई छिटै मार्न सकिन्छ। यसका लागि ६२.७१ प्रतिशत अल्कोहल वा ०.५ प्रतिशत हाइड्रोजन प्रेरोक्साइड वा ०.१ प्रतिशत सोडियम हाइपोक्लोराइट भएको सरसफाई उत्पादन प्रयोग गर्न सकिन्छ।

बढी तापक्रम भएको स्थानमा कोरोनाभाइरस धेरै बाँच्न नसक्न बताइएको छ।

कोरोनाभाइरसको सम्बन्धमा प्रत्येक खोकीको थोपामा कतिवटा भाइरस हुन्छ भन्ने अध्ययन नभए पनि रुघाखोकीको भाइरस भने प्रत्येक थोपामा दशौँ हजारको सङ्ख्यामा हुन्छ।

लुगामा कति समय नयाँ कोरोनाभाइरस जीवित रहन्छ भन्ने स्पष्ट छैन।

यति भयानक विश्वब्यापी महामारी र त्यसको सन्त्रासबारे बुढाबुढी नै भन्छन्, यति ठूलो कोलाहल आजसम्म सुनिएको थिएन । संकटको कारक कतै देखिँदैन, तर सारा पृथ्वीवासीलाई ज्ञात छ यसले नरसंहारद्वारा आफ्नो अस्तित्व देखाईरहेको छ । विश्वका अन्य जनताजस्तै नेपालीहरू संघारमै आएको कोरोना महामारीको सन्त्रासबाट औडाहाग्रस्त छन् । भोली महामारी फैलियो भने झन् कुन परिस्थिति आउला १ प्रतिव्यक्ति आयमा नेपालभन्दा ३४ गुणा धनी ईटलीजस्तो युरोपको विकसित मुलुकमा आज यो महामारी काबुभन्दा बाहिर गएर भगवान भरोसामा पुगेको छ भने भोली नेपालमा फैलिनसक्ने कोरोनाले कसलाई बाँकी राख्ला ? रोग र महामारीले ठूलोठालु, मन्त्री वा नेता, ज्ञानीगुनी वा मूर्ख भन्दैन ।

संकट र खतरा सबैका निम्ति समान रुपमा आईलागेको यस्तो बेलामा सरकारको व्यवस्थापन, संयोजन र कार्यसम्पादनको त परीक्षा हो नै । पचास हजारभन्दा बढीको संख्यामा रहेका राष्ट्रिय-अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आई एन्जीओ) हरू, शिक्षण संस्थाहरू र अन्य कल्याणकारी संस्थाहरूले पनि उचित भूमिका देखाउने परीक्षाको बेला हो ।

यीमध्ये नौसयभन्दा बढी (करिब एकहजार) गैरसरकारी संस्थाहरू स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी दर्ता भएका छन् । जीवन–मरणको यस्तो घडीमा ती गैरसरकारी संस्थाहरूको आवश्यकता र औचित्य देखिनुपर्ने हो ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने भनी दर्ता भएका यी गैरसरकारी संस्थाहरू कुन हालतमा छन्, के गर्दैछन् वा चलेका छन् कि छैनन्, सरकारले यसबारे विस्तृत जानकारी लिएर तिनको अनिवार्य परिचालनका लागि कदम चलाउनुपर्छ । अन्तर्राष्ट्रिय स्तरको संकटबाट ग्रसित देशले उनीहरूको योगदान र भूमिका पाउँदैन भने अघि–पछिको परिस्थितिमा यिनीहरूको आवश्यकता र औचित्य नै के रहने हो ?

भूमिका

नेपालमा वस्तु उत्पादक उद्योगहरू करीब आठ हजारको संख्यामा चालु अवस्थामा छन्, २० हजारभन्दा बढी अस्पताल, होटेल, पर्यटन व्यवसायलगायतका सेबा उद्योगहरू सञ्चालित छन् । व्यक्तिको अधीनमा चलिरहेका अन्य तीसौँ हजारको संख्यामा ब्यापार–व्यवसाय सञ्चालित छन् । अब यी सबै संस्थापनाहरूको एकीकृत समाधानमूलक भूमिका यो महासंकटले खोजेको छ । नेपालजस्तो गरीब मुलुकमा सरकारमात्र होइन, निजी क्षेत्रका यस्ता सबै संस्थाहरू आ–आफ्नो भूमिका देखाउन अग्रसर हुनुपर्छ ।

कतिपय उद्योगी–ब्यापारीहरूले सरकारबाट सहुलियत र राहतको घोषणा माग गरेको समाचार आयो । असीमित आवश्यकता र त्योभन्दा ब्यापक आकांक्षाकाबीच सीमित साधन सबैतिर पु¥याउनु पर्ने सरकारले कसका आवश्यकतालाई प्राथमिकता दिनुपर्ने हो रु सरकारको क्षमताले माग पूरा गर्न सक्दैन, आवश्यकता पनि प्राथमिकताका आधारमा पूरा गर्नुपर्ने हुन्छ भने अहिलेको प्राथमिकता–१ मा भएको आवश्यकता के हो भन्ने सवालको जवाफ जगजाहेर छ ।

यो बेलामा पनि जम्मै काम छोडी उद्योगी र ब्यापारीलाई राहत र सहुलियत पुर्र्याउन पुग्ने कुन सरकार पागल होला १ त्यसैले उद्योगी–व्यापारीहरूले सरकारलाई राहत र सहुलियतका लागि दङ्ग्याउने जनविरोधी क्रियाकलाप र आवाज बन्द गरुन् । चिनी उद्योगीहरूले उखू किसानलाई ५ वर्षदेखिको रकम चुक्त्ता अझै गरिसकेका छैनन् ।

धेरैजसो उद्योगी–व्यापारीहरूले सरकार वा सरकारी निकायलाई बुझाउनुपर्ने कर वा अन्य महसुल बुझाएका छैनन् । संकटको यस्तो अवस्थामा उनीहरूले सरकारको कर तथा महसुल र जनतालाई बुझाउनुपर्ने ऋण चुक्ता गरिदिए पनि संकटमा साथ दिएको अर्थमा बुझ्न सकिन्छ ।

ऐक्यबद्धता

अहिले व्यवसायको चिन्ता होइन, जनस्वास्थ्य र जनजीवनको चिन्ता र निर्णय गर्ने बेला हो । संकट भनेको अधिकारको होइन कर्तब्यको खोजी गर्ने बेला हो । सरकारले मात्र होइन सबैले आ–आफ्ना स्थानबाट मुलुकलाई संकटमुक्त बनाउनु आजको अनिवार्यता हो । संकटको बेलामा समाधानको पहिलो र अनिवार्य प्राथमिकता एवं कर्तब्य नै सरकारले नागरिकहरूको ज्यान–धनको सुरक्षा एवं जनस्वास्थ्यको संरक्षण गर्ने दायित्व हो । वर्तमान संकटको समाधान गर्ने राष्ट्रको सर्बोच्च आधिकारिक संस्था प्रधानमन्त्री के।पी। शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद नै हो । कार्यकारी गतिविधिको दृष्टिले अन्य सबै अधिकारी र संस्था प्रधानमन्त्री र उनको क्याबिनेट पछिका हुन् । संकटकालीन परिस्थितिमा जनताको जीवन र भविष्य सुरक्षित राख्ने कर्तब्य र उत्तरदायित्व नै सरकार हुनुको औचित्य हो ।

अहिले कुन पार्टीको वा कुन सिद्धान्तको वा कस्तो रंगको सरकार छ भन्ने सवालको कुनै अर्थ र महत्व छैन । संकट निवारण र जनताको सर्वोत्तम भलाईका लागि सरकारले के ग¥यो वा गर्दैछ, यो नै अहिलेको नागरिक सरोकार हो । त्यसकारण सरकारको विरोध, ऊ प्रतिको पूर्वाग्रह र असहयोग जनताबिरूद्धको षड्यन्त्रको अर्थमा बुझ्नुपर्छ । त्यसैले वर्तमान परिस्थितिमा सरकारको विरोध र असहयोग गरेर सामुन्ने पहाडजस्तो भएर उभिएको संकट तह लगाउन सकिन्न । त्यसैले सरकारको विरोध अहिलेको जनमुखी कार्य होइन । सरकारको विरोध गर्ने, फाल्ने वा माईनस गर्ने अवसर त संकट मुक्त भएको सामान्य अवस्थामा हो । यो बेला सरकारले निर्विरोध काम गर्न पाउनुपर्छ ।

कोरोना भाईरसको महामारी लरतरो छैन । चीनजस्तो मुलुकलाई यसले हायलकायल बनायो । ईटलीलाई आज आच्छुआच्छु परिरहेको छ । इटलीमा यसैबाट मानिसको मृत्यु भएको संख्याले चीनलाई उछिनिसकेको तथ्याङ्कले संकटको गाम्भीर्य आँक्न सकिन्छ । त्यस्तै हालत फ्रान्स, स्पेन र ईरान पनि भोगिरहेका छन् । अमेरिकाजस्तो महाशक्ति राष्ट्रलाई यसले तवाह मच्चाउन थालेको छ भने बुझौँ यो महामारी नेपालमा पस्यो भने के हालत होला १ महामारीले कसैलाई माया गर्दैन ।

अब गर्ने ? 
आर्थिक गतिविधि शिथिल होलान्, होउन् । जनताको ज्यान रहे आर्थिक गतिविधि फेरि सुचारु गर्न सकिन्छ । विकास गतिविधि रोकिएला, रोकियोस् । जनताको जीवन र स्वास्थ्य रहे नै विकासका गतिविधि हुनुपर्ने हो । त्यसैले सर्बप्रथम जतिसुकै खर्च लागे पनि सरकारले कोरोना भाईरसको महामारीबाट जनतालाई पूर्ण मुक्त गर्ने सम्पूर्ण कदम, बजेट, अर्धसरकारी साधन वा शक्ति, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नुपर्छ ।

जनतालाई सशक्तीकरण गर्नको लागि जतिसुकै खर्च लागे पनि सरकार ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।

१. कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयाग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।

२. राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।

३. घरबाट बाहिर निस्किँदा ‘एन-९५’ वा सर्जिकल मास्कको प्रयोग गरौँ ।

४. बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु सब्जीहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।

५. इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।

६. आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।

७. यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझाव लिने गरौँ ।

८. डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।

कोरोना भाइरस : १० झुट र त्यसको सत्य

संसारका १९२ देशहरुमा कोरोना भाइरसको महामारी फैलिइसकेको छ । एक पछि अर्को देशमा गर्दै कोरोनाको प्रकोप झनै बढेको छ ।

तर कोरोनाको बारेमा बिभिन्न अफवाह फैलाइएको पनि छ, जसबाट आम मानिसहरु डरले काँपी रहेका छन् । तर आज हामी तपाईलाई कोरोनाको बारेमा १० झुट र त्यसको सत्य कुराको बारेमा जानकारी दिनेछौँ ।

१. के कोरोना भाइरस जाडोका कारण फैलिन्छ ?

कोरोना भाइरस जाडोका कारण नफैलिने युनिभर्सिटी अफ हङकङ्गले एक रिसर्चबाट पत्ता लगाएको छ । रिसर्चमा सामान्य फ्लुबाट पीडित व्यक्तिबाट ३ जनासम्म भाइरस फैलिन सक्दछ ।

तर कोरोनाबाट संक्रमित व्यक्तिले भने अत्याधिक मानिसहरुलाई संक्रमण सर्ने हुन्छ । फ्लुको उपचार छ तर कोरोनाको कुनै पनि एक्सनको अनुसन्धान हुन अहिलेसम्म सकेको छैन ।

२. के संक्रमण हुनुको मतलव मृत्यु हो ? 

कोरोनाको संक्रमण हुनु नै मृत्यु हुनु भन्ने होइन, विशेषज्ञहरुका अनुसार कोरोनाको संक्रमणबाट मृत्यु हुने खतरा लगभग २० प्रतिशत मात्र हुन्छ ।

३. के पालेका जनावरहरुबाट कोरोनाको खतरा छ ? 

अहिलेसम्म कुनै रिसर्चमा कुनै पनि पालिएको जनावरहरुबाट कोरोनाको संक्रमण सर्न सक्दछ भन्ने कुराको पुष्टि भईसकेको छैन ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म यस्ता केहि पनि मामला आएका छैनन् । तर जनावरहरुलाई छोएपछि भने साबुन पानीले हात धुन आवश्यक छ ।

४. के कोरोनाको औषधी आइसकेको हो ?

केरोना भाइरसका लागि अहिलेसम्म कुनैपनि औषधी बनिसकेको छैन ।

संसारभरका वैज्ञानिकहरु कोरोना नष्ट गर्ने औषधीकै खोजीमा छन् । तर चीनले भने भाइरस नष्ट गर्ने औषधीको पत्ता लगाईसकेको दाबी गरेको छ ।

५. के बच्चाहरुमा कोरोनाको खतरा हुँदैन ?

कोरोना भाइरसले बच्चाहरुमा केहि असर गर्दैन भन्ने कुरा गलत हो । तर कोरोनाका धेरैजसो घटनाहरु अहिलेसम्म वयस्क र वृद्धहरुमा मात्र धेरुै देखिएको छ ।

चाइना सीडीसी विक्लीमा प्रकाशित एक रिसर्चका अनुसार १० देखि १९ वर्षका व्यक्तिहरुमा जम्मा १ प्रतिशत व्यक्तिहरुलाई मात्र कोरोनाको संक्रमण देखिएको छ ।

१० देखि कम उमेरका बच्चाहरुलाई १ प्रतिशत भन्दा कम देखिएको पाइएको छ ।

६.  के धेरै तापक्रममा कोरोना नष्ट हुन्छ?

अहिलेसम्म यस कुराको कुनै पुष्टि भई सकेको छैन । तर धेरै तापक्रममा भाइरस एक दोश्रोमा फैलिने भन्ने खतरा कम हुन्छ । किनभने सबै भाइरस गर्मीदेखि धेरै टाढा रहन्छन् ।

७. के तातो पानीले नुहाउँदा संक्रमणको खतरा कम हुन्छ ?

यो तथ्य भने एकदमै गलत रहेको एक अध्ययनको निस्कर्ष छ । तर पटक पटक साबुन पानीले हात धुँदा भने कोरोनाको खतरा कम हुन सक्दछ ।

८. के इम्युनिटी बढाउने औषधीले कोरोनाबाट बच्न सकिन्छ ?

औषधी चाहे एलोप्याथिक हो वा फेरी आयुर्वेदिक यसले इम्युनिटीलाई बढाउन सक्दछ तर यसले नै कोरोना भाइरसबाट बचाउन सक्ने भनेर कुनै अध्ययनले पत्ता लगाएको भने छैन ।

९. के नाकमा ब्लीच लगाउँदा कोरोनाबाट मुक्ति मिल्दछ ?

ब्लीच वा क्लोरिन जस्ता किटाणुनाशक सेल्वन्ट्स जसमा ७५ प्रतिशत इथेनल, प्यारासिटिक एसिड र क्लोरोफर्म हुन्छ ।

वास्तवमा कोरोना भाइरसलाई सतहमा नष्ट गर्न सकन्छ, तर सत्य यो हो कि यस्तो किटनाशक छालामा लगाउँदा केहि फाइदा हुँदैन र शरीरका लागि यस्तो रसायन हानीकारक हुन सक्दछ ।

१०. हरेकलाई ‘एन- ९५’ मास्क नै आवश्यक / जरुरी छ त ? 

हेल्थ केयर वर्कर, जो कोरोना संक्रमितका साथ काम गर्दछन्, उनीहरुलाई मात्र एन ९५ मास्क लगाउनु आवश्यक छ ।

आम मानिसहरु, जसलाई कोरोनाको केहि लक्षण छैन, उनीहरुलाई कुनै पनि मास्कको आवश्यकता पर्दैन । तर यदि तपाई सार्वजनिक ठाउँमा जानुहुँदैछ भने साधारण मास्क लगाउनु आवश्यक हुन्छ ।

कोरोनाको भय :  नआत्तिनुहोस्, तर सावधानी अपनाउनुहोस् (डाक्टरका टिप्ससहित)

आजभोलि सार्वजनिक सवारी साधनमा हिँडडुल गर्दैगर्दा कसैले खोक्यो वा हाँछ्यू ग-यो भने सबैका शंकास्पद नजर उहीतिर हेर्छन् । साथीहरुसँग बसिरहेको वेला त अझ टाउको दुख्यो वा सास फेर्न गाह्रो भएजस्तो भयो भन्नै नहुने । सबैले एउटै प्रतिक्रिया दिन्छन्, ‘कोरोना लाग्यो कि क्या हो ?’

भलै यस्ता अभिव्यक्ति ख्यालठट्टामै दिइएका हुन् तर, आजभोलि कोरोनाको आतंकले मानिसको मानसपटलमा नराम्रोसँग प्रभाव पारेको प्रष्टै हुन्छ ।
अझै सामाजिक सञ्जालपनि कोरोनाका सनसनीपूर्ण खबरले भरिएका छन् ।

नेपाल झन् कोरोनाको ‘मानसिक साइड इफेक्ट’बाट ग्रसित भएको छ ।

बाहिर निस्किँदा मास्क प्रयोग गर्ने जमात पहिलेभन्दा बढ्नु, बजारमा मास्क तथा ह्याण्ड स्यानिटाइजरहरुको अभाव हुनु आदिले यही संकेत गर्दछ ।

सरकारले महामारी स्थितिबारे जानकारी गराउँदै नागरिकलाई सचेत हुन आग्रह गर्दै सेमी लकडाउनको अभ्यास गरेपछि काठमाडौं दशैँ तिहार जस्तै खाली भईसकेको छ । मानिसहरुले जागिर र पढाईमा छुट्टि लिएर गाउँ गएका छन् । आज कोरोना भाइरस पोजेटिभ देखिएपछि मानिसहरुमा सन्त्रास फैलिएको छ ।

कोरोना भाइरस, नेपालमा यसको संक्रमणको सम्भाव्यता र त्यसको परिणाम लगायत विषयमा लोकपथ डट कमले विभिन्न चिकित्सकहरुसँग कुराकानी पनि गरेको थियो । यही दौरान ग्रान्डी अस्पतालमा कार्यरत संक्रामक रोग तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारी भन्छन्, ‘हामी जति आत्तिएका छौं त्यति आत्तिनु पर्दैन तर, सतर्क चाहिँ रहनुपर्छ ।’

सतर्क कसरी रहने भन्ने प्रश्नमा उनी भन्छन् :

मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्छ । र, अर्को अत्यन्तै महत्वपूर्ण कुरा जसलाई नजरअन्दाज पनि गरिन्छ त्यो हो, हातको सरसफाइ । मास्क भन्दा बढी हातको सरसफाइमा ध्यान दिनुपर्छ । हातको सरसफाइका विषयमा हामी त्यति ध्यान दिँदैनौं । हेर्दा सफैजस्तो लाग्छ अनि हामी हात नै धुँदैनौं । तर, हाम्रो शरीरमा संक्रमण हुने अधिकांश भाइरस प्राय हातकै माध्यमबाट हाम्रो खाना तथा नाक, आँखा हुँदै हाम्रो शरीरमा प्रवेश गर्छन् ।

हातको सरसफाइ कसरी गर्ने त ?

घरमै हुँदा पनि अरुले प्रयोग गरेको सामानहरु छोएपछि, खाना खानुअघि र पछि राम्ररी साबुन पानी वा ह्याण्ड वासले हात धुने ।

सार्वजनिक स्थलमा कम जाने । भीडभाडमा कम उपस्थित हुने । सकेसम्म धेरैजनाको भेला, सभा समारोहमा नजाने । यदि गइयो भनेपनि ह्याण्ड स्यानिटाइजर आफैसँग बोक्ने वा ७० प्रतिशत इथाइल अल्कोहल भएको एन्टिसेप्टिकले हात सफा गरिरहने ।

त्यस्ता ठाउँबाट फर्किएपछि राम्ररी हातखुट्टा, मुख धोएर, कपडा फेरेर मात्रै खानेकुरा खाने वा हातलाई मुख, आँखा, नाकतिर लग्ने । किनभने कहिलेकाहीँ भाइरस हाम्रो कपडामै पनि अड्किएर रहेको हुनसक्छ । यस्तो अवस्थामा कपडाबाट हाम्रो हातमा र हातबाट नाक, आँखा, मुख हुँदै भित्र जाने सम्भावना हुन्छ । तर, छालाबाट पनि कोरोना भाइरस छिर्छ भन्ने भनाइ चाहिँ अफवाह नै हो ।

तस्वीर गूगल

मास्कको प्रयोगका बारेमा चाहिँ के भन्नुहुन्छ ?  हाम्रो बजारमा पाइने मास्क कतिको प्रभावकारी छन् ? 

मास्क अनिवार्य हो । फेरि मास्क पनि सामान्य कपडाको मास्क वा बजारतिर बेच्न राखिने साधारण मास्कले भाइरसलाई छेक्दैन । यसले धुवाँधुलोबाट मात्र बचाउने हो । जति बाक्लो मास्क भयो उत्तिकै प्रभावकारी भन्ने गलत अवधारणा छ मानिसहरुमा

भाइरसबाट बच्न दुई प्रकारका मास्कको प्रयोग गर्न सकिन्छ । एउटा सर्जिकल मास्क र अर्को, एन-९५ रेस्पिरेटर ।

सर्वसाधारणले प्रयोग गर्ने मास्क भनेको सर्जिकल वा मेडिकल मास्क नै हो । यसमा ३ वटा पत्र हुन्छ । बाहिरी पत्र ‘वाटर प्रुफ’ हुन्छ । जसले बाहिरबाट आउने संक्रमित थुक, (याल, सिँगान आदिका छिटाहरुलाई रोक्छ । त्यस्तै, भित्री पत्रसँग सोस्ने क्षमता हुन्छ जसले हाम्रै नाक, मुखबाट निस्किएका तरल पदार्थहरु सोस्छ । र, अन्तिममा बीचको भाग चाहिँ ‘फिल्टर’ हो । यसले हावालाई फिल्टर गरेर मात्रै भित्ररबाहिर पठाउने काम गर्छ ।

एन ९५ रेस्पिरेटर चाहिँ प्राय चिकित्सकहरुले प्रयोग गर्छन् ।

मास्कका बारेमा थप जानकारी
सर्जिकल मास्क

सर्जिकल मास्क डिस्पोजेबल हुन्छ । एकपटक प्रयोग गरिसकेपछि फेरिफेरि प्रयोग गरिरहन मिल्दैन । ३ देखि ८ घण्टासम्म यसलाई प्रयोग गर्न मिल्ने बताउँछन् चिकित्सक ।

यस्ता मास्कले -याल, थुक वा सिँगानजस्ता शरीरबाट निश्कासन हुने तरल पदार्थबाट सर्ने रोगबाट बचाउनसक्छ । तर, कोरोना भाइरसजस्तो हावाको माध्यमबाट पनि सर्ने रोगबाट बच्न खासै प्रभावकारी हुँदैन ।

यसले : 

हावामा भएका ठूला कणहरुबाट बचाउँछ ।

ससाना कणहरुबाट बचाउन सक्दैन ।

यो फिटिङ हुँदैन जसकारण चुहावटको बढी सम्भावना हुन्छ ।

एन ९५ रेस्पिरेटर

यस्तो मास्कले साना कणहरुलाई नाक वा मुखभित्र पस्नबाट प्रभावकारी ढङ्गले रोक्छ ।

हावामा भएका ९५ प्रतिशत अनावश्यक कणहरुलाई छेक्छ ।

यो एकदमै फिटिङ हुन्छ जसकारण चुहावट कम हुन्छ ।

कोरोना भाइरस के हो ? कसरी संक्रमण हुन्छ ? लक्षणहरु केकस्ता हुन्छन् ?

डाक्टर भन्छन् : 

आरएनए र डिएनए २ प्रकारका भाइरस हुन्छन् । कोरोना आरएनए भाइरस हो । कोरोना भाइरस आफैमा ५० प्रकारको हुन्छ । ५ वटा प्रजातिको मासिमा हुन्छ बाँकी जनावर र चराहरुमा ।

तीमध्ये सबैभन्दा पहिला मानिसलाई आक्रमण गरेको भनेको सन् २००३ आएको सार्स, २०१३ मा मार्स, अहिले कोरोना अर्थात् कोभिड-१९ ।

कोरोना भाइरस पहिल्यैदेखि मान्छेमा छ, जनावर तथा चराचुरुङ्गीमा छ तर, अहिले तिनै भाइरसबाट ‘म्युटेसन’ भएर नयाँ किसिमको कोरोना भाइरस जन्मिएको हो । सामान्य कोरोना भाइरसभन्दा यो अलि खतरा निस्कियो र यसले मृत्युदर बढायो त्यसैले यस्तो परिस्थिति आएको हो ।

जुन वेला चीनमा पहिल्यैदेखि रहिआएको भन्दा नयाँ किसिमको कोरोना भाइरस देखियो त्यसपछि अनुसन्धानहरु भए । यसमा विभिन्न किसिमका हाइपोथेसिसहरु छन् । शुरुमा चमेरामा देखिएको भाइरस सर्पमा आयो र सर्पबाट मान्छेमा भन्ने कुरा छ । तर, चमेरामै चाहिँ कसरी देखियो त यो भाइरस भन्ने विषयमा फेरि केही ‘हाइपोथेसिसहरु’ छन् ।

भाइरसहरु म्युटेसन भइरहेका हुन्छन् । हजारौं, लाखौं म्युटेट भएका भाइरसमध्ये कुनै एउटा चाहिँ चमेरामा मात्र सीमित रहेन, चमेराबाट अन्य जनावर र मान्छेमा स-यो । जाडो मौसममा देखिने यस्ता भाइरसहरु श्वासप्रश्वासमार्फत् सर्ने भएकाले यसलाई ‘रेस्पिरेटोरी भाइरस’ पनि भनिन्छ । त्यसैले श्वासप्रश्वासको प्रक्रियासँग सम्बन्धित तरल उत्पादनहरु जस्तै थुक, -याल, सिँगान आदिमा सास फेर्दा निस्किने सूक्ष्म कण मिसिएर आउँछ र हामीले कोल्दा, थुक्दा वा खकार्दा, हाँछ्यू गर्दा अरुको शरीरमा प्रवेश गर्छ ।

इन्फ्लुएन्जा भाइरससँग यसको लक्षण मिल्छ । अर्थात् रुघाखोकी, सास फेर्न समस्या, ज्वरो यस्तै यस्तै ।

कोरोनाबाट बच्नु छ भने सबैभन्दा उयुक्त तरिका भनेको संक्रमित मान्छेसँग सम्पर्कमै नरहनु हो । मास्कको अनिवार्य प्रयोग गर्ने । मास्कले हाम्रो नाक र मुखलाई मात्र सुरक्षा दिइरहेको हुन्छ त्यसैले आँखालाई पनि सुरक्षित राख्न चस्मा वा फेस सिल्डको प्रयोग गर्ने । र, हातको सरसफाइको बारेमा त मैले भनिहालेँ ।

कोरोनाको कहर :यस्ता छन भ्रम र यथार्थ ! 
भयावह बनिरहेको कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोनाको संक्रमण १९२ राष्ट्रमा फैलिसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण चिन्ताको विषय भएको बताएका हुन् । अब विश्वका कुनै पनि देशले आफ्नो देशमा कोरोना भाइरस पस्न नसक्ने भनेर बस्न नमिल्ने उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण र बच्ने उपायलाई लिएर पछिल्लो समय उठेका विभिन्न जिज्ञासालाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले स्पष्ट पारेको छ ।

धरैजसो घर पालुवा जनावरले कोरोना भाइरस सार्न सक्छ भन्ने जिज्ञास सबैको मनमा उठ्ने गर्छ । कोरोना भाइरसबाट घर पालुवा जनावर संक्रमित भएको प्रमाण हालसम्म भेटिएको छैन । तर उनीहरुको सम्पर्कपछि साबुन पानीले राम्रोसंग हात धुनु आवश्यक छ । जसले विभिन्न व्याक्टेरियाका कारण हुने रोगहरुबाट पनि बचाउँछ ।

निमोनिया विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँछ ? भन्ने विषयमा चर्चा चल्ने गरेको छ । निमोनिया विरुद्धको खोप, हिमोफिलस इन्फ्लुएन्जा बी विरुद्धको खोपले कोरोना भाइरसको संक्रमणबाट बचाउँदैन । यो भाइरस नयाँ भएकाले यसको लागि नयाँ र यसै विरुद्धको खोपको आवश्यक पर्छ । अध्ययनकर्ताहरुले हाल देखिएको कोरोना भाइरसको संक्रमण विरुद्धको खोपको विकास गर्दैछ । यसका लागि विश्व स्वास्थ्य संगठनले समर्थन गरेको छ ।

त्यस्तै, नाकको सरसफाइ गर्ने विशेष उत्पादन ‘स्लाइन’को सहयोगले नियमित रुपमा नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ की सक्दैन ?

स्लाइनको सहयोगमा नियमित नाकको सरसफाई गर्दा कोरोना भाइरसको संक्रमणबाट बचाउने हालसम्म कुनै प्रमाण भेटिएको छैन। तर यसले सामान्य रुघाखोकीबाट भने बचाउन मद्दत गर्छ ।

लसुन खानाले कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न सक्छ ?

-लसुन एक स्वास्थ्यवर्द्धक खाने कुरा हो। जुन एन्टीमाइक्रोबेलले भरिपूर्ण हुन्छ। तर लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बचाउने कुनै प्रमाण छैन ।

तिलको तेल लगाउनाले कोरोना भाइरसलाई शरीरमा प्रवेश गर्नबाट रोक्न सकिन्छ ?

-तिलको तेलले कोरोना भाइरसलाई मार्दैन। यसमा भएको केही रासायनिक तत्वले कोरोना भाइरसलाई सतही रुपमा मार्न सक्छ। यसमा किटाणुनाशकमा आधारित ब्लीच/क्लोराइन, ७५ प्रतिशत इथानल, पारासेटिक एसिड र क्लोरोफर्म मिसाइएको हुन्छ। त्यसलै यो तेल छालामा लगाउने या नाकको तल राख्नुभयो भने सायद यसले भाइरसलाई थोरै या प्रभाव नै नपार्ने हुन सक्छ । तर यो रासायनिक छालाको लागि भने खतरनाक हुन सक्छ ।

के कोरोना भाइरसले वृद्धवृद्धालाई असर गर्छरु या युवाहरु पनि यसको जोखिममा पर्छ? 

सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण गर्न सक्छ । वृद्धवृद्धा, दीर्घ रोगी (दम, मधुमेह, मुटुजन्य रोग ) लाई यस भाइरसले गम्भीर खालका बिरामी बनाउन सक्छ । त्यसैले सबै उमेर समूहका मानिस कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक रहेको विश्व स्वास्थ्य संगठनको सुझाव छ । यसका लागि हातको सरसफाई र सही तरिकाले श्वासप्रश्वासको सरसफाईमा ध्यान दिन आवश्यक छ ।

कोरोना भाइरसको रोकथाम या उपचारका लागि एन्टीबायोटिक प्रभावकारी हुन सक्छ ?

एन्टीबायोटिकले भाइरस विरुद्ध काम गर्दैन । यो ब्याक्टेरिया विरुद्धका लागि मात्र हो। हाल देखिएको यो नयाँ कोरोना भाइरस हो । त्यसैले यसको रोकथाम या उपचारका लागि एन्टीबायोटिकको प्रयोग हुँदैन । यद्यपि अस्पताल भर्ना भएका कोरोना भाइरस संक्रमितले एन्टीबायोटिक लिन सक्छन् । किनभने उनीहरुलाई ब्याक्टेरियल संक्रमणको संभावना पनि हुन सक्छ ।

कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध भएको छैन् । हालसम्म कोरोना भाइरसको रोकथाम या उपचारका लागि कुनै विशेष औषधि उपलब्ध छैन । कोरोना संक्रमित व्यक्तिको उपचार अहिले लक्षणको आधारमा गरिन्छ । केही विशेष उपचार अनुसन्धान अन्तर्गत भइरहेका छन्, जुन क्लीनिकल परीक्षण मार्फत भइरहेको छ । विश्व स्वास्थ्य संगठनले यसका लागि भइरहेका विभिन्न अध्ययन र विकासलाई समर्थन गरेको छ ।

कसरी हुन्छ संक्रमण ?

चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छः

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क (हात मिलाउने) अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

कसरी बच्ने ? 
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

हातलाई साबुन–पानीले धुने वा हातमा अल्कोहलजन्य सेनिटाइजर दलौं

खोक्दा नाक र मुख हात, टिस्यु पेपर वा कुहिनोले छोपौं

चिसो लागेको वा रुघाखोकीको लक्षण भएकाहरूको निकट सम्पर्कबाट बचौं

मासु र अण्डालाई पकाएर खाऔं

जंगली वा पालिएको जनावरसँग असुरक्षित सम्पर्कबाट बचौं

कति खेर धुने हात  ?


खोक्दा वा हाच्छिउँपछि

बिरामी व्यक्तिको स्याहार गरेपछि

चर्पी प्रयोग गरेपछि

हात फोहोर देखिएपछि

बाहिरबाट घर आएपछि

जनावर वा जनावरको फोहोर छोएपछि

तामामा कोरोना ४ घण्टासम्म जीवित रहन्छ

यसैबीच वैज्ञानिकहरुले आफ्नो शोध मार्फत कोरोनाबाट बच्नको लागि नयाँ कुरा पत्ता लगाएका छन् । हालै मात्र क्यालिफोर्नियाको एक युनिभर्सिटीका वैज्ञानिकहरुले यस बारेमा एक रिपोर्ट जारी गरेका छन् ।

जसको अनुसार तामाको प्रयोगबाट यस भाइरस छिटै नष्ट भएर जान्छ । कोरोना भाइरससँग लड्नको लागि वैज्ञानिकहरु बिभिन्न खोज गरिरहेका छन् ।

हालै मात्र नेशनल इन्स्टीट्युट अफ एलर्जी एण्ड इन्फेक्सन डिजीट ह्यामिल्टन, प्रिन्स्टन विश्वविद्यालय, क्यालिफोर्नियाले यस बारेमा रिसर्च गरेको छ ।

वैज्ञानिकहरुले नयाँ रिसर्चमा कोरोना भाइरस तामाको प्रयोगबाट छिटै नष्ट हुने बताएका छन् । तर प्लाष्टिकको वस्तुमा भने यो ९६ घण्टासम्म जीवित रहन्छ ।

त्यस्तै स्टीलमा कोरोना भाइरस ७२ घण्टा र कार्ड बोर्डमा २४ घण्टासम्म जीवित रहन्छ । वैज्ञानिकहरुले कोरोना भाइरस तामामा सबैभन्दा छिटै नष्ट हुने कुरा पनि पत्ता लगाएका छन् ।

तामामा कोरोना ४ घण्टासम्म जीवित रहन्छ । त्यसैले मानिसहरुले धेरै तामाको भाँडा प्रयोग गर्न वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

रिसर्चका अनुसार यो नयाँ रिपोर्टका अनुसार कोरोनाको संक्रमण फैलाउने सिभियर एक्युट रेस्पिरेट्री सिन्ड्रोम कारोना भाइरस फैनिबाट रोक्नको लागि सहयोग गर्दछ ।

९९ जनाको रिपोर्टपछि कोरोनाबारे नयाँ तथ्य पत्ता लाग्यो, शरीरमा देखिन्छ यस्तो परिवर्तन

कोरोना भाइरसले तपाईको शरीरमा कसरी हमला गर्छ ? हमला गरिसकेपछि मानव शरीरमा कस्तो प्रकारको लक्षण देखापर्छ ? कस्ता मानिसहरुमा यसको असर बढी रहने वा मृत्युको सम्भावना बढी देखिन्छ ? र, यसको उपचार कसरी गर्ने ?

कोरोना भाइरसको उपचारमा जुटेको चीनको वुहान शहरमा अवस्थित जिन्यिन्तान अस्पतालका चिकित्सकहरुले आजभोलि यी प्रश्नहरुको जवाफ दिएका थिए ।

कोरोना भाइरसबाट संक्रमित पहिलो ९९ जनाको उपचारको विस्तृत विवरण लांसेट मेडिकल जर्नलमा प्रकाशित गरिएको थियो ।

फोक्सोमा हमला

शुरुवातमा वुहानको जिन्यिन्तान अस्पतालमा उपचारका लागि जुन ९९ जनालाई ल्याइयो उनीहरुमा निमोनियाको लक्षण देखिएको थियो । ती व्यक्तिहरुको फोक्सो दुख्ने साथै फोक्सोको त्यो भाग जहाँबाट अक्सिजन रगतमा मिसिन्छ त्यहाँ पानी भरिएको पाइयो ।

अन्य लक्षणहरु…

८२ जनालाई ज्वरो आएको थियो

८१ जनालाई खोकी लागेको

३१ जनालाई सास फेर्न समस्या

११ जनाको मांशपेसीमा दुखाइ

९ जना भ्रममा थिए

८ जनालाई टाउको दुख्ने

५ जनाको गलामा गाँठोजस्तो देखिएको

मृत्युको शुरुवात…

कोरोना भाइरसबाट संक्रमित जो दुईजनाको सबैभन्दा पहिला मृत्यु भएको थियो, उनीहरु स्वस्थ्य देखिन्थे । उनीहरुलाई लामो समयदेखि चुरोटको लत थियो र हुनसक्छ यहीकारणले उनीहरुको फोक्सो कमजोर भइसकेको थियो ।

६१ सालका जुन वृद्धलाई अस्पताल ल्याइएको थियो उनी निमोनियाको लक्षणबाट नराम्रोसँग ग्रस्त थिए । उनलाई सास फेर्न अत्यन्तै गाह्रो भइरहेको थियो र उनको फोक्सोले शरीरलाई आवश्यक पर्ने अक्सिजन ‘सप्लाइ’ गर्न सकिरहेको थिएन । भेन्टिलेटरमा राख्दासमेत उनको फोक्सोले काम गर्न सकेन र मुटु पनि निष्क्रिय भइदियो ।

अर्को बिरामी ६९ वर्षका थिए र उनलाई पनि सास फेर्न गाह्रो भइरहेको अवस्था थियो । उनलाई कृत्रिम तरिकाबाट सास फेराउन प्रयास गरियो तर, त्यो प्रयास विफल भयो । निमोनियाले तब उनको ज्यान लियो जब उनको ब्लड प्रेसर एकदमै कम भएको थियो ।

सबैजना जोडिएका थिए त्यही एउटा मार्केटसँग…

वुहानको हुआनान सीफुड मार्केटमा (समुद्री खाना बजार) फेला परेका समुद्री प्राणीहरु कोरोना भाइरस संक्रमणको कारण भएको विश्वास गरिएको छ । वुहानको जिन्यिन्तान अस्पतालमा ल्याइएका ९९ जनामध्ये ४९ जना यस सीफुड मार्केटसँग जोडिएका थिए ।
४७ जना त्यस बजारमा कि म्यानेजरका रुपमा कार्यरत थिए या त्यहीँ पसल सञ्चालन गर्थे ।
संक्रमितहरुमा केवल दुईजना मात्र त्यहाँका ग्राहक थिए ।

अधवैंशे धेरै…

९९ जना संक्रमितमा प्राय अधवैंशे उमेरका धेरै थिए । त्यसमा ६७ जना पुरुष थिए र उनीहरुको औसत उमेर ५६ थियो ।

हालै यो कुरा पनि पत्ता लागेको छ कि कोरोना भाइरसबाट संक्रमित महिला र पुरुषमा खासै अन्तर छैन । चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार ६ जना पुरुषको तुलनामा ५ महिलालाई यो संक्रमणको पहिचान गरिएको थियो ।

पुरुषहरु कोरोना संक्रमणको कारण गम्भीर बिरामी हुन सक्ने र अस्पतालमा भर्ना हुन आवश्यक पर्ने विश्वास गरिन्छ । सामाजिक र सांस्कृतिक कारणले गर्दा, भाइरस संक्रमणको जोखिम पुरुषहरुमा बढी हुन्छ ।

कोरोना भाइरस संक्रमणको जोखिम महिलामा कम छ किनभने एक्स क्रोमोजोम र सेक्स हर्मोनका कारण उनीहरुसँग अधिक रोग प्रतिरोधात्मक क्षमता हुन्छ,’ जिन्यिन्तान अस्पतालका चिकित्सक ली झांग भन्छन् ।

जो पहिलैदेखि बिरामी थिए…

९९ जना संक्रमितहरुमा धेरैजसो पहिल्यैदेखि कुनै न कुनै रोगबाट संक्रमित भएकोले गर्दा उनीहरुमा कोरोना भाइरसबाट संक्रमित हुने जोखिम बढी थियो ।
चिकित्सकहरु यसलाई कमजोर प्रतिरक्षाको परिणामको रुपमा वर्णन गर्छन् ।

४० जना बिरामीहरुमा मुटु कमजोर वा नसाको समस्या थियो । र, १२ जनालाई मधुमेहको समस्या थियो ।

 एजेन्सीको सहयोगमा

१९ वर्षे नेपालीमा कोरोना पोजेटिभ देखिएसँगै व्लडोमिटर्सले देखायो २ जना संक्रमित

१९ वर्षे नेपालीमा कोरोना पोजेटिभ देखियो, स्वास्थ्यमन्त्रीले भने – ‘टेकुमा उपचार हुँदैछ’

सार्वजनिक यातायातबाट यात्रा गर्दै हुनुहुन्छ ? सावधान कोरोना भाइरसबाट यसरी बच्नुस्

कोरोना अपडेट : कुन देशमा कतिको मृत्यु ? कति पुगे संक्रमित ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?