१९ वर्षे नेपालीमा कोरोना पोजेटिभ देखिएसँगै व्लडोमिटर्सले देखायो २ जना संक्रमित

काठमाडौं । कोरोनाबारे जानकारी दिने वेभसाइट व्लडोमिटर्स ईन्फो कोरोनाभाइरसले नेपालमा संक्रमित संख्या २ जना देखाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपालीमा कोरोना पोजेटिभ देखिएको र उनको उपचार टेकुमा भइरहेको जानकारी दिएसँगै नेपालमा पोजेटिभ संक्रमित संख्या २ जना देखाएको हो ।

हालसम्म नेपालको काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा ५७२ जनाको कोरोना परिक्षण गरिएकोमा एक व्यक्तिमा मात्रै पोजेटिभ देखिएरपनि ३ साताअघि निको भएर घर गइसकेका छन् । सरकार कोभिड १९ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् ।

उनले सम्मेलनको अन्तिममा हालसम्म शंकास्पद ६ सय नमुना परिक्षण गरिएकोमा चैत्र ४ गते नेपाल आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस पोजेटिभ देखिएको जानकारी दिए । उनका अनुसार यो रिपोर्ट हिजो आएको हो । उनी विद्यार्थी हुन् । महिला हुन् र उनको उमेर १९ वर्षको छ । उनले थपे, ‘उनको परिवारलाई समेत क्वारेन्टाईनमा राखिएको छ ।’

संक्रमित महिलाको काठमाडौंको टेकुस्थित शुक्रराज टपिकल सरुवा रोग अस्पतालमा उपचार हुँदैछ ।

यो पनि पढ्नुहोस् : १९ वर्षे नेपालीमा कोरोना पोजेटिभ देखियो, स्वास्थ्यमन्त्रिले भने – ‘टेकुमा उपचार हुँदैछ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?