सार्वजनिक यातायातबाट यात्रा गर्दै हुनुहुन्छ ? साबधान ! कोरोना भाइरसबाट यसरी बच्नुस्

काठमाडौं – के तपाई सार्वजनिक यातायातको प्रयोग गर्नुहुन्छ ? यदि गर्नुहुन्छ भने होसीयार !

अब तपाईले सार्वजनिक यातायातमा यात्रा गर्दा निकै साबधानी अपनाउनुपर्ने भएको छ । हो, नयाँ फेला परेको तथ्यमा भनिएको छ, ”कोरोना भाइरस फलाम वा फलामजन्य वस्तुमा लामो समय जीवित रहन्छ ।”

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको यो भाइरसका कारण ४६ सय २३ जनाको मृत्यु भइसकेको छ भने एक लाख २५ हजार ८ सय ४१ जना मानिस संक्रमित भएका छन् । यो भाइरस एक सय १३ देशमा फैलिसकेको छ । चीन इटली र ईरानमा यसले सबैभन्दा धेरै प्रभाव पारेको छ ।

‘कोविड १’९ के कारणले यति धेरै फैलिरहेको छ भन्ने बारेमा अहिले सम्म पत्ता लाग्न सकेको छैन । वैज्ञानिकहरु पनि यस बारेमा अनुसन्धान गरिरहेका छन् । तर भर्खरै भएको एक शोधमा एयर कन्डिसन बस र मेट्रो ट्रेन वा अन्य सवारी साधनमा कोरोनाका पोजिटिभ व्यक्तिको साथमा यात्रा गर्नु तपाईलाई समस्या बन्न सक्ने भएकोले निकै होसीयारी र साबधानी अपनाउनुपर्ने भएको छ ।
‘चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल’ सीडिसी का अनुसार केहि शोधकर्ताहरुले मिलेर एक रिपोर्ट प्रकाशित गरेका छन् ।

उक्त रिपोर्टका अनुसार वार्ता गरिने ठाउँबाट पनि हावाको माध्यमबाट कोरोना सर्न सक्ने र कोरोना पोजेटिभ मानिस भएको ठाउँमा र उ बसेको ठाउँमा पनि ३० मिनेट सम्म जिउँदो रहन सक्ने बताइएको छ ।साथै कोरोना संक्रमित व्यक्ति भन्दा टाढा ४.५ मिटरसम्म फैलिन पनि सक्षम रहन्छ । उक्त सोधबाट यस कुराको पुष्टि भएसँगै सार्वजनिक सवारीमा यात्रा गर्नको लागि चुनौति थपिएको हो ।

चीनको हुनान प्रान्तमा भएको यो शोधमा १५ जना मानिसहरुलाई सामेल गरिएको थियो । ति सबै जना एक बसमा यात्रा गरिरहेका थिए ।

बसमा बसेका बिना माक्सवाला एक व्यक्तिको माध्यमबाट १५ मध्ये २ जनालाई कोरोना भाइरसको संक्रमण देखा परेको थियो ।

अझ बिना माक्सका उक्त व्यक्ति बसबाट झरेपछि ३० मिनेटसम्म कोरोना त्यहाँ रहेको थियो । विश्वभर नै भयावह रुपमा फैलँदै गरेको कोरोना भाइरसको विषयमा विकसित देशहरुले ठूलो जनशक्ति खर्चिएर औषधी पत्ता लगाउन खटिरहेका छन् । तर हालसम्म यसको औषधी पत्ता लागेको छैन । यसैबीच चीनलाई यो जटिल मोडमा एउटा नयाँ सफलता मिलेको छ ।

चीनले औंलाको टुप्पोबाट निकालिएको थोरै रगत परीक्षणबाट कोरोना भाइरस ‘कोभिड- १९’ को जाँच गर्न सकिने टेस्ट किट पत्ता लगाएको छ ।

चिनियाँ चिकित्सा वैज्ञानिकहरुले एन्टीबडी परीक्षणबाट १५ मिनेटमा कोरोना भाइरस भए९नभएको पत्ता लगाउन सकिने द्रुत विधिको टेस्ट किटको विकास गरेको ग्लोबल न्यूजले जनाएको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट फैलिएको कोरोनाका कारण यो समाचार तयार पार्दासम्म विश्वभरमा ४ हजार २९९ जनाको मृत्यु भइसकेकोले यो निकै जटिल बन्दै गएको बेला चीनले पत्ता लगाएको यो किट निकै ठूलो आबिस्कार सावित हुने भएको छ ।

हालसम्म विश्वभर १ लाख १९ हजार २ सय ३४ जनामा संक्रमण फैलिएको छ । बिरामी र मृतकको सर्वाधिक सङ्ख्या चीनको छ । चीनबाहिर इटली, इरान र दक्षिण कोरिया धेरै सङ्क्रमण पाइएको छ । चीनपछि इरान सबैभन्दा बढी कोरोना सङ्क्रमण भएको देश हो ।

ग्लोबल न्यूजले चिनियाँ चिकित्सा विज्ञ जोउ नानशान नेतृत्वको कार्यदललाई उदृद गर्दै भनेको छ, ”नोभेल कोरोना भाइरसको संक्रमण भएका तर लक्षण नदेखिएका र कोरोना भाइरसको संक्रमण भएका व्यक्तिहरुको वास्तविक र चाँडो कोरोना भएरनभएको जाँच गर्ने उद्देश्यले एन्टिबडी परीक्षण विधिको विकास गरिएको हो ।”

उक्त कार्यदलका अनुसार नयाँ परीक्षण विधि चीनभरका विभिन्‍न आठवटा क्लिनिल साइटमा परीक्षण गरिएको हो । यो नयाँ किटमा कुनै पनि किसिमको कमजोरी नभएको र क्लिनिकल संवेदनशीलता, विशिष्टता र क्लिनिकल प्रभावकारीतालाई प्रमाणित गरिएको बताइएको छ ।

न्युक्लिक एसिड आरटीरपीसीआरबाट कोरोना जाँचको नतिजाका लागि तीनरचार घण्टा लाग्‍थ्यो । यो किटले एन्टिबडीमार्फ मानिसको रगतमा कोरोना भाइरस छ कि छैन भनेर १५ मिनेटमै नतिजा दिन्छ । यसमो समग्र परीक्षण संवेदनशीलता ८८ दशमलव ६६ प्रतिशत र ९० दशशलव ६३ प्रतिशत विशिष्टिकृत हुने बताइएको छ ।

विश्वलाई आक्रान्त पारेको कोरोनाको महामारीले विश्व अर्थतन्त्रमा निकै ठूलो धक्का पुगेको छ । विकासशिल देशहरु यसको चपेटामा नराम्ररी परेका छन् ।

चीनको ‘व्यापारिक हब’का रुपमा स्थापित वुहानको एक जनावर बजारबाट यो भाइरस फैलिएको भन्ने अनुमान गरिएको छ । तर केहि देशले जैविक हतियारका रुपमा यो बनाइएको भन्दै अनुमान र आरोप पनि लगाएका छन् । यसबारे अझै यकिन कुरा बाहिर आउन सकेको छैन ।

कोरोना भाइरस सर्वप्रथम सन् १९६० को दशकमा कुखुरामा पाइएको थियो ।


हालसम्म ४ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । ३ जना विदेशमा छन् । एक जनाले स्वास्थय उपचार गरी घर फर्कीसकेका छन् । करिब ४ सय वटा नमुना हालसम्म परिक्षण भएकोमा सबै नेगेटिभ आएको छ । तर यदि तपाई सार्वजनिक यातायातका माध्यमबाट यात्रा गर्नुहुन्छ भने नआत्तिनुहोस् तर साबधानी अपनाउनुहोस् ।

अनिवार्य मास्क प्रयोग गरौँ ।

मानिससँग श्वास आदानप्रदान हुने गरी नबसौँ ।

बस ट्याक्सी माईक्रो वा सवारी साधनको सिटमा बसेपछि छोएपछि बाहिर आएर राम्ररी हात धोऔँ

सेनिटाईजर साथमा नै बोकौ ।

साबुन पानीले करिब २० सेकेन्ड मिचेर हात धोऔँ

हात वा औँला मुखमा लैजाने, कोट्याउने, चुस्ने, नाक कोटयाउने, आँखा मिच्ने, अनुहारमा छुने नगरौँ ।

सार्वजनिक यातायातमा यात्रा गर्दा संक्रमित व्यक्ति को हो भनेर यकिन गर्न नसकिने हुँदा तपाई आफैँ आफ्नो सुरक्षा गर्न तयार हुनुपर्छ ।

संक्रमित व्यक्तिले पनि निकै साबधानी अपनाऔँ ।

 

कसरी हुन्छ संक्रमण
चिकित्सकहरुका अनुसार यो भाइरस अत्याधिक संक्रामक छ ।

भाइरसबाट संक्रमित व्यक्तिको सिंगान, खकार, थुक आदिजस्ता शरीरका तरल पदार्थबाट यो भाइरस सर्ने चिकित्सकले बताएका छन् । संक्रमित व्यक्तिले हाछिउँ गर्दा, खोक्दा, थुक्दा यो भाइरस हावामा मिसिने र बिरामीको सम्पर्कमा भएका व्यक्तिहरुमा श्वासप्रश्वासको माध्यमबाट सर्ने हुन्छ ।

विशेष गरी यी गतिविधिबाट कोरोना भाइरसको संक्रमण हुनसक्छ

हावाको माध्यमबाट

प्रत्यक्ष सम्पर्क हात मिलाउने, अंकमाल गर्ने, छुने आदि

भाइरस भएका वस्तु छोएर आफ्नो आँखा, नाक, मुख छुँदा

लक्षणः
ज्वरो आउने, रुघा लाग्ने, सुख्खा खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, घाँटी, टाउको तथा जिउ दुख्ने

झट्ट हेर्दा सामान्य रुघाखोकी लागेजस्तो मात्र हुने भएकाले यस रोगको पहिचान गर्न कठिन हुन्छ र संक्रमित व्यक्तिले पनि यसलाई हल्का रुपमा लिन्छन् ।

कसरी बच्ने  ?
नेपालमा पनि कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएको भएपनि चीनको जस्तो जोखिमपूर्ण अवस्था नभएको चिकित्सकहरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका प्रवक्ता डा अनुप बास्तोलाले मौसमी रुघा खोकी र कोरोना भाइरसबाट बच्ने उपाय एउटै भएको बताए।

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने

– मास्कको प्रयोग गर्ने

– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,

– नियमित साबुन पानीले हात धुनेरहातमा अल्कोहलजन्य सेनिटाइजर दल्ने

– जङ्गली तथा घरेलु पशुपंक्षीसँग सोझै सम्पर्कमा नरहने

– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने

– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने

– सार्वजनिक जमघटहरुमा कम उपस्थित हुने

चीन र अरु विश्व दुनियाँलाई जुनकुनै आविष्कार र उत्पादनले चकित पारेका विकसित देशहरुलाई समेत यो महामारीले आच्छुआच्छु पारिरहेको छ भने हाम्रो जस्तो विकाशशील मूलुकमा यस भाइरस आयो भने स्थिती निकै दर्दनाक हुनसक्छ । त्यसैले यो महामारीले कति विकराल रुप लिनेछ भन्ने अनुमान गरेर पनि प्रत्येक व्यक्तिले यसविरुद्धको प्रतिरोधको क्षमता बनाउनु पर्ने जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?