मनाङ्गेविरुद्ध उजुरी दिने एन्फा अध्यक्ष गुरुङ पक्राउ

काठमाडौं । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । उनी ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त आचार्यको उजुरीमा पक्राउ परेका हुन् ।

मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।

यो पनि पढ्नुहोस् :

दीपक मनाङ्गे पक्राउ

गुरुङमाथि भएको हातपातमा बल्ल बोल्यो एन्फा ! (विज्ञप्तीसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?