गुरुङमाथि भएको हातपातमा बल्ल बोल्यो एन्फा ! (विज्ञप्तीसहित)

काठमाडौं । कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङमाथि भएको हातपातको घटनामा अखिल नेपाल फुटबल संघ एन्फाले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

प्रदेश लिगको व्यवस्थापनको बिषयलाई लिएर मनाङ जिल्लाका प्रतिनिधि तथा प्रदेश सभा सदस्य राजीव गुरुङले ९मनाङ्गे०मंगलबार अखिल नेपाल फुटवल संघ९एन्फा० कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेका थिए । जिल्ला फुटबल संघका अध्यक्ष गुरुङमाथि गरेको हातपातको घटना आपत्तीजनक रहेको एन्फाले जनाएको छ ।

प्रदेश सभा सदस्य गुरुङले गरेको हातपात र घटनापछि व्यक्त गरेको अभिब्यक्तिले कानुनी राज्य, विधिको शासनको उपहास भएको भन्दै घटनाको भत्र्सना गर्दै निष्पक्ष छानविन गरेर दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

गत मंगलबार प्रदेश सभा सदस्य गुरुङले जिल्ला फुटबल संघका अध्यक्षमाथि सार्वजनीक स्थलमै हातपात गरेका थिए ।

एन्फाले घटनाको चार दिनपछि प्रेस विज्ञप्ती जारी गर्दै घटनाको विरोध गरेको हो ।

प्रेस विज्ञप्ती

यो पनि पढ्नुहोस् :

दीपक मनाङ्गे पक्राउ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?