युवतीको कपालमा वीर्य स्खलन गर्ने युवक समातिए

सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा एक युवक चितवनबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको हो ।

२०७५ मंसिरमा सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी एक युवकले हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएको थियो । लगनखेल–स्वयम्भूरडल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले अघिल्लो सीटमा बसेकी युवतीको कपालमा हस्तमैथुन गरी वीर्य स्खलन गरेका थिए ।

ज्याकेट र खैरो ट्राउजर अनि चप्पल लगाएका ती युवक आफैंले भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेको प्रहरीको आशंका छ । प्रहरीका अनुसार युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका छन् । अश्लील हर्कत गर्ने र पीडित युवती दुवैको अनुहार भिडियोमा देखिएको थिएन । कान्तिपुरले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?