लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै उर्लिए रोल्पाली

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि समावेश गरिएपछि नेपालमा चर्को विरोध भएको छ । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेक क्षेत्रलाई समावेश गरेपछि यसको चौतर्फी बिरोध सुरु भएको हो ।

यसको विरोधमा रोल्पामा पनि प्रदर्शन गरिएको छ । सरकारले कुटनीतिक रुपमा मिचिएका भूमि फिर्ता गर्नुपर्ने माग राख्दै बिहीबार बिहान विरोध प्रदर्शन गरिएको हो । रोल्पाली जागरुक समूहको व्यानरसहित पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायी, बुद्धिजीविले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली भूमिमाथिको हस्तक्षेप विरुद्धको प्रदर्शनमा ‘गो व्याक इन्डिय’ को नारा समेत लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो भन्दै प्रदर्शनकारीले भारतबाट मिचिएका सबै सिमाना निर्धारण गरी काँडे तारबार लगाउन समेत माग उनीहरुले माग गरेका छन् ।

यसैबिच भारतको यो नक्सा सार्वजनिक भएपछि आफ्नो सिमाना रक्षाका लागि नेपाल प्रतिबद्ध रहेको नेपाल सरकारले प्रष्ट पारेको छ । सरकारले भारतिय कदमलाई जोडदार रुपमा अस्विकार गरेको छ । यतिबेला विद्यार्थी संगठनहरु पनि भारतिय गतिविधीका सामू घुँडा नटेक सरकार भन्दै आह्वान गरिरहेका छन् ।

लोकपथमा पूर्वप्रकाशित यो समाचार पढ्नुभएको थियो ?

भारतले कहाँ- कहाँ मिच्यो नेपाली भूमि ?
भारतद्वारा प्रकाशित नक्सामा नेविसंघको आपत्ति: विरोध र्याली निकाल्दै भने, घुँडा नटेक सरकार ! 
कालापानी क्षेत्र नेपालको भूभाग हो भन्दै परराष्ट्रले निकाल्यो यस्तो विज्ञप्ती ! 
अनेरास्ववियूले गर्यो भारत विरुद्ध विरोध प्रर्दशन
नेपाली भूमि मिच्ने भारतको बिरोधमा भारतीय दूतावास घेराउ गरिँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?