बाबुद्वारा विवाहित छोरी बलात्कृत, पीडित युवती भन्छिन् “धम्की दिएर पटक-पटक बलात्कार गरे”

काठमाडौं । बारामा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन् ।

२२ वर्षीया विवाहित छोरीलाई धम्की दिएर पटक पटक बलात्कार गर्ने गरेको आरोपमा बाराको कलैया बस्ने ३८ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पीडित युवतीले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पीडित युवती स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणका क्रममा उनीमाथि जबरजस्ती करणी भएको देखिएको बारा प्रहरीले जनाएको छ ।

पीडित युवतीको २०७५ माघमा विवाह भइसकेको थियो । तर, घरमा कुरा नमिल्दा उनी माइतीमा बस्दै आएकी थिइन् । माइतीमा बस्दा आफ्नै बुवाले धम्की दिएर आफूमाथि पटक पटक बलात्कार गरेको पीडित महिलाले बयान दिएकी प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुषविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?