पूजा र सौगातको ‘पोइ पर्यो काले’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘पोइ पर्यो काले’ को ट्रेलर सार्वजनिक भएको छ । कमेडी शैलीको ट्रेलर काले पोइ (श्रीमान्) पर्नुको पीडाका विषयमा केन्द्रीत रहेको छ । ट्रेलरमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, राजाराम पौडेल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

शिशिर रानाले निर्देशन गरेको चलचित्रमा सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, सृष्टि श्रेष्ठ, शिशिर पौडेल, गोपाल ढकाल लगायतका कलाकारको पनि अभिनय रहेको छ । आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँने चलचित्रमा निर्देशक रानाकै कथा रहेको छ भने चलचित्रलाई राजिव गुरुङ र सरोज नेपालीले निर्माण गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?