काठमाडौं । ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक भएको छ ।
लेखक तथा पत्रकार ददि सापकोटाले नेपाललाई कर्मथलो बनाएका फ्रान्सेलीको अनुभवलाई संकलन गरेर ‘त्यो नेपाल’ नामक पुस्तक सार्वजनिक गरेका हुन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक सापकोटाको उक्त पुस्तक सार्वजनिक भएको हो ।
पुस्तक सार्वजनिक गर्दै लेखक सापकोटाले पुस्तक लेखनको क्रममा आफूले नेपालबारे फ्रान्सेली नागरिकलाई जति अनुभव नेपालीहरुलाई पनि नभएका अनुभुति भएको बताए ।
उनले केही फ्रान्सेलीहरुले काठमाडौंदेखि हिँडेर धनकुटासम्म पुगेको पाईएको पनि बताए ।
लेखक सापकोटाले भने, ‘नेपालको हिमाल, पहाड, तराईको म टुरिष्ट गाईड पनि हुँ म । तर मैले यो किताब लेख्दा थाहा पाएँ–फ्रान्सेलीहरुसँग जे सुन नि । नेपालको बारेमा त मलाई दश प्रतिशत पनि थाहा रहेनछ भन्ने मलाई थाहा भयो । त्यति धेरै कुरा सिके मैले त्यो नेपालबाट । यहाँको हावापानी, यहाँको धरातल, यहाँको म्युजिक सिष्टम । यहाँ कोही कोही मान्छेहरु, यो किताबको पात्र नै कस्तो हुुनु्हुन्छ भने काठमाडौंदेखि हिँडेर, हिले धनकुटा पुग्नुभएको छ । काठमाडौंबाट पोखरा, पाल्पा हुँदै हिँडेर दाङ पुग्नुभएको छ ।’
पुस्तकमा नेपाल र फ्रान्सबिचको सम्बन्धका साथै नेपालको इतिहास र संस्कृतिबारे फ्रान्सेली नागरिकहरूले देखेको र भोगेको नेपाललाई समेटिएको छ ।
अन्तर्वार्तामा आधारितः विभिन्न समयमा नेपाल घुमेका, काम गरेका र नेपालसँग विशेष आत्मीयता गाँसेका २९ जना फ्रान्सेली नागरिकहरूसँग गरिएको कुराकानी र उनीहरूका संस्मरणलाई पुस्तकमा उतारिएको हो । उक्त पुस्तक फाइनप्रिन्ट बुक्सद्वारा प्रकाशित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया