‘लालीबजार’ को कमाइ ९ करोड नजिक, अन्य ६ वटा फिल्मको कति ?

लोकपथ
98
Shares

काठमाडौं । चलचित्र ‘लालीबजार’ को कमाइ ९ करोड नजिक पुगेको छ । वैशाख २५ गते रिलिज यस फिल्मले जेठ २४ गते आइतबारसम्म ८ करोड ७८ लाख ८ हजार १९८ रूपैयाँ ग्रस कमाइ गरेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार गत आइतबारसम्म यस फिल्मले २ लाख ९८ हजार २२७ वटा टिकट बिक्री गर्न सफल भएको छ ।

बोर्डले सोमबार ‘लालीबजार’सहित ७ वटा नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार फिल्म ‘मितज्यू’ ले १ करोड ३१ लाख ११ हजार ८५९ रूपैयाँ ग्रस कमाएको छ। जेठ ८ गते रिलिज यो फिल्मको ४५ हजार ५३३ टिकट बिक्री भएका छन् ।

त्यस्तै, जेठ ८ मै रिलिज ’काजी’ को कमाइ ४४ लाख ३८ हजार ९८५ रूपैयाँ ग्रस छ । यो फिल्मलाई १४ हजार २६९ जनाले हेरेका छन् । फिल्म ‘परालको आगो’ को कमाइ ४ करोड २८ लाख ११ हजार ४४५ रूपैयाँ छ ।

त्यस्तै, जेठ १५ गते रिलिज फिल्म ‘रोल नम्बर १’को कमाइ ९४ लाख ९१ हजार ६८० रूपैयाँ छ । जेठ १ गते रिलिज ‘लाइफ ड्यामेज’ले ३४ लाख ४० हजार १५ रूपैयाँ ग्रस कमाएको छ । यसलाई ११ हजार २४८ जनाले हेरेका छन् । जेठ १५ गते रिलिज ‘कुम्भ’ ले ३ लाख ३२ हजार ४१० रूपैयाँ ग्रस कमाएको छ। यसलाई १ हजार ४९४ जनाले हेरेका छन् ।

‘लालीबजार’ मा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ लगायत कलाकारको अभिनय रहेको छ । यस फिल्मको निर्देशन यम थापाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?