महाधिवेशनमा मतदान नै नगरी प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं फर्किँदै

लोकपथ
182
Shares

काठमाडौं । पार्टी महाधिवेशनका लागि चितवन गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आज (बुधबार) काठमाडौं फर्किने भएका छन् । उनी बुद्ध एयरको विमानमार्फत काठमाडौं फर्किन लागेका हुन् ।

उनी सपरिवार चितवनको लटाली सेन्चुरी रिसोर्टमा बस्दै आएका थिए ।

शाह महाधिवेशनमा मतदान नै नगरी काठमाडौं फर्किन लागेका हुन् । रास्वपा महाधिवेशनको मतदान आज गर्ने तयारी छ । उनलाई रास्वपा वरिष्ठ नेता मनोनीत गर्ने तयारी छ ।

रास्वपा सभापतिमा मंगलबार रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । प्रधानमन्त्री शाह लामिछानेका प्रस्तावकसमेत बसेका थिए । 

बुधबार अपराह्नबाट ९९ केन्द्रीय सदस्यको निर्वाचन सुरु हुँदैछ, त्यसमा निर्वाचित हुनेमध्येबाट पदाधिकारीको चुनाव हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?