आजबाट नयाँ नोट सटही शुरु, तस्वीरमा जे देखियो

काठमाडौं । यस वर्षको दशैंका लागी नेपाल राष्ट्र बैकले नयाँ नोट आजबाट सटही गरेको छ ।

हिन्दूहरुको महान चाड दशैंलाई लक्षित गर्दौ नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । प्रत्येक वर्षको दशैंमा राष्ट्र बैंकले सर्वसाधारणको लागी नयाँ नोट सटहीको व्यवस्था मिलाउदै आएको छ । यस वर्ष सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक एक बण्डल गरी एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ सम्म नयाँ नोट सटही गर्न पाउने साथै ५ सय र १ हजारका नोट भने चाहेजति वितरण हुने रहेको राष्ट्र बैंकले जनाएको छ ।

मुद्रा सटहीका यसअघिका वर्षहरुमा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलिबाट नयाँ नोट सटही हुँदै आएको र यसपटक केन्द्रीय कार्यालय बालुवाटारबाट नयाँ नोट सटही हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै उपत्यका बाहिरका क्षेत्रीय कार्यालयहरुबाट समेत नोट वितरण गरीने भएको छ ।

नयाँ नोट साटनका लागी सर्वसाधारणको भिड लोकपथको लेन्सबाट जे देखियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?