विदेशबाट आउँदै हुनुहुन्छ, के के सामान ल्याउने ? यस्ता सामानमा लाग्छ भन्सार कर

काठमाडौं । नेपालमा गरिबी व्याप्त छ । बेरोजगारी बढेको बढ्यै छन् । बैदेशिक रोजगार बिभागको तथ्याङ्क अध्ययन गर्ने हो भने करिव ४० लाख हाराहारीमा युवाहरु बिश्वका बिभिन्न मुलुकमा रोजगारी एवं अन्य शिलशिलामा देश छाडेर बाहिर रहेका छन् । पढेलेखेका यूवाहरु जागिरको सिलसिलामा विभिन्न मुलुकमा पुगेका छन् । तर नेपालीजनको महान् पर्व बडादशैँ नजिकीरहेको छ । हजारौँ युवाहरु, विदेश गएकाहरु नेपाल फर्केर आफ्नै परिवारसँग दशौ मनाउने सोँचमा छन् । कतिपयले टिकट लिइसकेका छन् त कतिपय सुरसारमा छन् ।

रात परेपछि चरी घर फर्कन्छ भनेझै चाडबाड आएपछि विदेशिएकाहरु घर फर्कने गर्दछन् । विदेशबाट फर्कदा धेरै नेपालीहरु लुटिने गरेका घटना पनि आउने गरेका छन् । साथै चाडवाडमा घर आउँदा विदेशबाट ल्याएका सामानहरु बिमानस्थलबाट ल्याउन नपाएका कुराहरु पनि हामीले सुन्दै आएका छौ ।

विमानस्थलले तोकेको भन्दा बढि सामान ल्याउने साथै बिमानस्थलले वर्जित गरेका सामान ल्याउने पाइएकाले सात समुन्द्र पारिबाट ल्याएका सामानहरु एयरपोर्टबाट ल्याउन नपाएका कुराहरु तपाई हाम्रै आफन्तहरुले गुनासो गर्ने गरेका छन् । कतिपयलाइ थाहा नभएर समस्यामा पर्ने गरेका त कतिपयले आफ्नै लापरवाहीका कारण समस्यामा पर्ने गरेका छन् । त्यसैले लोकपथ डटकमले बिमानस्थलको भन्सार बिभागमा सम्पर्क गरि यो विषयमा जानकारी लिएका छौ ।

कुन सामान कति ल्याउन पाउने ?

मोबाइल : बिदेशबाट आउदा एक जनाले २ ओटा सम्म नयाँ मोबाइल र एउटा व्यक्तिगत प्रयोजनको लागी ल्याउन पाउने व्यबस्था रहेको छ । र त्योभन्दा माथी ल्याउन परेमा बजारभाउ अनुसार भन्सार महसुल लाग्दछ ।

टेलिभिजन : यदि श्रम भिसामा गएको र ६ महिना भन्दा धेरै समय बसेर फर्किएकाले ३२ इन्च सम्मको टेलिभिजनमा भन्सार महसुल लाग्दैन । तर अन्य भिसामा बिदेश गएर नेपाल आउदा भने भन्सार महसुल लाग्दछ ।
यदि ३२ इन्च भन्दा माथीका टेलिभिजन ल्याएमा १ इन्चमा करिब १२ देखि १३ सय सम्म थप लाग्नेछ ।

मदिराजन्य वस्तु : विदेशबाट आउदा एक जनाले एक लिटर मात्र मदिरा ल्याउन पाउने व्यवस्था रहेको छ । त्यो भन्दा धेरै ल्याउन परेमा भन्सार महसुल तिर्नुपर्दछ ।

ल्यापटप ,कम्प्युटर तथा अन्य बिद्युतिय सामान : ल्यापटप, कम्प्युटर वा ट्यावलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर र पेनड्राइभ एक एक थान ल्याउनेका हकमा सरकारले भन्सार छुट दिएको छ । बच्चा राख्ने ‘पेराम्बलेटर’ र ‘ट्राइसाइकल’ एक् एक वटा ल्याउँदा पनि भन्सारमा छुट दिएको छ ।

यन्त्र उपकरण : डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, ‘स्टेथेस्कोप’, खेलाडीले खेलकुद सम्बन्धी सामानहरु, संगीतकर्मीहरुले बाद्यबाधनका सामाग्रीहरु लगायतका सामान एक एक थान ल्याउन भन्सार तिर्नुपर्ने हुन्छ ।

मेसिन : मिक्स्चर, जुसर, सिलाइ मेसिन, ग्यासटेबुल, इस्त्री (आईरन), राइस कुकर दुई दुई थानसम्म ल्याएमा भन्सार लाग्दैन । त्यो भन्दा धेरै सामान ल्याएमा भन्सार लाग्दछ ।

चुरोट तथा अन्य सुर्तीजन्य वस्तु : चुरोट २ सय खिल्लीसम्म र सिगार ५० खिल्लीसम्म ल्याउँदा पनि ४० प्रतिशत भन्सार तिर्नुपर्छ । पछिल्लो समय चुरोट ल्याउन पाइने व्यवस्था खारेज गर्ने पनि सरकारले तयारी थालेको छ ।

गरगहना : सुनका गहना ल्याउँदा ५० ग्रामसम्मको भन्सार शुल्क तिर्नुपर्दैन। ५० देखि सय ग्रामसम्मको प्रति १० ग्रामको पाँच हजार दुई सय, ५० देखि एक सय ग्रामसम्मको प्रति १० ग्रामको ६ हजार दुई सय रुपैयाँ, एक सय ५० देखि दुई सय ग्रामसम्मको प्रति १० ग्राम सात हजार दुई सय तथा दुई सयदेखि दुई सय ५० ग्रामसम्मको प्रति १० ग्राम नौ हजार दुई सय रुपैयाँ भन्सार तिर्नुपर्छ।

चाँदीका हकमा १ सय ग्राम चाँदी ल्याएमा भन्सार तिर्नुपदैन । अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश छैन । यसकारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।

साथै बिदेशबाट आउदा टिकटमा दिएको मापदण्ड अनुसार मात्र सामान ल्याउनुहोस् । अन्यथा विदेशमा दुख गरेर कमाएको पैसाले खरिद गरेको सामान विमानस्थलमा राख्दा तपाईको दशैँ खिन्न हुन सक्छ ।

यी समाचार पढ्नुभएको थियो ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ
ओखलमा सुन लुकाएर ल्याउन लागेका ३ जना विमानस्थलबाट पक्राउ, कति थियाे सुन ?
अबैध सुन सहित विमानस्थलबाट दुईजना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?