ओखलमा सुन लुकाएर ल्याउन लागेका ३ जना विमानस्थलबाट पक्राउ, कति थियाे सुन ?

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ४ सय ग्राम सुनसहित तीन जनालाई प्रहरिले पक्राउ गरेको छ । मसला पिस्ने ओखलमा लुकाएर ल्याउन लागेको अवस्थामा एक केजी ४ सय ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कतारको दोहाबाट सुन बोकेर आएका हेमबहादुर गुरुङ र उनलाई विमानस्थलमा लिन आएका अन्य दुई जना रहेका छन् ।

प्रहरीले तीनै जनालाई प्रक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

३३ किलो सुन प्रकरणपछि प्रहरीले विमानस्थलमा कडाई गर्न थालेपनि तस्करहरुले विभिन्न संयन्त्र प्रयोग गरी सुन लुकाएर ल्याउने क्रम भने रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?