त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४ सय ८२ ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सन्तोष कुमार नेपाली रहेको प्रहरीले जनाएको छ ।

अवैध रुपमा लुकाई छिपाई ल्याएको ४ सय ८२ ग्राम सुनसहित राहदानी नम्बर ०८३८१५३९ वाहक नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका नेपालीलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो ।

साथै उक्त सुन संकलन गर्न आएका सुजन बहादुर घले समेतलाई प्रहरीले पक्राउ गरेको छ । दुवैजनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?