अबैध सुन सहित विमानस्थलबाट दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट आज विहान दुईसय ५१ ग्राम सुन सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सिरहा कल्याणपुर नगरपालिका– ३ का सन्तोषकुमार चौधरी र सिरहा अर्नाम गाउँपालिका–५ का रामबृक्ष यादव छन् । 

बैदेशीक रोजगारीको सिलसिलामा खाडीबाट फर्किएकाहरुसंग अबैध ढंगले नेपाल भित्र्याएको सुन खरिद गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन । 

त्रिभुवन विमानस्थल प्रहरीले चौधरीको साथबाट एकसय ४९ ग्रामको सुनका बाला र यादवको साथबाट एकसय दुईग्रामको बाला बरामद गरेको थियो । 

सुन अबैध रुपमा भित्र्याउने ब्यक्तिहरु भने ट्याक्सी चढेर भाग्न सफल भएका थिए । विशेष गरी खाडी मुलुकबाट फर्किनेहरुले सुन भन्सार छली गरी नेपाल ल्याउने गरेको पाइएका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?