संविधान दिवस : प्रा. डा दाहाल विभुषित, को -को चलचित्रकर्मीले पाउँदैछन् सम्मान ?

काठमाडौं – नेपाल सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा व्यक्तिहरुलाई विभुषित गर्ने भएको छ । जसमा, शिक्षा क्षेत्रमा अनवरत सेवारत व्यक्तित्व प्राध्यापक डाक्टर रामप्रसाद दाहाललाई सुप्रबल जनसेवा श्री (तेस्रो विभुषण) पदक सम्मान प्रदान गर्ने भएको हो । उहाँले नेपालको बैंक वित्तिय र शैक्षिक क्षेत्रमा निकै ठूलो योगदान पुर्याउनुभएको छ ।

यसैबिच चलचित्र तथा कला क्षेत्रका केही कलाकार र संगीतकर्मीहरुलाई पनि विभुषित गरिने भएको छ ।गायक स्वर्गिय खुशिराम पाख्रिनलाई ‘सुप्रबल जनसेवा श्री तृतिय श्रेणी’बाट, नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्द र गायक रामकृष्ण दुवाललाई पनि ‘सुप्रबल जनसेवा श्री तृतिय श्रेणी’बाट, लोकगायक बद्री पंगेनीलाई ‘किर्तिमय राष्ट्रदिप चतुर्थ श्रेणी’बाट, ‘प्रबल जनसेवा श्री चतुर्थ श्रेणी’बाट संचारकर्मी तथा निर्देशक दिनेश डीसी, कलाकार धर्मराज गुरुङ, गायक धिरज राई, नायक निखिल उप्रेती, गायक नारायण ओली, नायिका श्वेता खड्का, संगीतकार शान्तीराम राई, सुरेश अधिकारी र कलाकार बसुन्धरा भुषाललाई विभुषित गरिने भएको हो ।

यसैबिच प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतलाई प्रदान गरिदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शित्तल निवासमा आयोजना हुने कार्यक्रममा उहाँहरुलाई विभुषित गर्नुहुनेछ ।

सम्बन्धित समाचारहरु :

संविधान दिवसमा जे देखियो (फोटोफिचर)

संविधान दिवसः  ६३४ जना (को- को )हुँदैछन् विभुषित ? सूचीसहित 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?