संविधान दिवसमा जे देखियो (फोटोफिचर)

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ ।

संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । सरकारले संविधान दिवसको दिनमा सार्वजनिक बिदा समेत दिएको छ ।

तस्वीर : बिप्लव जमकटेल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?