१५ वर्षीया किशोरीमाथि बसभित्रै बलात्कारको प्रयास !

काठमाडौं । मोरङमा बसमा यात्रा गरिरहेकी १५ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ ।

बसमा यात्रा गरिरहेको समयमा गत भदौ २२ गते किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी नगरपालिका– ४ का १९ वर्षीय सन्तोष न्यौपाने रहेका छन् ।

प्रहरीका अनुसार खड्का बस चालक र न्यौपाने बसका सहचालक हुन । बेलबारी नगरपालिकामा रहेको बेतना सिमसार घुमेर ना ६ ख ९३४४ नं को बस चढेकी किशोरी झापा दमकमा उत्रन लागेको बेला उनीहरुले बस घुमाएर मोरङको रङ्गेली नगरपालिका– ९मा ल्याएर बसभित्रै बलात्कार प्रयास गरेका हुन् ।

बलात्कार प्रयास गर्दै गर्दा किशोरी चिच्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?