११ वर्षीया बालिका आफ्नै काकाद्वारा बलात्कृत


प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार १२:४८

काठमाडौं । बागलुङमा ११ वर्षीया बालिकालाई आफ्नै काकाले बलात्कार गरी फरार भएका छन् । बालिकालाई बलात्कार गरी काठेखोला गाउँपालिका–५ का ६१ वर्षीय चन्द्रबहादुर सुनार फरार भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बालिकालाई आर्थिक प्रलोभनमा पारी बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्गलबार बागलुङ प्रहरीमा उजुरी दर्ता गरेपछि काकाद्वारा भतिजी बलात्कार गरेको रहस्य खुलेको हो ।

भदौ १५ गते तीजको दिन बालिकालाई सुनारले बलात्कार गरेका थिए । घटना गाउँमै लुकाउन खोजेको भए पनि प्रहरीकै सक्रियतामा बलात्कारको घटना बाहिर आएको हो । आर्थिक अवस्था कमजोर भएका कारणले उजुरी दिन सदरमुकाम आउन नसकेको भन्ने सूचनाको आधारमा प्रहरी पीडितकै घरमा पुगेर पीडित परिवारलाई सदरमुकाम ल्याएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

“परिवारको आर्थिक अवस्था कमजोर भएकाले यहाँसम्म ल्याउने, घर पु¥याउने र सदरमुकाम बस्दा लाग्ने सबै खर्च सबै व्यवस्थापन गर्छाैँ भनेर पीडितलाई कार्यालयमा झिकाएका हौँ”, भट्टले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएकै कारणले उजुरी दिनबाट वञ्चित गर्नुहुँदैन ।” आरोपित सुनार फरार रहेको र उनको खोजी भइरहेको भट्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस
संसारकै अग्लो टावर बुर्ज खलिफामा नेपाली झण्डा फहराइयो

काठमाडौं | युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा नेपाली राष्ट्रिय झण्डा फहराएको

मनसुन लम्बिने: अझै वर्षाको सम्भावना

काठमाडौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा

एकाबिहानै गोरखा केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौं | गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ ।

परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेफ्टीट्याङ्कीमा भेटियो शव !

काठमाडौं | श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा