संवैधानिक अंगमाथि हस्तक्षेप गरिरहे संसद अवरुद्ध पार्ने कांग्रेस सभापति देउवाको चेतावनी

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अनावश्यक हस्तक्षेप गरिरहे संसद अवरुद्ध गर्ने देउवाको चेतावनी दिनुभएको छ । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले कम्युनिष्टको सरकार आएदेखि देशमा सबैकुरा बिग्रँदै गएको आरोप लगाउनुभयो । ‘कम्युनिष्ट सरकार खराब होइन तर, कम्युनिष्ट स्टेट ल्याउने खेल हुँदैछ,’ देउवाले भन्नुभयो, ‘सरकार आएदेखि सबै कुरा बिग्रिएको छ ।’

प्रेसमाथि अंकुश लगाउने, न्यायलयमा हस्तक्षेप गर्ने, प्रशासनमा हस्तक्षेप गर्ने जस्ता गर्नै नहुने काम वर्तमान सरकारले गरिरहेको बताउँदै सभापति देउवाले यसलाई नसच्याए संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयो ।

एनसेलको करका विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूले अध्ययन गर्न बाँकी नै रहेको बताउँदै सभापति देउवाले न्यायाधीशहरुलाई महाअभियोग लगाउने भन्दा पुनरावलोकनको मुद्दा दिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?