श्रीमानद्वारा खुकुरी प्रहार गरि श्रीमतीको हत्या

काठमाडौं । खोटाङमा श्रीमानले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विवादका क्रममा सिताराम राईले श्रीमतीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माकी देविका राईको ज्यान गएको हो ।

बिहीबार साँझ खुकुरी प्रहारबाट टाउकामा गहिरो चोट लागेको अवस्थामा जिल्ला अस्पताल पु-याए लगत्तै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहार गर्ने सितारामलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?