श्रीमती बलात्कार गर्ने श्रीमान् पक्राउ, के हो बैबाहिक बलात्कार ?

काठमाडौं । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफू बिरामी हुँदा श्रीमान्ले बलात्कार गरेको जाहेरीे श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान् मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो ।

रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका-८ जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

१० वर्षअघि विवाह भएको यो दम्पतीको आठ वर्षको एक छोरा रहेको उहाँले जानकारी दिनुभयो । प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमान्को आज स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

के हो बैबाहिक बलात्कार ?

वैवाहिक बलात्कार भनेको वैवाहिक जीवनपछि महिलामाथि हुने घरेलु तथा यौन हिंसा हो । पत्नीको इच्छा, चाहना र सहमतिविना यौनसम्पर्क गर्नु वैवाहिक बलात्कार हो ।

संसारभरि नै यो अमान्य रहेको यो हिंसा महिलामाथि हुने अत्याचारसँग सम्बन्धित विषय हो । श्रीमानश्रीमती भए पनि श्रीमानले श्रीमतीको ईच्छाविपरीत यौनसम्पर्क राख्ने वा जवरजस्ती गर्न पाईदैन । वा यस्तो प्रकृतिका हर्कत गर्न पाउँदैनन् ।

वैवाहिक बलात्कार बिसौँ शताब्दीको मध्यतिर प्रकाशमा आएको हो । नेपालमा केहि नयाँ लाग्ने यो कानून बारे अझैपनि कतिपय देशहरू बेखबर छन् । कितपयमा बहस भइरहेका छन् ।

महिलालाई यौन चाहना नहुने, हरबखत महिलाले पुरुषको यौन चाहनालाई पूरा गर्नुपर्ने र यौन मामिलामा श्रीमतीले श्रीमानको आज्ञा मान्नैपर्ने मान्यताको विरुद्ध महिलाको पनि स्वतन्त्रता छ भन्ने अभिप्राय र उनीहरुको अधिकार सुनिश्चित गर्ने हेतुले यो अवधारणालाई कानूनको मान्यता दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?