शालिकराम पुडासैनी प्रकरणः प्रहरीलाई ‘रिप’ लेख्ने एक जना पक्राउ

appharu
13
Shares

काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई गालीगलौज गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पत्रकार रवि लामिछाने पक्राउको विषयलाई लिएर प्रहरी प्रमुख सुवेदीलाई गालीगलौज गरेको आरोपमा अछामका शंकर विकलाई पक्राउ गरिएको छ । विकलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनले ‘रवि लामिछानेलाई दाइलाई फसाउने यो नै हो भ्रष्टचारी……………’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई यो समाचार तयार पार्दासम्म ५ सय १८ जनाले शेयर गरेका छन् ।

शालिक राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?