पुडाशैनीको श्रीमतीले दिईन् रवी लामिछानेविरुद्ध किटानी जाहेरी, समर्थक सडकमा उर्लिए

काठमाडौं । पछिल्लो समय पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले सामाजिक संजाल निकै तातेको छ । गएको साउन २० गते चितवन बसपार्कस्थित होटल कंगारुमा पत्रकार शालिकराम झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
पुडासैनीले मर्नुअघि आफुलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै भन्दै चर्चित संचारकर्मी रवी लामिछाने, युवराज कडेल र अस्मिता कार्कीको नाम लिएर भिडियो रेकर्ड गरेका थिए ।
सो भिडियो सार्वजनिक भएपछी प्रहरीले अनुसन्धानका लागि तिनै जनालाई नियन्त्रणमा लिएको थियो । रवीलाई प्रहरीले नियन्त्रणमा लिएसंगै उनका समर्थकले फसाउन खोजेको भन्दै चर्को आलोचना गर्दै प्रदर्शन गर्दै आइरहेका छन् ।

यसैबीच घटनाले नयाँ मोड लिएको छ । पुडाशैनीको श्रीमती सम्झना घिमिरेले चर्चित रवी लामिछानेविरुद्ध उजुरी दिएकी छन् । प्रहरीले तीन दिन अघि नै सो घटनाको छानविन गर्न लामिछानेसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरीसकेको अवस्थामा उनको श्रीमतीले लामिछानेविरुद्ध उजुरी दिएकी हुन् । लामिछानेविरुद्ध पीडित परिवारले आइतवार किटानी जाहेरी दिएको छ ।

लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झनाले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । पुडाशैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार जाहेरी दिन प्रहरी कार्यालय पुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?