छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी, प्रहरीले चाहने बित्तिकै पक्राउ गर्ने अनुमति !

appharu
0
Shares

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । हेमा ओझाले दिएको जाहेरीको आधारमा अनुसन्धानको लागि दुई जनालाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको हो ।


‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

पछिल्लो समय शील्पा र छवीबीच डिभोर्सको चर्चा चलिरहेकै बेला हेमाले प्रहरीमा उजुरी दिएपछि कथाले नयाँ मोड लिएको हो । उनीहरुबीच पछिल्लो केहि समय यता निकै नै खटपट आइरहेको थियो ।

छवीले आफुमाथि दमन गरेको भन्दै शील्पा प्रहरीसम्म पुगेकी थिइन् । र उनले अदालतमा डिभोर्स पनि माग गरेकी थिइन् । 
उता छ्वीले भने आफुले दमन नगरेको भन्दै आफुलाई बचाऊ गर्दै आइरहेका थिए । यदी छवीको जेठी श्रीमतीले प्रहरीमा दिएको बहुविबाहको निवेदन फिर्ता नलिएमा छवी र शिल्पाको जेलको बास हुनेछ ।

के छ मुलुकी ऐनको व्यवस्था ?

ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागिदार हुने व्यवस्था गरेको छ । जानी जानी बहुविवाह गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

यो पनि पढ्नुहोस् ।

जेल जाने भए छवी र शील्पा, के छ कानूनमा ?

छवि शील्पा सम्बन्धमा नयाँ ट्वीस्ट: जेठी श्रीमतीले दिईन् बहुबिबाहको उजुरी !

शिल्पा र छविको आ–आफ्नै दावी, शिल्पा भन्छिन् सहन नसकेर प्रहरीमा उजुरी

पहिलो विवाहबारे शिल्पाले मुख खोलिन्

शिल्पा पोखरेलबारे केकीले यस्तो भनिन् !

छविलाई ३४५ कमेन्ट : श्रीमतीको माला लाउने बुडादेखि ४७ हाहा ४८ एङ्ग्री रियाक्टसम्म

छवि ओझाले शिल्पालाई बोलाए आफ्नै अदालत भने, “आउनुस् गान्धीबादी भएर बस्न सक्छु ”

शिल्पा र छविलाई प्रहरीले किन बोलायो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?