पहिलो विवाहबारे शिल्पाले मुख खोलिन्

appharu
0
Shares

काठमाडौं । नायिका शिल्पा पोखरलले आफ्नो पहिलो श्रीमानको बारेमा प्रष्ट्याएकी छिन् ।

एक अन्तवार्तामा उनले आफ्नो विवाह नभएको तर उसले श्रीमती भनेर सम्बोधन गर्ने गरेकाले अहिलेको श्रीमान छवि ओझाले आरोप लगाउने गरेको बताइन ।

छविराज ओझाले यही विषयलाई लिएर आरोप लगाउने गरेको उनको दावी छ । श्रीमान ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेकी नायिका पोखरेलले सम्बन्धका ३ वर्षमा सधै शंका र यातना भोग्नु परेको बताईन ।

‘अब म सुखी भएर बाच्न चाहन्छु, धेरै रोएँ । अहिले त उसको अनुहार पनि हेर्न मन लाग्दैन ।
छविराजकी पूर्व पत्नी रेखा थापा र आफूबीच दोस्ती भएको बताउँदै उनले रेखाले छविसँग घरमा बसेवापत ५ हजार तिर्नुपरेको र सधै यातना भोग्नुपरेको सुनाएको उन्ले स्मरण गरिन् ।

शिल्पाले गएको हप्ता छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । ‘झगडा हुँदा सधैजसो घाँटी अठ्याउने गरेको उनको आरोप छ ।

त्यो दिन उहाँले घाँटी थिचेको थिच्यै गरेपछि लात्तीले हिकाएर राति नै घरबाट हिडेको हो । अरु बेला एकछिन थिचेर छाडिदिनुहुन्थ्यो’ शिल्पाले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?