छवि ओझाले शिल्पालाई बोलाए आफ्नै अदालत भने, “आउनुस् गान्धीबादी भएर बस्न सक्छु ”

appharu
0
Shares

नेपाली चलचित्र क्षेत्रमा यतिबेला निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको घरायसी झगडाको विषय चर्चामा छ ।

शिल्पाले आफू पीडित भएको भन्दै प्रहरीमा उजुरी दिएकपछि बाहिर आएको जोडीको विवादको विषय डिभोर्समा आएर अड्किएको छ ।

एक सञ्चारकर्मीलाई दिएको अन्तर्वार्तामा शिल्लाले ‘सकुन्जेल सहेर बसेँ अब सहन सक्ने अवस्था छैन । त्यसैले प्रहरीमा उजुरी दिएको हु ।

मैले अहिले सम्म ईज्जतको ख्याल गरेर यति धेरै पीडा सहेर बसेकी हु । अब सहन सकिन ।’ निक्कै भाबुक देखिएकी उनले रुँदै भनिन् । मेरो कुरा कसैले बुझेन अझै नराम्रो कमेन्टहरु गर्ने प्रशस्तै भेटेँ । मलाई थोरैले भएपनि बुझिदिएका छन् ।’ यसैको प्रतिउत्तरमा छविले अर्को सञ्चारमाध्यमा विभिन्न टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

”शिल्पा जि, मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं िछातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन रु यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?