शिल्पा र छविलाई प्रहरीले किन बोलायो ?

काठमाडौं । नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता उनका पति छविराज ओझालाई प्रहरीेले छलफलका लागि बोलाएको छ ।

शिल्पाले आफूमाथि घरेलु हिंसा भएको भन्दै हिजो प्रहरीमा उजुरी दिएकी थिइन् । शिल्पाले छविविरुद्ध उजुरी दिएपछि प्रहरी मध्यस्थताका लागि जुटेको हो ।

नायिका रेखा थापासँग सम्बन्ध विच्छेद भएपछि छवि र शिल्पाले विवाह गरेका थिए । म्युजिक भिडियोमा अभिनय गर्दै आएकी शिल्पालाई छविले नै फिल्ममा डेब्यु गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?