जेल जाने भए छवी र शील्पा, के छ कानूनमा ?

काठमाडौं । निर्माता छवीराज ओझा र नायिका शील्पा पोखरेल जेल जाने भएका छन् । छवीकी जेठी श्रीमती हेमा ओझाले आइतबार प्रहरीमा उजुरी दिएसंगै उनीहरु जेल जाने भएका हुन् ।

पछिल्लो समय शील्पा र छवीबीच डिभोर्सको चर्चा चलिरहेकै बेला हेमाले प्रहरीमा उजुरी दिएपछि कथाले नयाँ मोड लिएको हो । उनीहरुबीच पछिल्लो केहि समय यता निकै नै खटपट आइरहेको थियो ।

छवीले आफुमाथि दमन गरेको भन्दै शील्पा प्रहरीसम्म पुगेकी थिइन् । र उनले अदालतमा डिभोर्स पनि माग गरेकी थिइन् ।
उता छ्वीले भने आफुले दमन नगरेको भन्दै आफुलाई बचाऊ गर्दै आइरहेका थिए । यदी छवीको जेठी श्रीमतीले प्रहरीमा दिएको बहुविबाहको निवेदन फिर्ता नलिएमा छवी र शिल्पाको जेलको बास हुनेछ ।

के छ मुलुकी ऐनको व्यवस्था ?

ऐनले विवाहित पुरुषले अर्को विहे गरे त्यस्तो विवाह स्वतः बदर हुनुका साथै कारबाहीको भागिदार हुने व्यवस्था गरेको छ । जानी जानी बहुविवाह गर्ने पुरुष र महिला दुबैलाई १ देखि ५ वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।



यो समाचार पढ्नुभयो ?

छविलाई ३४५ कमेन्ट : श्रीमतीको माला लाउने बुडादेखि ४७ हाहा ४८ एङ्ग्री रियाक्टसम्म

छवि शील्पा सम्बन्धमा नयाँ ट्वीस्ट: जेठी श्रीमतीले दिईन् बहुबिबाहको उजुरी !

छवि ओझाले शिल्पालाई बोलाए आफ्नै अदालत भने, “आउनुस् गान्धीबादी भएर बस्न सक्छु ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?